झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ असोज । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाले विशेष सूचनाका आधारमा आज साँझ मेचीपुलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–३ बिर्ताबजारका २४ वर्षीय उत्सब चौधरी, मेचीनगर नगरपालिका–९ झोडाका २९ वर्षीय निर्दोष डाँगी र सोही स्थानका २७ वर्षीय साजन राजवंशी रहेका छन् । प्रहरीले राजवंशी र डाँगीको साथबाट १ ग्राम ९ सय मिलिग्राम र चौधरीको साथ बाट १ ग्राम ८ सय गरी ३ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । भारतबाट सेवन गरेर हिंडेर मेचीपुल हुँदै नेपाल प्रवेश गर्दा उनीहरु पक्राउ परेका…

Read More

झापा, ५ असोज । सरकार र आन्दोलित शिक्षकबीच ७ बुँदे सहमति भएको छ । आज गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलन भोलिदेखि रोकेर आइतबारदेखि विद्यालय खोल्ने सहमति बनेको छ । शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । त्यही वार्तामा सात बुँदे सहमति भएको हो । सहमतिको प्रस्तावको मस्यौदा१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने।२. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने(क)…

Read More

झापा, ५ असोज । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो । ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ । पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उनले बताए । यसैगरी मिर्गौला रोगको…

Read More

झापा, ५ असोज । झापामा कृषि व्यवसाय प्रवद्र्धनका लागि डेढ करोड बढी अनुदान प्राप्त भएको छ । जिल्लामा कृषि क्षेत्रको प्रवद्र्धन एवम् कृषि पेशामा लागेका कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न आठ वटा शीर्षकमा कोशी प्रदेश सरकारमार्फत् रू एक करोड ५१ लाख ५० हजार अनुदान प्राप्त भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷०८१ का लागि लागत सहभागिता आधारित अनुदान कार्यक्रम रहेकाले सरकारको ७५ प्रतिशत र कृषकले २५ प्रतिशत लागत सहभागिता जनाउनुपर्ने उहाँले बताउनुभयो । “कृषकलाई सरकारी सुविधाको लाभ लिन आह्वान गरेका छौं”, उहाँले भन्नुभयो, “योग्य र वास्तविक कृषकलाई छनोट गरी अनुदान वितरण दिन्छौं ।”…

Read More

बिर्तामोड, ५ असोज । झापाका महिला पत्रकारहरुको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि सामाजिक व्यक्तित्व शारदा रिजालले सहयोग प्रदान गरेकी छन् । सामाजिक अभियान्ता तथा राजनीतिक व्यक्तित्व बिर्तामोड १ निवासी रिजालले नारी सञ्चार गृहको टिमलाई नगर पाँचहजार पाँचसय ५५ रुपैयाँ हस्तान्तरण गरेकी हुन् । २०६९ सालमा स्थापित नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिबृद्धि, संस्थाको दीगोपना र विभिन्न क्षेत्रमा केही गरौं भनेर उत्साहित महिलालाई प्रोत्साहन गर्ने बहुउद्देश्यीय लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको हो । ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर शुरु गरिएको कोषमा हाल ३६ लाख…

Read More

झापा, ५ असोज । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने भन्दै ती व्यवस्थाहरू खारेज गरे आन्दोलन रोकिन सक्ने जनाएको छ । संघका उपाध्यक्ष हेमचन्द्र महतोले नेपाल समाचारपत्रसँगको कुराकानीमा शिक्षकलाई हतोत्साही हुनेगरी ल्याइएका ती दफा र उपदफा खारेज वा महासंघको रायअनुसार संशोधन गरेपछि मात्र तत्कालका लागि आन्दोलन स्थगित हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘१७ बँुदे संसोधन प्रस्ताव सार्वजनिक गरेका थियौं, तीमध्ये शिक्षकको आचरणसँग जोडिएका बुँदा संशोधन गरे आन्दोलन स्थगित हुन सक्छ । शिक्षकको आचरणसम्बन्धी कतिपय विषय ठिक होला, तर कतिपय…

Read More

झापा, ५ असोज । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ। आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।…

Read More

झापा, ५ असोज । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा। रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् । गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा। भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान…

Read More

झापा, ५ असोज । बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन्। हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण ९बीमा० गर्ने जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो। तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड ११ लाख ७७ हजार हाराहारीमा निक्षेप खाता रहेका छन्। एउटै व्यक्तिको ४–५ बैंकमा खाता हुँदा जनसंख्याभन्दा बढी खाता देखिएको छ। साथै, कोषले करिब १७ लाख ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षित गरेको छ। तर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा…

Read More

विराटनगर, ४ असोज । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ । प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका…

Read More