
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ भदौ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत ९पैसा० अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०–८१ को सुरुवातमै राजस्वले खर्च व्यवस्थापनमा अपुग भएपछि विकास ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो । आर्थिक वर्षको सुरुमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सरकार परेको छ । स्रोतमा चाप परेको कारण चालु आवको पहिलो महिना (साउन) बाटै ऋण लिनुपरेको अर्थ…
बिर्तामोड, १० भाद्र । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औं स्मृति दिवस विविध कार्यक्रमका साथ देशभर सम्पन्न भएको छ । महिलाहरुको मुक्ति र अधिकार स्थापनाका लागि महिलाहरुलाई संगठित गर्दै राणाशासन एवं पञ्चायती शासनसत्ताका विरुद्ध आन्दोलनको नेतृत्व गर्ने मंगलादेवी सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो । उहाँको स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ झापाले विचार गोष्ठी सम्पन्न गरेको छ । विचार गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले महिलाहरु शक्तिको खानी भएको बताउँदै समान अधिकार दिएर अघि बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । ‘महिला कमजोर छैनन’– नेतृ ढकालले…
झापा, १० भदौ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङको धादिङबेसीमा हुने भएको छ । हालै बसेको तेस्रो केन्द्रीय समिति बैठकले आगामी कार्तिक १८ र १९ गते धादिङबेसीमा पार्षद भेला गर्ने निर्णय गरेको अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिब तथा युवा बिद्यार्थी बिभाग प्रमुख जिएस गुरुङको प्रमुख आतिथ्यतता, र नेपाल तमू गुरुङ बिद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष तथा संरक्षक परिषदका अध्यक्ष पुकार गुरुङको बिशेष आतिथ्यतामा बैठक बसेको थियो । बैठकले प्रदेश ३ को पहिलो अधिबेशन पनि कार्तिक १८–१९ गते धादिङको धादिङबेसीमा गर्ने निर्णय गरेको छ…
भद्रपुर, १० भदौ । झापा भद्रपुर निवासी युवा उद्यमी उज्वल श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले आफ्नो दोस्रो नगर अधिवेशनको अवसरमा आइतबार आयोजित समारोहका बीच श्रेष्ठलाई प्रेरक युवा उद्यमीका रुपमा सम्मान गरेको हो । समारोहका प्रमुख अतिथि रोष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । दुई दशकभन्दा लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा लागेका श्रेष्ठले आफ्ना बुबा यमबहादुर श्रेष्ठले सञ्चालन गरेका उद्योग–व्यवसायलाई निरन्तरता दिएका छन् । भद्रपुर ४ मा स्थापित धान–चामलको आधुनिक मिल गणेश एग्रोका सञ्चालक श्रेष्ठ धान–चामललगायत चिया, फिड्स उद्योगमा संलग्न छन् ।
भद्रपुर, १० भदौ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आह्वान गरेका छन् । आइतबार भद्रपुरको सिटी गार्डनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थेवेले युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्तिाई खेर फाल्न नहुने धारणा व्यक्त गरे । संघका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि थेवेले अहिले युवावर्ग राजनीतिप्रति उदासिन बन्दै गएकोप्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशीला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने उल्लेख गरे । उनले राष्ट्रिय युवा…
भद्रपुर, १० भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले सुरुमा आफूले आफैलाई बदल्नु पर्ने समय आएको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत भद्रपुरमा आइतबार आयोजित विस्तारित बैठक अभियान अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता काफ्लेले आफूलाई नबदली दुनियाँ बदल्न नसकिने बताएका हुन् । नेकपा मओवादी केन्द्र भद्रपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले जनताका हरेक दुःखसुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरे । ‘हिजोका तीतामिठा कुरा बर्सिएर अघि बढ्नुको विकल्प छैन,’ नेता काफ्लेले भने, ‘अब जनतासँगै जाने, जनताकै कुरा सुनेर आफ्नो धारणा बनाउने समय आइसकेको छ ।’ नेता काफ्लेले हरेक दिन जनतासँग जोडिएर जनताकै समस्या समाधान गर्न लागिपर्ने…
लक्ष्मीपुर, १० भदौ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ बर्षिय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले उपचारमा सहयोग गरिदिन श्रेष्ठ परिवारले सवैमा अपिल गरेको छ । लगभग गत १७ दिनअघि प्रेसर बढेपछि उनलाई सुनसरीस्थित धरानको बिपि कोइराला प्रतिष्ठान घोपा अस्पतालमा लगिएको थियो । उनको परिक्षणपछि दुवै मृगौला फेल भएको श्रेष्ठको उपचारमा संलग्न डाक्टरले बताएको उनका दाजु नारायण श्रेष्ठले बताए । श्रेष्ठको उपचारमा आर्थिक सहयोगका लागि स्थानीयहरुको भेलाले ‘प्रदीप श्रेष्ठ बचाउ’ अभियान अन्तरगत आर्थिक संकलन समिति…
झापा, १० भदौ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनभन्दा बाहिर गएरै भएपनि राजनीतिक सहमतिका आधारमा प्रदेश सरकार गठन गर्न कुनै कानुनी अफ्ट्यारो नभएको बताएका छन् । कानुनमन्त्री समेत रहेका गुरुङले संविधानले राजनीतिक साझा सरकार बनाउन नरोकेको स्पष्ट समेत पारे। उनले त्यसमा कानुनी अड्चन नभएको बताए । झापाको शिवगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने,” सत्ता साझेदार दलकै नेतृत्वमा प्रदेश सरकार बन्नु पर्छ भन्ने कानुनी प्रावधान होइन र छैन, आवश्यकता र राजनीतिक साझा सहमतिका आधारमा प्रदेश सरकार बनाउन सकिन्छ।” काङ्ग्रेस नेतृत्वको कोशी प्रदेश सरकारलाई सर्बोच्च अदालतले “कामचलाउ” भनेर व्याख्या गरेको अवस्थामा कानुन मन्त्री गुरुङको त्यस्तो धारणा सार्वजनिक भएको…
नेकपा माओवादी केन्द्रले भदौ १६ गतेबाट ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गदैर्छ । देशभरका ७५३ वटा पालिकामा एकै साथ उद्घाटन हुने सो अभियानका लागि पार्टीका केन्द्रदेखि वडासम्मका सबै कमिटी तयारीमा जुटेका छन् ।पार्टी जिल्ला समन्वय समितिहरुले अभियानको तयारी तीव्र रुपमा गरिरहेका छन् । ३ महिने अभियान लगायत पार्टीका गतिविधिका विषयमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका अध्यक्ष राजु आचार्य अग्निसँग पत्रकार झुलन रेग्मीले गरेको कुराकानीको संक्षेप :– माओवादी केन्द्रले‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’शुरु गर्दैछ । किन?माओवादी केन्द्र जनताबाटै उठेको पार्टी हो । जनताका आधारभूत सवालहरू जस्तै लैंगिक, जातीय, क्षेत्रीय, वर्गीय समस्याहरूलाई एकरुपतामा, राज्यको अग्रगामी रुपान्तरण गरेर समस्याको समाधान…
झापा, १० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू(भागका एक–दुई…