
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ साउन । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको नियन्त्रणका लागि लामखुट्टे र लार्भा नष्ट गर्न विषादी स्प्रे गर्न सुरु गकिएको वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले जानकारी दिनुभयो । विषादी छर्न वडा नम्बर ५ मा ३ दिन लाग्ने जनाइएको छ । तालिका अनुसार सबै वडामा पुगेर तालिम प्राप्त प्राविधिकहरुले विषादी स्प्रे गर्ने नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विस्टले जानकारी दिनुभयो ।विषादी स्प्रे गर्नका लागि २ जना व्यवस्थापक र १२…
पाँचथर, २७ साउन । पाँचथरको फिदिम नगरपालिका–११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्थनीय ७० वर्षीय हेमकुमार कार्की र निजकै श्रीमती ६५ वर्षीय मायादेवी कार्की घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा मायादेवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।
कनकाई, २७ साउन । झापाको कनकाई नगरपालिका वडा नं. १ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहको अध्यक्षमा इन्दिरा भुजेल (मन्जु) तथा सचिवमा सुरेखा शर्मा घिमिरेलाई सर्वसहमत चयन गरिएको छ। आज कनकाइ बिहानी क्लबको सभा हलमा सम्पन्न दोश्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट सर्वसहमत अध्यक्षमा निवर्तमान कोषाध्यक्ष भुजेलको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा गायत्रा विमली उप्रेती, सचिवमा घिमिरे, सह–सचिवमा उषा भुजेल (मनु) र कोषाध्यक्षमा तुलसा थापा चयन भएको निर्वाचन समितिका सयोजक समेत रहनुभएका कनकाई विहानी कल्वका अध्यक्ष मनोज बस्नेतले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा क्रमशः बन्दना खड्का, कृष्णमाया ढकाल, लक्ष्मी भुजेल,…
द्रोण अधिकारीभद्रपुर, २७ साउन । पूर्व, पश्चिम र दक्षिणबाट बाक्लो बस्तीले घेरिएको झापाकै सानो वन क्षेत्रको पहिचान बनाएको खुट्टीडाँगी वन भित्र रहेको सिमसार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएइरहेको छ । मेचीनगर ९ स्थित पूर्व पश्चिम राजमार्गको धुलावारी चौकबाट २ किलोमिटर उत्तरमा रहेको सिमसारमा बाल उद्यान, वनभोज स्थल, पोखरी निर्माण लगायत संरचना निर्मित छन् भने वनको सुन्दर प्राकृतिक रूपले समेत पर्यटकलाई आकर्षण गरिरहेको हो । ११.३४ हेक्टर अर्थात करिव १८ बिगाह क्षेत्रफल मात्र समेटिएको वन क्षेत्रमा जंगल इस्टे निर्माणको चरणमा समिति प्रवेश गरेको छ । वार्षिक १० लाख वजेट बनाएर काम गरिरहेको समितिको आफ्नो आम्दानी करिव दुई…
भद्रपुर, २७ साउन । नेपाली काँग्रेस भद्रपुर १० नम्बर वडा समितिले वर्तमान परिस्थितिमा काँग्रेसको भूमिकाका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर वडा सम्मेलन सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको अध्यक्षता तथा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, नगर सदस्य, वडा कार्य समिति, भातृ संघ, कृयाशील सदस्य लगायत नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर र वडामा भएको विकास निर्माण सम्बन्धि चर्चा, संगठन विस्तार लगायत विषयमा छलफल समेत भएको थियो । सम्मेलनको औचित्यमाथि गोविन्द लम्सालले प्रकाश पारेको…
झापा, २७ साउन । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरण गर्न र दूरसञ्चार सेवालाई भरपर्दो, विश्वासिलो र गुणस्तरीय बनाउन भनेर ल्याउन खोजिएको टेरामक्स प्रविधिले कुनै पनि व्यक्तिको फोन कल, एसएमएसलगायत गोप्य विवरण रेकर्ड गर्न सक्ने भएकाले विवादित बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई लागू गर्न भनेर पटकपटक निर्देशन जारी गरे पनि लागू हुन नसकेको सो प्रविधिले कल बाइपासको विवरण पत्ता लगाउने दाबी प्राधिकरणले गरेको छ । आर्थिक वर्ष २०७४–७५ बाट २०७८–८९ को अवधिमा सेवा प्रदायकको ग्राहक संख्या झन्डै दोब्बर हुँदासमेत कल बाइपासका कारण आम्दानीमा २१ अर्बले कमी आएको हुन सक्ने आंकलन गर्दै प्राधिकरणले यो प्रविधि भित्र्याउन…
झापा, २७ साउन । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् । आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपियाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय सञ्चालकले आपत्ति जनाएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगले काम सुरु गरेपछि ती संस्था बन्द भएका हुन् । चिकित्सा शिक्षा ऐन २०७५ मा स्नातक…
विराटनगर, २६ साउन । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एकमहिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरु सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ । जसअनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको हो । वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो ।…
भद्रपुर, २६ साउन । भद्रपुर-१० स्थित कलवलगुरी कृषि सहकारी, शान्ति कृषि सहकारी र सिर्जनात्मक कृषि सहकारी बीच एकीकरण साधारण सभा सम्पन्न गरिएको छ । एकीकरण समितिका संयोजक श्यामप्रसाद न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा एकीकरण साधारण सभा सम्पन्न गरिएको हो । सभामा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहकारीका अग्रज सदस्य प्रेमबहादुर फुयाल, देवीप्रसाद घिमिरे, अम्बिका ढकाल लगायतले मन्तव्य राख्दै साना साना पूँजी लिएर निरिह बन्दै सहकारी चल्नु भन्दा विषय क्षेत्र मिल्ने सहकारी बीच एकीकरण हुँदा पर्याप्त पूँजी जुट्ने र सदस्यका समस्या हल हुन सक्ने धारणा राखेका थिए । कलवलगुरी कृषि सहकारी संस्थाका सचिव निर्माणकुमार…
फिदिम, २६ साउन । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल झापा शाखाको सहजीकरण र झापाकै स्थानीय पालिकाको सहयोगमा १ सय २४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो । राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक फुर्बा लामा नेतृत्वको प्रतिनिधिमण्डल राहतका सामग्री बोकेरै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । पाँचथरका विभिन्न स्थानमा उनीहरुले राहतका सामग्री प्रदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल झापा शाखाले जनाएको छ । याङवरक गाउँपालिका वडा नं…