झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ साउन । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल)का अध्यक्ष एवं वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउछन् । “नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ”, डा केसीले भने। के हो हेपाटाइटिस…

Read More

झापा, १२ साउन । वर्षात् शुरू नहुँदै देखिएको सुनसरीबाट फैलिएको डेंगुले महामारीको रूप लिने खतरा बढेको छ । गत वर्ष काठमाडौंबाट फैलिएको डेंगुले देशैभरि महामारीको रूप लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ जुलाई २४ सम्म ६९ जिल्लामध्ये सुनसरीमा सबैभन्दा बढी अर्थात् २ हजार ५ सय ४२ जनालाई डेंगु लागिसकेको छ । जनवरीमा ६ जना डेंगुका बिरामी देखिएकोमा डेंगुका बिरामीको संख्या जुन महिनामा ६ सय ६७ र जुलाईमा मात्र १ हजार ८ सय ६२ जना पुगेको थियो । त्यसैगरी, काठमाडौंबाट नजिकै रहेको धादिङ जिल्ला यतिबेला डेंगु संक्रमणको हिसाबले दोस्रो जिल्लाका रूपमा रहेको…

Read More

झापा, १२ साउन । मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब प्रमाणितपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ। विधेयकको प्रकृति नै परिमार्जन गरेर तल्लो सदनले फिर्ता पठाएको भन्दै राष्ट्रिय सभाले केही दिन संशोधन स्वीकार गर्ने वा नगर्ने निर्णय लिन सकेको थिएन। कानुनी र राजनीतिक परामर्शपछि सभाले आगामी दिनमा नजिरका रूपमा नरहने गरी विधेयक संशोधनसहित स्वीकार गरेको हो। असार २० गते अध्यादेश निष्क्रिय भएपछि संशोधन विधेयक पारित गर्ने वा नगर्ने विवाद भएको थियो। राजनीतिक परामर्शपछि अध्यादेश निष्क्रिय…

Read More

झापा, १२ साउन । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्रतिशतले वृद्धि भएको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको छ । जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार…

Read More

झापा, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश सहसंयोजकमा सगुनकुमार लावतीलाई जिम्मेवारी दिइएको छ । पार्टीका प्रवक्तासमेत रहेका उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले आज सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको पत्र प्रदान गरेका छन् । नविन राप्रपा अवधारणा अन्तर्गत संगठन विस्तारलाई प्राथमिकता दिएको राप्रपाले देशभर नेता कार्यकर्तालाई जिम्मेवारी दिएर पार्टीलाई चलायनमान बनाउन खोजेको छ । राप्रपाले पालिका तहसम्म जिम्मेवारी तोकेर आफ्नो गतिविधि गर्दै आएको छ । राप्रपाको कोशी प्रदेश संयोजकमा उपाध्यक्ष रोशन कार्की रहेकी छन् ।

Read More

बिर्तामोड, ११ साउन । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बिहीबार बिर्तामोडमा विविध बिषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । बैठकमा गत फागुन ९ गते कनकाईमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट चयन भएको राजु पाठक नेतृत्वको समितिले हालसम्म गरेका विभिन्न कार्यक्रमको समिक्षा भएको थियो । बैठकमा उपस्थित सम्पूर्ण सहभागीहरुले आफ्ना धारणा साथै सुझाव राखेका थिए । संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउन भावी कार्ययोजना निर्माणको बिषयमा व्यापक छलफल भएको थियो । बैठकले डिकेश लामाको नेतृत्वमा राजु बराल र पार्थ मण्डल सदस्य रहेको तालिम तथा प्रशिक्षण उपसमिति, लिलाराज झापालीको संयोजकत्वमा प्रकाश उप्रेती र…

Read More

महोत्तरी, ११ साउन । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार भारतको बिहार राज्यमा पर्ने मधुवनीका २० वर्षीय अजयकुमार साफीलाई पक्राउ गरिएको हो। उनका अनुसार गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकबाट १५ लाख लुटिएको थियो। चाररपाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए। त्यसपछि उनीहरु नम्बर नखुलेको मोटरसाइकलमा फरार भएका थिए। सो घटनामा साफी पनि संलग्न देखिएकाले उनलाई बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल(भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको…

Read More

इलाम, १२ साउन । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भए पछि यस बर्ष सिस्नोको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय खोलाखोल्सामा पाइने सिस्नो बजारमा पु¥याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले गाउँसभाबाट पारित गर्दै सिस्नोको ब्राण्डिङ गर्ने भएको हो । गाउँपालिकाले ६ महिना अघिदेखि सहकारी मार्फत किसानका बारीको साग संकलन गरी प्रशोधन गरेर ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट तयार गरेको छ । ‘रोङ गुन्द्रुक’ नामले ब्राण्डिङ गरेको गुन्द्रुकको अहिले नेपालका चलेका सुपर मार्केट र अमेरीकामा माग उच्च रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । उनले भने– ‘गुन्द्रुकमा सफल भएपछि प्रत्यक्ष किसानको समृद्धिसंग जोडिएको सिस्नोको ब्राण्डिङ गरेर बजारीकरणको तयारी…

Read More

झापा, ११ साउन । झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको वासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाइएको छ । डेंगु रोग डेंगु भाईरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने भएकोले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामुखुट्टेको वासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तिब्र बनाएको हो । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई सहित दुई जनामा डेंगु रोगको संक्रमण देखा परी सकेकोले सबैले सचेतहुनुपर्ने कमल गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी दिपक दाहालले बताए । एडिज जातको लामखुट्टे थोरै मात्र पानी जम्मा भएको भाँडामा समेत फुल पर्ने भएकोले घर भित्रका गमला , फ्रिज, कुलर…

Read More

झापा, ११ साउन । आज सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने छ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज हुने भएपछि सरकारको आगामी यात्राका बारेमा निर्धारण हुने भएको हो । हिजो बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले आज फैसला सुनाउनेछ । असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा गत…

Read More