
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। भोलि आइतबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा…
कालिकोट, २३ भदौ । कालिकोट सदरमुकाम मान्मबाट चार वर्षीय बालकसहित आमा बेपत्ता भएकी छन् । शान्नित्रिवेणा गाउँपालिका १ माइती घर भएकी मान्म १ का दानबहादुर शाहीकी कान्छी श्रीमती २८ वर्षीया गीताकुमारी जैशी आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकी हुन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी गीताकुमारी छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता भएका हुन् । उनी दैलेख भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य भएका थिए । उनी केही समयअघिसम्म कार्यालय…
झापा, २३ भदौ । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय संसद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चयनको प्रक्रियासँगै नयाँ समिति गठनको राजनीतिक सहमति भइसकेको छ । राजनीतिक रूपमा प्रक्रिया अघि बढेसँगै समिति गठन हुन सक्ने संसद् सचिवालयले जनाएको छ । नयाँ समितिको नेतृत्व नेकपा ९माओवादी केन्द्र० ले पाउने पनि दलीय समझदारी छ । अहिलेका दुई समितिमा नेपाली कांग्रेस र नेकपा ९एमाले० ले सभापति पाउने राजनीतिक सहमति यसअघि भइसकेको छ । दस विषयगत समितिमा सभापति चयन भए पनि संयुक्त समितिको…
झापा, २३ भदौ । संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयनमा आएको छैन । २०७७ जेठ ९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेर विभिन्न देशका दूतावासलाई नयाँ चुच्चे नक्सा पठाउन अनुरोध गरेको थियो । भूमि व्यवस्था मन्त्रालयले त्यतिबेला परराष्ट्रलाई मात्र होइन, अन्य सबै मन्त्रालयलाई चिठी लेखेर नयाँ नक्साको प्रयोग गर्न र आफूमातहतका निकायलाई पनि प्रयोग गर्न अनुरोध गरेको थियो । तर परराष्ट्र त्यसलाई कार्यान्वयन गरेन ।…
बिर्तामोड, २२ भदौ । झापाको बिर्तामोडस्थित अनारमनी सोसियल युथ क्लब गठन भएको छ । हालै भएको युवाको एक भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन भएको हो । बिर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट मुखियासहित विभिन्न उपसमितिको संयोजक समेत सार्वजनिक गरेको बिर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो । उपसमितिका संयोजकहरु नै अनारमनी सोसियल युथ क्लबका सदस्यहरु रहने गरी कार्ययोजना निर्माण गरिएको छ । रेडक्रस झापाका सदस्य सजेस सिवाकोटीका अनुसार समितिको उपसमितिका सयोजकहरुमा कुमार सुवेदी, अभिषेक राजवंशी, दिनेश मैनाली, सब्दर अन्सारी, रुमिलाश्री न्यौपाने, सञ्जय पौडेल, सौगात माझी, आकाश खड्का, कृष्ण राजवंशी, सौगात नविन बिमली, गौरी न्यौपाने, कृष्ण बाराकोटी, जगन्नाथ भट्टरार्इ,…
बिर्तामोड, २२ भदौ । झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले शुक्रबार तीज विशेष कार्यक्रम साथै मनोविमर्स सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ। कलेजका एकाडेमीक कोडिनेटर विजया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद लखिकुमारी गणेशको रहेको थियो। कार्यक्रमको विशेष अतिथिमा मनोविमर्स कर्ता प्रमीला गौतम खनाल, बिर्तामोड झापा डटकमका सम्पादक टिकाराम बास्तोला, मनोविमर्स कर्ताले आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजका ११ ,१२ का विद्यार्थीको उपस्थिति रहेको थियो। शुभकामना मन्तव्य राख्दै सांसद गणेशले भनिन्, ुपहिला पहिला हामी तीज मनाउनलाई धेरै टाढा बाट आउनु पर्थ्यो, यस्तो कार्यक्रमहरू कसैले गर्दैन थियो, तर आज हामी तीज आउनुभन्दा अगाडी नै यसरी तीज विशेष कार्यक्रम गर्न…
झापा, २२ भदौ । नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् । २०७९ पुष २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए । सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनियताको शपथ दिलाएका छन् । सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ…
झापा, २२ भदौ । इलामको रोङ गाउँपालिकामा वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियाबाट गएका परिवारहरुसँग अन्तरक्रिया गरिएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत कोरिया गएका कामदारहरुको परिवारसँग आज अन्तरक्रिया गरिएको हो । कोरिया गएका परिवारलाई वित्तीय साक्षरता, सामाजिक मनोपरामर्श, परिवारको भूमिका, कानूनी अवस्था, दक्षिण कोरियाको अवस्था लगायतका विषयमा जानकारी दिइएको अंकुर नेपालका उपाध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिनुभयो । वैदेशिक रोजगार विभागका प्रमुख मदन दाहालको अध्यक्षतमा भएको कार्यक्रममा इपीएस विभाग प्रमुख गुरुदत्त सुवेदीको प्रमुख आतिथ्य, सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई, रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको विशेष आतिथ्य रहेको थियो । कोरिया गएका कामदारहरुको परिवारलाई कोरियामा कामदारको अवस्था र परिवारको भूमिका सम्बन्धी…
झापा, २२ भदाै । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन् । विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन् । कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन् । कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन् । पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यू एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका…
ताप्लेजुङ, २१ भदौ । प्रथम ताप्लेजुङ गोल्ड कपमा टिकट बिक्रीबाट करिब १९ लाख रुपैँया संकलन भएको छ । गोल्डकप अबधिभरीमा १८ लाख ७६ हजार ७ सय रुपैँयाको टिकट बिक्री भएको लाखेजात्रा संचालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार फाईनलको दिन सबैभन्दा बढी ७ लाख ५५ हजार रुपैँयाको टिकट बिक्री भएको छ । सोमबार र मंगलबार भएको सेमिफाईनल खेलबाट ४ लाख ६५ हजार ८ सय रुपैँया संकलन भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अनुसार क्वाटरफाईनलबाट ६ लाख ५५ हजार ८ सय रुपैँया संकलन भएको हो । फाईनल तथा सेमिफाईनलको खेलका लागि २ सय रुपैँया र क्वाटरफाईनलका…