
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच नगरपालिकालको आर्थिक वर्ष २०८०÷०८१ नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले नगर विकास योजना पुस्तिका सार्वजनिक गर्नुभयो । कार्यक्रममा नगरप्रमुख महताराले सबै पक्षको साथ र सहयोगबाट नगरको समग्र विकास हुने बताउनुभयो । यसैबीच, बिर्तामोड नगरपालिकको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पास समेत भएको छ । नगरसभाको विशेष अधिवेशनले आज यसअघि पेश गरेको आर्थिक ऐनलाई संशोधनसहित पास गरेको हो । नगरप्रमुख प्रसाईंको अध्यक्षतामा…
झापा, २५ भदौ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको कर्जा मिनाह गरेको छ । मोरङको पथरी सेवा केन्द्र अन्तरगत दिवंगत भएका शेयर सदस्यको दुई लाख रुपैयाँ भन्दा बढी कर्जा मिनाह गरेको हो । संस्थाका शेयर सदस्य नवराज चौहानको भदौ १३ गते निधन भएपछि उनले संस्थालाई तिर्नु पर्ने २ लाख १५ हजार ६२३ रुपैयाँ कर्जा मिनाह गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । संस्थाको पथरी सेवा केन्द्रबाट नियमित कारोबार गर्दै आएका सदस्य चौहानले संस्थासँग ३ लाख रुपैयाँ कर्जा लिएका थिए । उनले अन्य रकम तिरे पनि बाँकी रहेको उक्त रकम संस्थाले…
झापा, २५ भदौ । झापाको दमक नगरपालिका–८ चक्रपथ चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ११ बजे दमक–८ मा कोठा भाडामा बस्दै आएका २९ वर्षीय किशन राजवंशीको डेरा कोठामा प्रतिबन्धित लागु औषध ब्राउनसुगर बिक्री वितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कोठामा लुकाई छिपाई राखेको अवस्थामा १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगरसहित राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रकृया भइरहेको उक्त कार्यालयले जनाएको छ ।
चारपाने, २५ भदौ । नेपाल दशनामी समाज झापाको आयोजनामा तीज मिलन कार्यक्रम भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर सोमबार (आज) समाजले झापाको बिर्तामोड–२ स्थित चारपानेमा तीज मिलन कार्यक्रम गरेको हो । तीज मिलन कार्यक्रमकी संयोजक पार्वता गिरीको अध्यक्षतामा भएको तीज मिलन कार्यक्रममा जेष्ठ महिला सदस्य मनमाया गिरीको प्रमुख आतिथ्य रहेको थियो भने समाजका केन्द्रिय संरक्षक भरतलाल गिरीको बिशिष्ट आतिथ्य रहेको थियो । तीज मिलन कार्यक्रममा झापाका सवै स्थानीय तहका महिला दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । तीज मिलन कार्यक्रमका लागि समाजका झापाका प्रत्येक पालिका, दशनामी बन्धुहरुको बाहुल्यता रहेको ऊ नमः शिवाय साकोस, जिल्ला समितिका पदाधिकारी, तथा…
झापा, २५ भदौ । सन्नी देओल स्टारर ‘गदर २’ ले भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि नै ‘गदर २’ ले रेकर्ड बनाएको छ । अब ‘गदर २’ ले एसएस राजामौलीको ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ । यो कमाइसँगै ‘गदर २’ भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मले ३० दिनमा ५१२.३५ करोड भारु कमायो । प्रभास स्टारर ‘बाहुबली २’ ले ५१०.९९ करोड ग्रस कलेक्सन गरेको थियो ।
सुनसरी, २५ भदौ । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका १ वर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा, २५ भदौ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य…
भोजपुर, २५ झापा । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए । “वातावरणको संरक्षणका बिरुवा रोपेका छौँ”, उनले भने, “हाम्रो यो अभियान जारी छ । यो अभियानअन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।” सेनाले विपद्लगायत विभिन्न सामाजिक…
झापा, २५ भदौ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले आरोपितलाई थुनामा राख्न नपर्नुको आधार र कारण देखाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले मुलुकी ऐन, २०२० किर्ते कागजको १ र २ को कसुरमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । किर्तेको आरोप प्रमणित हुँदा उनीहरूमाथि बढीमा एक वर्षको सजाय हुन्थ्यो भने सरकारी कर्मचारीलाई अधिकतम दुई वर्षसम्म सजाय गर्न मिल्छ । न्यायाधीश ढकालको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार आरोपितलाई थुनामा राख्न नपर्ने आदेश दियो । सो दफामा ‘तीन वर्षभन्दा बढी कैद सजाय हुने’ अनुसूची–१ र २ का कसुरमा थुनामा…
झापा, २५ भदौ । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता गराउन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले विधेयकमा रातारात सच्याउने काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने– ‘केही महत्वपूर्ण विषयमा राजनीतिक तहमा सहमति जुट्न बाँकी रहेकाले आन्तरिक रूपमा सहमति जुटाएर मात्रै विधेयक संसद्मा दर्ता गर्न पठाइने भएको…