झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ बैशाख । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ । चैतसम्म सरकारले राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेको कुल रकम लक्ष्यको करिब ५० प्रतिशत…

Read More

झापा, २ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

Read More

झापा, २ बैशाख । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट…

Read More

झापा, २ बैशाख । सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र ९लाइसेन्स० को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो । पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन । यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो । प्रणाली अझै सञ्चालनमा आइसकेको छैन…

Read More

झापा, २ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सिरुवा पर्व नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि एक महत्वपूर्ण पूँजी भएको बताउनुभएको छ । राजवंशी समुदायको सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले त्यस्तो बताउनुभएको हो । उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा सिरुवा लगायतका पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको बताउनुभयो । “हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो”, उहाँले भन्नुभयो । यस्तो छ मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशतराईमा बसोबास गर्ने अधिकांश आदिवासी समुदायको महान चाड सिरुवा पर्व २०८० को सुखद उपलक्ष्यमा…

Read More

झापा, २ बैशाख । सस्तो मूल्यमा जग्गा दिलाउँछु भनी ३२ लाख रुपैयाँ लिएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राय पर्नेमा राजेश श्रेष्ठ, जनक रेग्मी, रणबहादुर पोख्रेल र बिजय राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चैत ३० गते दिउँसो १ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ टेकबहादुर गिरी बसपार्क एरियामा दुई कठ्ठा जग्गा सस्तो दरमा बिक्रीमा रहेको छ खरिद गर्न आउनु भनेर कमल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ५२ को बिजय राईले मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने ५२ बर्षीया बिष्णुमाया सापकोटा सुबेदी र अनिल बिश्वकर्मालाई बोलाएका थिए । उनले सुवेदी र…

Read More

भद्रपुर, २ बैशाख । झापा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा युवा उद्यमी खड्गबहादुर लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका लिम्बूले झापाली उद्योगी व्यापारीको पक्षमा दशकयता निरन्तर काम गरिरहेको दावी गर्दै नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन् । भद्रपुर २ पृथ्वीनगर घर भएका लिम्बू सामाजिक रूपान्तरण र व्यवसायिक हितका लागि निरन्तर काम गरेका व्यक्ति हुन् । एक कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल बरिष्ठ उपाध्यक्ष रहिसकेका लिम्बू व्यवसायीको हक अधिकारका लागि अग्रस्थानमा उभिने व्यक्तिका रूपमा समेत परिचित छन् । उनले व्यवसायी मतदाताले विश्वास गरे कुशल नेतृत्व प्रदान गर्दै झापा उद्योग वाणिज्य संघलाई देशभरी…

Read More

झापा, १ बैशाख । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार सरकारको गत बर्षको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रहेको छ । सरकारी खर्चमा विकृति बढ्दै गएकाले बेरुजु बढेको प्रतिवेदनले उल्लेख गरेको छ । कानुनअनुसार प्रक्रियागत रूपमा खर्च नगरिएको र लेखा स्पष्ट नराखिएको तथा अनियमित रूपमा खर्च गरिएको रकमलाई बेरुजु मानिन्छ । महालेखा परीक्षकको कार्यालय कुल ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गर्दा १ खर्ब १९ अर्ब बढीको बेरुजु देखिएको हो । प्रतिवेदनले खर्च गर्दा नियम नमान्ने प्रवृत्तिका कारण पनि बेरुजु मौलाएको प्रतिवेदनले औल्याएको छ । वर्षको अन्तिमा खर्च गर्ने परम्परा तोड्न नसक्नुले पनि बेरुजु…

Read More

झापा, १ बैशाख । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूह लक्षित भर्ना अभियान आइतबारबाट शुरू हुँदै छ । सरकारले हरेक वर्ष वैशाख २ गतेदेखि महिनाभर भर्ना अभियान शुरू गर्ने गर्छ । यो वर्ष वैशाख २ गते शनिवार परेकाले आइतबारबाट मात्रै अभियान शुरू हुँदै छ। विद्यालय जाने ४ देखि १५ वर्ष उमेर समूहलाई लक्षित गरी अभियान शुरू गर्न लागेको हो । यो अभियानमा करिब ३ लाख विद्यार्थीलाई विद्यालयमा ल्याउने लक्ष्य रहेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्दराज पोखरेलले विद्यालय बाहिर रहेका करिब १० प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिए । उनका अनुसार…

Read More

झापा, १ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नयाँ वर्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह, जोसजाँगर र उमङ्गसहित सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्नु भएको हो । “नायाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु”, उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।…

Read More