झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुद्धशान्ति, ३१ साउन । बुद्धशान्ति गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड ४५ लाख १० हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको बुद्धशान्ति गाउँपालिका राजस्व इकाइ प्रमुख शशी पनेरुले जानकारी दिनुभयो । १ नं वडा ले ३६ लाख ६ हजार १ सय ५३.१४ रुपैँया, २ नं वडा ले ३४ लाख ७८ हजार ४ सय २२.३२ रुपैँया, ३ नं वडा ले ४२ लाख १३ हजार ५६५.३३ रपैँया, ४ नं वडा ले १८ लाख ३३ हजार ७ सय ३८.१७ रुपैँया, ५ नं वडा ले…

Read More

झापा, ३१ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी तथा गण्डकी प्रदेशका…

Read More

झापा, ३१ साउन । पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०–०७१ देखि कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदान दिन सुरु गरेको थियो । नेपालमा २०६९ माघ १ बाट पहिलो पटक औपचारिक रूपमा बाली बीमा सुरु भएको थियो। तर सरकारले कृषकलाई आव २०७०र०७१ बाट अनुदान दिन सुरु गरेको हो। त्यसबेला अर्थमन्त्री शंकरप्रसाद कोइराला थिए। कृषकलाई कृषि व्यवसायमा प्रोत्साहन गर्न सरकारले यो कार्यक्रम ल्याएको हो। बीमाको प्रिमियम अनुदानमा दिने कार्यक्रम सुरुको वर्षमा सरकारले बीमा प्रिमियम अनुदानका लागि एक करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको थियो। सरकारले…

Read More

झापा, ३१ साउन । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९–८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो आव २०७८–८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा बृद्धि भएको हो…

Read More

झापा, ३१ साउन । भैँसीको नश्ल सुधारका लागि मुर्रा जातका भैँसी र राँगा भारतबाट आयात गर्न थालिएको पाँच दशक नाघेको छ । नेपालको पशु विकास कार्यक्रम अन्तर्गत भारत सरकारको सहयोगमा २०२५ सालमा मुर्रा जातका ११६ भैँसी र ५८ राँगा ल्याइएका थिए । तीमध्ये ललितपुरको खुमलटार फार्ममा ३६ वटा, चितवनको रामपुर फार्ममा ४४ वटा तथा विराटनगरको तराई फार्ममा ३६ वटा भैँसी राखिएका थिए । राँगामध्ये तीन वटा कृषि फार्मका लागि दुई दुई वटा र बाँकी विभिन्न ग्राम पञ्चायतमा पठाइएका थिए । २०२५ साल भदौ १४ र २५ गते गोरखापत्रमा यसबारेमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा ‘श्री ५ को सरकार,…

Read More

बिर्तामोड, ३० साउन । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) मेची इकाइ समितिले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी संस्थाको ५४ औं स्थापना दिवस मनाएको छ । संस्थाले वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, खाद्यन्न वितरण, मोटरसाइकल ¥याली तथा केक काटेर स्थापना दिवस मनाएको हो । संस्थाले बिर्तामोड नगरपालिकामा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा वृद्धाश्रममा रहेका ४० जनाको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा डाक्टरहरु उज्जवल देव र प्रविन मण्डलले वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षण र औषधी वितरणपछि संस्थाले वृद्धाश्रममा चामल,…

Read More

भद्रपुर, ३० साउन । भद्रपुर ७ नम्बर वडा बाल सञ्जालको आयोजनामा विद्यालय स्तरीय कविता लेखन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । भद्रपुर ७ नम्वर वडा भित्र रहेका विद्यालयमा अध्ययनरत आधारभूत तह तथा माध्यमिक तहका छात्र छात्रा बीच प्रतिष्पर्धा हुने गरी कविता लेखन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो । वडा बाल सञ्जालका अध्यक्ष नवीन तिम्सेनाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर ७ स्थित एमरेल्ड एकाडेमीको कक्षमा कार्यक्रम सम्पन्न गरिएको थियो । कविता लेखन तर्फ वीरेन्द्र मावि चन्द्रगढीकी छात्रा दीक्षा खड्का प्रथम, हिमालय इङ्लिस स्कुलकी छात्रा ममता पौडेल द्वितीय, आदर्श नमूना इङ्लिस स्कुलकी देविसा गिरी तृतृय…

Read More

भद्रपुर, ३० साउन । जुनियर युवा रेडक्रस सर्कल एमरेल्ड एकाडेमी भद्रपुर नवीन तिम्सेनाको सभापतित्वमा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपसभापतिमा पुष्पा दाहाल, सचिव आरजु गिरी, सहसचिव विशाल मुखिया र कोषध्यक्षमा निकिमा थापा निर्विरोध चयन भएका हुन् । यस्तै सदस्यहरूमा क्रमशः सौरभ भट्टराई, सजल खत्री, सतिस यादव, उत्साही कर्ण, रियान्स गोयल र कुन्साङ्ग तामाङ रहेका छन् भने शिक्षक नायकमा मिनकुमार अधिकारी र संरक्षकमा प्रिन्सिपल दिगम्बरराज अधिकारी रहेका छन् । नवीन तिम्सेनाको अध्यक्षता तथा रेडक्रस उपशाखा भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा भद्रपुर ७ का निवर्तमान वडाध्यक्ष तथा बालमैत्री चेनपेन विनोदप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै बालबालिकालाई…

Read More

कनकाई, ३० साउन । ढकालबन्धु हित तथा बंशावली एकिकृ समाज द्वारा आयोजित एक महिने श्रावणी जलार्पण, रुद्राभिसेक तथा पुरुषोत्तम पुजाको समापन भएको छ । ढकाल बन्धु द्वारा केन्द्रिय कार्यालय भबन कनकाइ धाम कोटिहोम परिसरमा साउनको पहिलो दिनबाट बिभिध कार्यक्रम सहित सुरु गरिएको एक महिने श्रावणी जलार्पण , रुद्राभिषेक तथा पुरुषोत्तम पुजाको समापन बिशेष कार्यक्रम गर्दै सम्पन्न गरिएको हो । ढकाल बन्धु समाजका जिल्ला उपाध्यक्ष तथा एक महिने श्रावणी जलार्पण, रुद्राभिसेक तथा पुरुषोत्तम पुजा कार्यक्रमका संयोजक भरतकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेस सभा सदस्य तारा देवि ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै बन्धु हरुको एकता अझ बलियो हुनुपर्नेमा जोड दिनुभयो…

Read More

झापा, ३० साउन । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था एक लाख राशीको ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कानर प्रदा गरेको हो । स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरे । एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्व ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैया शेयर पुँजी र १ अर्व ११ करोड २१ लाख…

Read More