झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गुका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकतानुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अस्पतालमा डेङ्गु रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार डेङ्गु सङ्क्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै सङ्क्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको सङ्क्रमणको कारणले निधन भइसकेको छ । सबैभन्दा बढी सुनसरी…

Read More

झापा, १ भदौ । सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा सरकार लागेको हो । यस वर्ष खोप खरिद गरेर र अर्को वर्ष आफैँले उत्पादन गरेर खोप लगाउने तयारी सरकारको छ । माघभित्र कम्तीमा ५० लाख पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने कृषि तथा पशुपन्छी विकासमन्त्री डा। वेदुराम भुसालले जानकारी दिए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने र आगामी वर्ष आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गरिने उनले दाबी गरे । आफ्नो…

Read More

ताप्लेजुङ, १ भदौ । पहिरोको कारण आज मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका सात ठाउँमा पहिरो झरेको छ । सडक अवरुद्ध हुँदा ताप्लेजुङ सदरमुकामबाट पाँचथर, इलाम, झापा लगायतका ठाउँमा जाने र सदरमुकाम भित्रिने सवारीसाधन बीच बाटो रोकिएका छन् । सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीका अनुसार खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको छ । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको र आजै यातायात सञ्चालनमा आउन सक्ने उनले बताए ।

Read More

झापा, १ भदौ । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए । मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको ुअफ सिजनु चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १…

Read More

झापा, १ भदौ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ । गत सोमबार (२९ साउन) मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो । एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ,…

Read More

भद्रपुर, १ भदौ । झापाको भद्रपुर–७ स्थित एमरेल्ड एकाडमीले माध्यमिक तह कक्षा १२ को परीक्षामा नगरकै उत्कृष्ट परिणाम ल्याएको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विद्यालयले २०७९ मा संचालित कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकका साथ सफलता हात परेको दावी गरेको हो । २०७९ सालको परिक्षामा परीक्षा दिने परिक्षार्थी मध्ये २० जनाले ए (विशिष्ट श्रेणी), ३० जनाले बी+ (प्रथम श्रेणी), भने ३० जनाले बी (द्वितीय श्रेणी) ल्याउन सफल भएको प्रधान अध्यापक दिगम्बरराज अधिकारीले जानकारी दिएका छन् । केही विद्यार्थीले सी+ ल्याइएको जनाउदै प्रअ अधिकारीले ८५% माथि विद्यार्थी पास गराउन सफल भएको बताए ।…

Read More

झापा, ३२ साउन । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयका प्रदेश स्तरिय फुटबल तथा भलिवल खेलाडीहरुलाई गेम ड्रेस बितरण गर्नु भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी खेलाडी टोलीका ३३ जना प्रहरी कर्मचारीलाई जुत्ता, ट्रयाकसुट, हाफपेन्ट तथा भेष्ट बितरण गर्नु भएको हो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी तथा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Read More

भद्रपुर, ३२ साउन । झापा कचनकवल–६ बनियानीमा रहेको कचनकवल विद्या मन्दिर माविकी छात्रा अस्मिता देवानले ३.८२ जि.पि.ए प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको दावी गरिएको छ । २०७८ सालबाट कचनकवल माविमा व्यवस्थापन संकाय पढ्दै आएकी देवानले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा प्राप्त गरेको अंक जिल्लाका अन्य विद्यालयमा फेला नपरेको भन्दै विद्यालयले झापा प्रथमको दावी गरेको हो । पढाइप्रति लगनशील र मिहिनेती विद्यार्थी रहेको विद्यालयका प्रिन्सिपल खगेन्द्र पाण्डेले बताए । पाण्डेका अनुसार अस्मिता सहित २०७९ सालको एस.एल.सी परीक्षामा सहभागी २८ जना विद्यार्थीहरूले उत्कृष्ट अङ्कसहित शत प्रतिशत नतिजा ल्याएको जानकारी दिएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको…

Read More

भद्रपुर, ३२ साउन । झापाको भद्रपुर नगरपालिका–१० स्थित विपि चौकमा करिब दुई वर्षयता सञ्चालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्था बिना इजाजत सञ्चालनमा रहेको पाइएको छ । साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ अनि सहकारीको जिम्मेवार व्यक्ति को हो भन्ने सूचना समेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर–१० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाण नपाइएको हो । स्थानीय सरकारसित कुनै अनुमति लिएको नपाइएपछि भद्रपुर सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहा…

Read More

भद्रपुर, ३२ साउन । करिब डेढ दशक अघि १५ महिनामा कार्य सम्पन्न गर्ने गरी निर्माण शुरु गरिएको भद्रपुरस्थित शीत–भण्डार अझै सञ्चालनमा आउन सकेको छैन । भारत सरकारले नेपालस्थित आफ्नो दूतावास मार्फत झापा भद्रपुर नगरपालिकामा शीत–भण्डार बनाउनका लागि २०६४ सालमा बजेट निकासा गरेको थियो । भारतीय दूतावासले बजेट निकासा गरेपछि भद्रपुर नगरपालिकाले टेण्डर आह्वान गर्दै ठेक्का प्रक्रिया मार्फत कोल्ड स्टोरेज निर्माण कार्य शुरु गरेको थियो । सो बेला नगरपालिकामा जनप्रतिनिधि नभए पनि ६ वर्ष यता स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि छन् । तर, शीत–भण्डारको काम भने अलपत्र नै छ । शीत–भण्डारको निर्माण शुरु भएदेखि नगरपालिकामा आधा दर्जनभन्दा बढी कार्यकारी अधिकृत फेरबदल भइसकेका…

Read More