
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २४ भदौ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तिको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । ११० औँ वि पि जयन्तिको अवसरमा भद्रपुरमा विपिको राजनीतिक तथा साहित्यिक योगदानको चर्चा गर्दै विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढीको विपि चौकमा रहेको शालिकमा माल्यार्णपर्ण गर्दै प्रवचन सम्पन्न भएको थियो । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति केशवराज पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल लगायतले विपिको राजनीतिक योगदान तथा साहित्यिक योगदानको चर्चा गरेका थिए । कार्यक्रम संचालन नगर सचिव…
भद्रपुर, २४ भदौ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ स्थित मेची आँखा उपचार केन्द्र परिसरमा तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु भएको छ । केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर शुरु भएको हो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरङग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गरेका छन् ।आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले…
भद्रपुर, २४ झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ । उपचार सेवा लिन आउने सेवाग्रहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको पनि सेवा विस्तार गरेको हो ।यसैक्रममा अस्पतालले मेची आँखा उपचार केन्द्र परिसरमा भवन निर्माण गरी आइतबारदेखि अन्तरङ्ग विभाग सञ्चालनमा ल्याएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको र शल्यक्रियापश्चात विरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको समाधानका लागि करिब एक करोड रुपैयाँ लागतमा भवन निर्माण गरी…
द्रोण अधिकारीभद्रपुर, २४ भदौ । बदलिदो जीवनशैलीसँगै नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको नेपाल सरकारको तथ्याङ्कले देखाएको छ । हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको विज्ञहरूको भनाइ छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नशा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले दिएको जानकारी अनुसार विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् भने नेपालमा हरेक दिन २० जनाको मानसिक रोगका कारण आत्महत्या हुने गरेको हो । नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालका ७ वटा प्रदेश मध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशमा आत्महत्याको दर उच्च…
अर्जुनधारा, २४ भदौ । सेवा मुलक बचत समूह अजुृनधारा–६ ले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण सेवा समुदाय क्लवमा ज्येष्ठ नागरिकलाई सामुहिक रुपमा दर खुवाउँदै १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा खुलानन्द पोखरेल, पवित्रादेवी पोखरेल, राधादेवी सुवेदी, मनमाया कोइराला, लक्ष्मी माया अधिकारी, फडिन्द्र कुमारी कोइराला, तीलमाया खड्का, नारायणप्रसाद अधिकारी, तिलोत्तमा आचार्य, चन्द्र प्रसाद चापागाई, डम्मरकुमारी पाठक, डिल्लीमाया गौतम र पवित्रा बराइली रहेका छन् । यसैगरी एसईई परीक्षामा उत्कृष्ट अंक् प्राप्त गर्दै उच्च शिक्षा अध्ययन गर्दै गरेकी छात्रा अनुपा याक्सो लिम्बू लाई पुरस्कृत गरिएको छ । सेवा समुदाय वचत…
झापा, २४ भदौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमालेख त्याग (पोलिसी सरेन्डर) गर्नेहरूको संख्या उच्च रुपमा बढेको छ । अर्थतन्त्रमा आएको सुस्तता र बीमा कम्पनीप्रतिको अविश्वासका कारण बीमालेख परित्याग गर्नेको संख्या बढेको विज्ञहरूले बताएका छन् । बीमा प्राधिकरणका अनुसार साउनमा जीवन बीमा कम्पनीले नयाँ बीमा व्यवसायबाट भित्र्याएको कुल रकममध्ये आधाबराबर बीमालेख परित्याग गर्ने छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउनमा नयाँ बीमा जारी गरेर २ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका छन्। ती कम्पनीको यही अवधिमा एक अर्व २८ करोड रुपैयाँबराबरको बीमालेख परित्याग गरिएको छ। प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये सबैभन्दा धेरै बीमालेख परित्याग हुने कम्पनीमा…
झापा, २४ भदौ । नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ । यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन ।…
झापा, २४ भदौ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिए । उनले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै…
झापा, २४ भदौै । जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको छ । उच्च अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदातृ संस्थाले झापाको बिर्तामोड, दमक र सुनसरीको इटहरीमा एडुकेशन फेयर २०२३ सम्पन्न गरेको हो । जेन्युइन एडुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखाका प्रोप्राइटर लक्ष्मीकान्त खनालका अनुसार दमकमा ८० जना, इटहरीमा २०० जना र बिर्तामोडमा १०० जना विद्यार्थीहरुले परामर्श लिएका छन् । एडुकेशन फेयर २०२३ मा अष्ट्रेलियाका ५ वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका थिए । यस्तै, अमेरिका र वेलायतको एक–एकवटा विश्वविद्यालयबाट…
भद्रपुर, २४ भदौ । झापामा रहेका धामी तथा वैद्यहरूले चन्द्रगढीमा विविध कला प्रदर्शन गर्दै आठौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर–८ मेची रङ्गशाला पश्चिमको चौरीमा झापा, मोरङ, सुन्सरी र भारतको पश्चिम बंगालबाट भेला भएका धामी झाँक्री र वैद्यहरूले आ आफ्नो कला प्रदर्शन गरेका हुन् । संघका झापा अध्यक्ष सतलाल राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा काली नागको माला लगाएर विषहरी खेलको सुरू गरिएको थियो । अध्यक्ष राजवंशीले नगर प्रमुख पोखरेल, वडाध्यक्ष रतिया राजवंशी, अभिषेक ढुंगाना र गौरव सुब्बा मनोजलाई पालैपालो जिउँदो काली नागको माला लगाएर नागको…