
कनकाई, ५ भदौ । एनआरएनएको उपमहासचिव पदमा झापा कनकाई–१ का प्रमोद सिटौलाले उम्मेदवारी घोषणा गर्नुभएको छ।
आगामी अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सुरुदेखि नै एनआरएनएको अभियानमा सक्रिय सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताउनुभएको छ।
यसैगरी अहिले सुरु भएको स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर अघि बढाउने काममा आफू लागि पर्ने प्रतिवध्ता व्यक्त गर्नुभयो।
झापा कनकाई नगरपालिका वाड १ स्थायी घर भै बिगत २ दशक देखि अमेरीकामा बसोबास गर्दै आउनुभएका सिटौला अन्तराष्ट्रिय झापाली समाजको पुर्व उपध्याक्षय तथा हालका सल्लाकार पनि हुनुहुन्छ । नेपाली कांग्रेसका पुर्ब महाधिबेशन प्रतिनिधि समेत रहेका सिटौला प्रष्ट बक्ता र हकि स्वाभावका मानिनुहुन्छ। सिटौलाका लागि करिब ३५० भन्दा बडि नै डेलिगेट झापाली रहेको बुझिएको छ । झापा जिल्लाबाट एनआरएनए आईसीसी को उच्च पदमा कार्यरत सिटौला मात्र एक हुनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


