
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ असोज । स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्। नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव आरसी अधिकारीले केही स्थानीय तहमा अपवादबाहेक अधिकांश स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीलाई गैरकानुनी रूपमा काम गर्न बाध्य पार्ने भएकाले स्थानीय तहमा कर्मचारीको आकर्षण…
झापा, ९ असोज । वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयक तर्जुमा, प्रकाशन र प्रत्यायोजित व्यवस्थापनमा समेत एकरूपता कायम गर्ने उद्देश्यले सरकारले नयाँ विधेयक प्रस्ताव गरेको हो। विधायनसम्बन्धी विधेयक कानुन तर्जुमाको निर्देशक कानुनका रूपमा प्रस्तावित छ। कानुन निर्माणमा एकरूपता कायम गर्न, जारी ऐनको अभिलेख राख्न, प्रत्यायोजित विधायनको सीमा तोक्न, प्रत्यायोजित विधायनको जाँच गर्न र अभिलेख राख्न निर्देशक कानुनका रूपमा विधेयक प्रस्तावित गरिएको हो। प्रस्तावित विधेयकमा कानुन निर्माणको क्यालेन्डरको प्रस्ताव गरिएको छ। हरेक मन्त्रालयले जेठ मसान्तभित्र कानुन तर्जुमाको प्राथमिकताक्रम कानुन,…
झापा, ९ असोज । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको…
बिर्तामोड, ८ असोज । संघीय संसदका सभामुख देवराज घिमिरेले झापाको विकासमा आफू प्रतिबद्ध रहेको दोहो¥याउनु भएको छ । झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख घिमिरेले निर्वाचनताका आफूले गरेको बाचा पूरा गर्न अधितम् प्रयास गरिरहेको बताउनुभयो । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले निर्वाचनका बेला जनताको हरेक सुखदुःखमा सदैव साथ रहने बाचा गरेको र सोही अनुरुप आफू लागि परेको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि तुलनात्मक रुपमा बढी नै बजेट ल्याएको समेत उल्लेख गर्नुभयो । सभामुख घिमिरे आगामी तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्र स्थलगत अवलोकन र अनुगमन रहने जनाइएको छ । सभामुख…
झापा, ८ असोज । इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले महेन्द्र थापालाई अघि सार्ने भएको छ । संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन पछि उक्त क्षेत्रमा उप निर्वाचनको लागि एमालेबाट झलनाथ खनाल र कांग्रेसबाट डम्बर खड्काको नाम चर्चामा आएकै बेला रास्वपाबाट आर्किटेक्ट इन्जिनियर महेन्द्र थापाको नाम चर्चामा आएको हो । नेकपा एमालेले स्व.सुवास नेम्वाङका छोरा सुवाङ्ग नेम्वाङलाई बावु स्थानमा उम्मेद्वारी दिने सक्ने हल्ला चलिरहेको बेला नेकपा समाजवादीले कोशी प्रदेश सरकार गठनमा एमालेलाई सहयोग गर्ने र पार्टी एकताको विषयलाई सहज बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई उम्मेद्वार बनाउने सम्भावना बलियो रहेको एमाले स्रोतले बताएको…
बिर्तामोड, ८ असोज । झापाको शिवसताक्षीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो झापा शिवसताक्षी नगरपालिका–११ दुधे स्थित साकिरा यातयातको काउन्टरमा प्र १–०१–०१३ प ६५८१ नम्बरको स्कुटीमा काठमाण्डौ पठाउन भनि चामलको बोरा बोकी आएका सोही स्थानका करिब २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त चामलको बोरा भित्र लुकाई छिपाई पठाउन लागेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ९ ग्राम ७७० मिलिग्राम फेला परेको हो । स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको छ । त्यसैगरी, आजै मेचीनगर…
झापा, ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ उपधारा ९ बमोजिम आज मन्त्रिपरिषदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर गरिएको प्रदेशप्रमुख समक्ष पठाइएको सिफारिसमा उल्लेख छ । जसअनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्य मन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
दिपक अधिकारीभद्रपुर, ८ असोज । भद्रपुर भन्सार कार्यालयले वर्षौदेखि गैर कानूनी रुपमा दैनिक ३ हजार ७ सय भन्दा बढी रकम असुल्दै आएको रहस्य खुलेको छ । भारतीय सवारी साधनलाई सुबिधाको रसिद लिदा कानूनतः कुनैपनि रकम लाग्दैन । तर, भद्रपुर भन्सारका कर्मचारीले भने हल्का सवारी (कार, भ्यान, जीप) लाई दैनिक ५० र मोटर साइकललाई दैनिक २० रुपैंया लिदै आएको छ । रकम नदिए कर्मचारीले गाली गलौच तथा हातपात मै उत्रने गरेको पीडितहरूको गुनासो रहेको छ । यसरी डर, धम्की र दादागिरीका साथ उठाइएको रकम भने सरकारी राजश्वमा जादैन । यो सबै भन्सार कर्मचारीको खाजश्व हो । नेपाल–भारतको सम्झौता अनुसार भारतीय सवारी…
बिर्तामोड, ८ असोज । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा तथा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पनन भएको हो । अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट तयार गरिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ७ हजार ९९ जना शेयर सदस्य, ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ शेयर पुँजी, जगेडा कोष र अन्य कोषहरु ७ करोड २४ लाख ७५ हजार ७३३ रुपैयाँको रहेको जानकारी दिनुभयो । असार मसान्तमा निक्षेप मौज्दात ४५ करोड १४ लाख ६६ हजार ६२२ रुपैयाँ रहेको तथा बाह्य ऋण १७ करोड २७…
बेइजिङ,८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग नेपाललाई डिजिटल बनाउने सपना रहेको बताउनुभएको छ । आज सोमवार चीनको बेइजिङमा रहेको डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरूपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।’ उहाँले अहिले नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । नेपालमा चीनका उद्योगी व्यवसायीहरूले गर्ने लगानीका क्षेत्रहरू धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि…