झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ भदौ । नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ। कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला। तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ। तपाईंको नामबाट अरू कसैले सिमकार्ड निकाल्यो भने पनि जरिबानाको फन्दामा पर्नुहोला। यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले ठूलो जरिबाना तिर्नुपर्ने भएको छ। उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ (८६ लाख ९० हजार साउदी रियल) जरिबाना तोकिएको साउदीस्थित नेपाली दूतावासले…

Read More

कनकाई, १३ भदौ । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगर सभापति दुर्गाप्रसाद प्रसाईले नगरले हालसम्म गरेका काम एवं आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै कनकाईमा कार्यसमिति विस्तार गरिएको, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्था गठन, संगठन विभाग गठन, विकास निर्माणको अनुगमन र खबरदारी गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई सम्मान गरिएको थियो । नगर सम्मेलनमा…

Read More

बिर्तामोड, १३ भदौ । नारी सञ्चार गृह झापाको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’का लागि बिर्तामोड–४ की गंगा तिम्सिनाले आर्थिक सहयोग गरेकी छन् । परिवेश डिजिटल मिडिया प्रालिका अध्यक्ष तथा परिवेश मिडिया डटकमका सञ्चालक समेत रहेकी तिम्सिनाले आफ्नो जन्म दिनमा सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा पाँच हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् । महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि, संस्थाको दीगोपनाका साथै सञ्चारको माध्यमबाट अन्य विविध क्षेत्रमा काम गर्ने उद्देश्यले संस्थाले स्थापना गरेको अक्षयकोषमा सामाजिक व्यक्तित्व, संघ, संस्था, स्थानीय सरकारले सहयोग गर्दै आएको छ । ५० लाखको लक्ष्य राखेर शुरु गरिएको कोषमा…

Read More

शिवसताक्षी, १३ भदौ । झापाको शिवसताक्षी–१० स्थित कनकाई नहरमा एक जना युवकको शव फेला परेको छ । आज बिहान स्थानीय ३८ वर्षीय विष्णु चिमरियाको शव फेला प्रहरीले जनाएको छ । मंगलबार बेलुकी ८ बजेबाट हराएका चिमरियाको आज बिहान माइधारदेखि करिब २ किमी दक्षिण आइतबारेस्थित कनकाई नहरमा शव भेटिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए । चिमोरियाको शवलाई पोष्टमाटमका लागि मंगलबारे लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

शिवसताक्षी, १३ भदौ । झापा शिवसताक्षी नगरपालिका वडा नं. १० को वडा कार्यालय आफ्नै भवनमा सरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारस्थित नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । बुधबार एक कार्यक्रमका बीच उक्त भवनको क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री भक्ती सिटौला, नगर प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्की रिवन काटेर उद्घाटन गरेका हुन् । उक्त भवन १ करोड २६ लाख, ८२ हजारमा निर्माण भएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङ्गहाङले जानकारी दिए । भवन अपाङ्गमैत्री दुई तले १ सभाहल सहित ७ कोठाको निर्माण भएको छ ।…

Read More

सुशासन र भ्रष्टाचारविरुद्धको महान अभियानको नेतृत्व गरिरहेको नेकपा मओवादी केन्द्र यतिखेर जनतालाई बुझाउन परिवर्तनको एजेण्डा बोकेर घरघरमा जाँदैछ । हिजो मुलुक परिवर्तनका लागि लडेको पार्टीले आफूलाई समायानुकूल परिवर्तन गर्दै जनतासँग सम्बन्ध जोड्ने अभियानमा होमिएको छ । यसै विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज झलकसिंह दर्लामी (सन्देश) सँग गरिएको कुराकानी : पार्टीले सञ्चालन गर्न लागेको विशेष रुपान्तरण अभियानको मूल उदेश्य के हो ?हाम्रो पार्टीको केन्द्रीय समितिको हालै सम्पन्न बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १६ देखि मंसिर १५ गतेसम्म हुने अभियानमा माओवादीका सबै नेता जनताको घर–घरमा परिचालित हुनेछन् । ७५३…

Read More

ताप्लेजुङ, १३ भदौ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता भोलि (बिहीबार) देखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ…

Read More

भोजपुर, १३ भदौ । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवादुङमा गाउँपालिकाले यसको पकेट…

Read More

झापा, १३ भदौ । सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना अघि सारेको जानकारी दिए । उनले पशु कल्याण विधेयक नै बनाएर पशुले पाउने आधारभूत अधिकारसँगै पशुको परिचयका लागि पञ्जीकरणको योजना अघि सारिएको बताए । यो व्यवस्थासँगै आम उपभोक्ताले आफूले उपभोग गर्ने दुग्ध तथा मासुजन्य उत्पादन दिने पशुपन्छीको वास्तविक परिचय थाहा पाउने छन्। मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा पशुकल्याण विधेयकको मस्यौदा तयार पारिरहेको छ। अब केही समयमै विधेयक मस्यौदालाई सम्बन्धित निकायमा बुझाउने तयारी मन्त्रालयको छ।…

Read More

झापा, १३ भदौ । वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार सार्वजनिक र सन् २०२१ को तथ्यांकका आधारमा तयार एयर क्वालिटी लाइफ इन्डेक्स २०२३ नामक अर्न्तराष्ट्रिय प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ । तराईका ९ जिल्लाका स्थानीयको सरदर आयुमा त झन् ६.८ वर्षले कटौती भएको छ । भूउपग्रह (सेटेलाइट) मा आधारित रहेर संकलन गरिएको पिएम २.५ को तथ्यांकले नेपाल विश्वकै सर्वाधिक प्रदूषित राष्ट्रको सूचीमा तेस्रो नम्बरमा रहेको…

Read More