झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ भदौ । झापाको मेचीनगर नगरपालिका–८ का ४३ वर्षीय सुन्दर किसानको पारिवारिक रिसिइबीका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्याबारे जानकारी दिएको हो । मेचीनगर–८ का ५६ वर्षीय रामजी किसान र उनका भाइ ४८ वर्षीय सुनरसी किसानले सुन्दर किसानको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले हत्यामा प्रयोग भएको फलामको खन्ती र धारिलो हतियार सिक्कल समेत बरामद गरेको छ । बुधबार साँझ घरबाट बाहिर निस्किएका सुन्दर रातभरि घर नफर्किएपछि मृतककी श्रीमतीले घरदेखि डेढ किलोमिटर पर सडकमा बिहीबार बिहान ७ बजे उनको चप्पल देखेकी थिइन् । चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि…

Read More

मोरङ, २ भदौ । मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टी पुलस्थितमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक झापाको कमल गाउपालिका–१ का ४३ वर्षीय गोपालप्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो । त्यसैगरी, उदयपुरको चौदण्डिगढी नगरपालिका–१० स्थित स्वर्गीय मदन भण्डारी स्मृती लोकराजमार्गमा हिजो साझँ ५ बजे गाइघाटबाट बेल्टारतर्फ आउदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर…

Read More

राजेश ढुंगान मान्छेलेजम्माजम्मी देख्ने भनेकोएक जोरआँखाले देख्नेदूरीसम्म न रहेछजन्म देख्दैन,मृत्यु देख्दैनजीवनभरिभ्रम देख्दछ रभ्रमहरु मात्र देखिरहन्छत्यसैलाईसत्य ठानेरतर, मानिससाँच्चैमा चाहिँचियाकोएक कप मात्र रहेछजो खाँदा सकिन्छर नखाए पनि फ्याँकिन्छ !– भद्रपुर, झापा

Read More

झापा, २ भदौ । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताउनुभयो । अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उहाँले यस्ता रोग नेपालको स्वास्थ्य…

Read More

झापा, २ भदौ । झापाको मेचीनगर नगरपालिका–८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झारीमा मृत अवस्थामा फेलाका ४३ वर्षीय सुन्दर किसानको हँसियाले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको हँसिया र हत्या आरोपमा दुई जनालाई पक्राउ समेत गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनको हत्या आफन्तजनबाटै भएको र घटनाको विस्तृत जानकारी आज पत्रकार सम्मेलनमार्फत गराइने छ । मृतक सुन्दर गाई गोरु किनबेच पेसा गर्दै आएका थिए । बुधबार साँझ घरबाट बाहिर निस्किएका सुन्दर रातभरि घर नफर्किएपछि मृतककी श्रीमतीले घरदेखि डेढ किलोमिटर पर सडकमा बिहीबार बिहान ७ बजे उनको चप्पल देखेकी थिइन् । चप्पल नजिकै…

Read More

झापा, २ भदौ । काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा थप तीन वटा सुरुङ निर्माण गरिने छन्। सबै गरेर सुरुङको कुल लम्बाइ ८.६ किलोमिटर पुग्ने छ। अहिले तीन वटा सुरुङ निर्माण भइरहेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले आयोजनाको लागत र समय घट्ने गरी काठमाडौँ–तराई÷मधेश द्रुत मार्गको ‘डिपिआर’ संशोधन गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने, “करिब दुई अर्ब दुई करोड रुपियाँ निर्माण लागत र निर्माणको समय पनि घट्ने गरी ‘डिपिआर’ संशोधन भएको छ। सुरुङ मार्ग थपिँदा…

Read More

झापा, १ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त अधिकार हरेक नागरिकले उपयोग गर्न पाउने ग्यारेन्टीका लागि आफू प्रयत्नशील रहेको बताएका छन् । निजी निवास धुलाबारीमा शुक्रबार सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षक तथा कर्मचारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले सम्बन्धित सरोकारवालासँग बसेर छलफल नगरी विधेयक ल्याउनु नै समस्याको जड भएको औँल्याए। प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन २०८० अपूर्ण र अपुरो रहेको उनको निष्कर्ष छ। ‘मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु’, उनले भने, ‘यो ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको अन्योल सिर्जना गरेको छ।’ महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको…

Read More

भद्रपुर, १ भदौ । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिबीच अनुभव साटासाट भएको छ । गणेशमान चारनाथ नगरपालिकाबाट आज हल्दिबारी गाउँपालिकाको भ्रमणमा आएको जनप्रतिनिधिसहितको पाँच सदस्यीय टोली र यहाँका जनप्रतिनिधिबीच आ–आफ्नो स्थानीय तहमा भएका विकास निर्माण एवम् रचनात्मक क्रियाकलाका बारेमा अन्तरक्रियात्मक कार्यक्रमका बीच अनुभवन साटासाट भएको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरु लगायत कर्मचारीहरुको टोलीले भ्रमणमा आएका उनीहरुलाई स्वागत एवम् सम्मान गर्नुभएको थियो । गणेशमान चारनाथ नगरपालिकाबाट वडा नं. १ का वडाध्यक्ष श्यामकुमार आले मगर, २ नं. वडाध्यक्ष ज्योति दीप हमाल, ४ नं. वडाध्यक्ष सोमबहादुर आले मगर, पालिका प्रतिनिधि…

Read More

झापा, १ भदौ । बैदेशिक रोजागारीको सिलसिलामा तीन वर्ष अघि ओमन गएकी एक युवती बेचिएको खुलेको छ । झापाको अर्जुनधारा–६ लक्ष्मीपुर माता मन्दिर छेऊ घर भएकी ३० वर्षीया कमला मुर्मूलाई इराक पु¥याएर बेचेको परिवारले दावी गरेको छ । बिर्तामोडस्थित समुन्नत नेपालको कार्यालयमा विहीवार पीडित परिवारका तर्फबाट पत्रकार भेटघाटको आयोजना गरी कमलाकी आमा लखी मुर्मूले आफ्नी छोरीलाई इराक पु¥याएर बेचेको बताइन् । तीन वर्षदेखि इराकमा उनलाई बन्धक बनाएर शोषण गरिरहेको परिवारको आरोप छ । इटहरीको बाँसवारी घर भएका गोविन्द कट्टेल र बिर्तामोड –१ निवासी मदन खरेलले आफ्नी छोरीलाई ओमनमा रोजगारी दिलाउने भन्दै बिदेश पु¥याएको र इराकमा लगेर बेचेको आमा लखीले बताइन्…

Read More

झापा, १ भदौ । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले निर्धारण गरेको पारिश्रमिक शुक्रबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा रु १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र रु छ…

Read More