झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ असोज । आफ्नो २६ औं स्टोरका रुपमा पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेदेखि सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । समुदघाटनकै दिनबाट बिर्तामोडबासीको राम्रो उपस्थिति पाएको भट्भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्साहजनक उपस्थिति रहेको छ । झापालि जनताको उत्सहजनक साथ पाएको भाट्भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महनुभावहरुले स्टोरप्रति देखाउनु भएको माया तथा विश्वासका लागि हृदयदेखि नै कृतज्ञता तथा आभार ब्यक्त गर्दै भाटभटेनी परिवार गौरवन्वित भयेको जनाएको छ । बिर्तमोड लगायत आम झापाली उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर…

Read More

बिर्तामोड, ६ असोज । नेकपा (माओवादी केन्द्र) बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष गोपी अधिकारीलाई पार्टीले कारबाही गरेको छ । पार्टी विरोधी गतिविधि गरेको भन्दै अधिकारीलाई वडाध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको शनिबार बसेको बैठकले अधिकारीले गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय उल्लंघन गरेको, पार्टीप्रति निष्ठा र विश्वास नरहेको, पार्टीको निष्ठा र मर्यादामा आँच आउने काम गरेको, पार्टी कमिटीको गोपनीयता भंग गरेको र पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा गतिविधि गरेको भन्दै पार्टी विधानको धारा ५७ ९१० को ट र ड अनुसार कसुर गरेको ठहर गरी धारा ५७ ९२० अनुसार…

Read More

बिर्तामोड, ६ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२, प्रदेश क र ख को संयुक्त सम्मेलनलाई विर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने आधार नदेखिएको बताउँदै संविधानको धारा–१६८ ९५० बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो । ‘कोशी प्रदेशलाई मध्यावधीमा लानु संविधानको मर्म र भावना विपरित हुन्छ’–नेता कार्कीले थप्नुभयो –‘अहिले अल्पमतले सरकार बनाएको तर बहुमतले सरकार चलाउन नपाइरहेको अवस्था छ । यो लामो समय रहँदैन।’ कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र र राष्ट्रियता कमजोर…

Read More

दमक, ६ असोज । नेकपा (एकीकृत समाजवादी) ले असोज १४ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने समाजवादी जागरण यात्राको तयारी र व्यवस्थापन सम्बन्धी झापाको काँकरभिट्टामा बैठक सम्पन्न भएको छ । जागरण यात्राको उद्घाटन समारोहस्थल काँकडिभिट्टामा वृहत जनसभा, विषयगत अन्तरक्रिया, स्थानीय पार्टी कमिटीबीच छलफल, बैठक र भेटघाटका कार्यक्रम तयारी भएको छ । त्यस्तैं, १३ असोजमा जागरण यात्रा सम्बन्धी काँकरभिट्टामा पत्रकार संम्मेलनसहित सडक नाकट मञ्चन हुने भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटी झापाले काँकरभिट्टास्थित सामुदायिक भवनमा आयोजना गरेको बैठकमा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा २५५ सदस्यीय मुल व्यवस्थापन समिति र विभ्रिन्न उप–समितिहरु गठन गरिएको छ । यसअघि बिर्तामोडस्थित पार्टी…

Read More

झापा, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको राजकीय भ्रमणका लागि त्यहाँ पुगेका छन्। चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड चीनमा आयोजित १९औं एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका छन्। त्यसैगरी हाङ्जाओमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री…

Read More

झापा, ६ असोज । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताए । विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाएका छन् । उनले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड,…

Read More

एजेन्सी, ६ असोज । १९ औं एसियाली खेलकूद प्रतियोगिता (एसियाड) असोज ६ गतेबाट चीनको हाङ्चाओ शहरमा शुरु भएको छ । खेलकूदको उक्त भव्य एसियाली कुम्भ मेलाको चीनका राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए । खेलाडी सहित खेलसँग सम्बन्धित १२ हजार ५ सयभन्दा बढीको सहभागिता रहने एसियाडमा ४० खेल, ६१ वटा विधा र ४ सय ८१ प्रतिस्पर्धा हुनेछ । भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट् फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहने छ । नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्…

Read More

बिराटनगर, ६ असोज । सुनसरीको रामधुनी नगरपालिक–७ इचौल स्थितमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २१ प ५८१० नम्बरको स्कुटर र विपरीत दिशाबाट जादै गरेको प्रदेश १–०२–०४० प.३०३१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएका धरान उप–महानगरपालिका–११ का ४८ वर्षीय ज्ञानप्रकाश राई र पछाडि सवार निजकै श्रीमती ४१ वर्षीया दुर्गाकुमारी राई साथै सुनसरी बराहक्षेत्र नगरपालिका–२ का ४२ वर्षीय प्रताप मगर घाइते भएका थिए । घाइते भएकी दुर्गा कुमारी राईको उपचारको क्रममा बिराट टिचिङ् अस्पतालमा मृत्यु भएको थियो…

Read More

बिर्तामोड, ५ असोज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय अभियानका रुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउँदै आएको राजयोग सेवा केन्द्रले आज बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताउनुभयो । साँघुरो, अव्यवस्थित सडक र द्रुत गतिका कारण बढी दुर्घटना हुने गरेको भन्दै उहाँले ख्याल गरेर सवारी कुदाउन सबैलाई आग्रह गर्नुभयो । नगर प्रमुख प्रसाईले बिर्तामोड बस पार्कलाई व्यवस्थित गर्नका लागि सम्बन्धित निकायसंग छलफल भइरहेको जानकारीसमेत दिनभयो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख…

Read More

इलाम, ५ असोज । इलामको रोङ गाउँपालिका–३ कुट्टडाँडामा स्थित पाथीभरा मन्दिरमा उठेको भेटीको रकम हिनामिना भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर त्यसबारे छानविन बनाएको थियो । समितिले प्रतिबेदन तयार गरे पनि सार्वजनिक गरेको छैन । तर, रोङ गाउँपालिकाको अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार एकसय २४ रुपियाँ हिनामिना भएको उल्लेख छ । संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भई काम गर्दैआएको पाथीभरा संरक्षण संस्थाले मन्दिरमा काटेका रसिद र हिसाब नबुझाएको अवधिमा गरेका कामका आधारमा गरिएको अध्ययन प्रतिवेदनअनुसार सो संस्थाले पाथीभराको रकम हिनामिना गरेको देखिने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७५ असोज २२ देखि २०७९ माघसम्म…

Read More