झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ भदौ । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् । सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट…

Read More

काभ्रे, ४ भदौ । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता दिन कर्मचारीकै गिरोहसमेत सक्रिय भएको देखिएको छ । दावाले माथिदेखि तल कर्मचारीसम्ममा नै सेटिङ गरेर नागरिकता हत्याएको देखिएको छ । तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा कार्यरत तत्कालीन समयका अधिकृत भूपेन्द्र पाण्डेय हाल लुम्बिनी…

Read More

झापा, ४ भदौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ।  यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि…

Read More

बारा, ४ भदौ । दुई बच्चा चोरेर लाँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका–३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले दुई बच्चालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । देवताल–३ नन्की अमुवाका शिवपुजन महत्तोका नौ महिनाकी छोरी लक्ष्मी र प्रेमचन्द महत्तोको दुई वर्षीय छोरा सत्यमकुमारलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए । बच्चाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा चेकजाँच गर्दा दुईवटा…

Read More

दुधे, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारमा रहेको बेला राम्रो काम गरे आगामी निर्वाचनमा नजितिएलाकी भन्ने चिन्ता गर्नै नपर्ने बताएका छन् । नयाँ खुलेका दल र प्रमुख प्रतिपक्षी एमालेलाई अबको चार बर्ष मुलुकमा कुनै काम नहोस भन्ने लागेको तर सरकारले जनतको मन जित्ने गरी काम गर्नु पर्ने उनले सुझाव दिए । झापाको शिवसताक्षी नगरपालिकामा आइतबार आयोजित नेपाली कांग्रेसको एतिहासीक प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले चारै तिर कुशासन मात्रै भएको बेला कांग्नेसले जनपक्षिय काम गर्नुपर्ने उनले सुझाए । ‘कांग्रेसले यो अवसर नयाँ दल र एमालेलाई दिन हुदैँन,’ उनले भने । कांग्रेसले यस्तो बेलामा जन…

Read More

बिर्तामोड, ३ भदौ । झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले क्यान्सर रोगबाट पीडित शेयर सदस्यलाई उपचार सहयोग प्रदान गरेको छ । संस्थाले आज बिर्तामोड–१० शैनिक बजारकी संस्थापक शेयर सदस्य कल्पना थापाको घरमै पुगेर ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको हो । संस्थाको उपचार कोषबाट क्यान्सर पीडित थापालाई उक्त रकम प्रदान गरिएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । “विभिन्न प्राणघातक रोग लागेको पुष्टि भएसँगै घरमै पुगेर उपचार सहयोग प्रदान गर्ने गरेका छौं”, उहाँले भन्नुभयो, “डाक्टरले रोग प्रमाणित गरेको कागज भए पुग्छ अरु केही चाहिँदैन ।” उक्त रकम उपचारका लागि पर्याप्त नभए पनि…

Read More

रोङ (इलाम), ३ भदौ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्रयाकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक उत्तरदायित्व निर्वाहा गर्दै रोङ गाउँपालिकाको सहजीकरणमा उक्त सहयोग गरेको हो । रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोको प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आइतबार आयोजित विशेष कार्यक्रममा कक्षा १ देखि ७ सम्म अध्ययन गर्ने ६३ जना नियमित विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो । कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, सचिव भूपाल बस्नेत, सञ्चालक समिति सदस्य गुञ्जन थापा, विभागीय प्रमुखहरु मनहरि निरौला र लक्ष्मीनारायण भट्टराईले संयुक्तरुपमा उक्त सामग्री…

Read More

झापा, ३ भदौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औंल्याउनु भएको छ । नेपाल विद्यार्थी संघ झापा अन्तरगत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा झापाको बिर्तामोड आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले त्यस्तो बताउनुभएको हो । “हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”, उहाँले भन्नुभयो, “हामीलाई नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औंल्याउन सक्छ ।” महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वाससमेत व्यक्ति गर्नुभयो । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको जनसंख्यालाई…

Read More

भद्रपुर, ३ भदौ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो भद्रपुर–५ देवीबस्तिस्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर–६ भानुचोकका विनोद महतोका छोरा १३ वर्षीय बालक शिव महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बालक नदीमा डुबी मृत्यु भएको भन्ने खबर पाएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बालकको शव नदीबाट बाहिर निकालेको थियो । बालकको मृत्यु पौडी खेल्ने क्रममै भएको पुष्टि भएको प्रवक्ता रिजालले बताउनुभयो । मृतक बालकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टम पछि आज बिहान आफन्तले बुझेका छन्…

Read More

झापा, ३ भदौ । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी अन्दाजी ४५ वर्षीया जितेन राजवंशी रहेके जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उनलाई शनिबार दिउँसो घरमै विषालु सर्प करेतले डसेको थियो । सर्पको डसाइबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपचार नहुँदा उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

Read More