झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० साउन । झापाको मेचीनगरबाट आज बिहान अवैध काठसहित मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० निन्दा पुलबाट प्रदेश १–०२–००३ त १८१२ नं. को ट्याक्टरमा आँप, कदम, छतिउन लगायत बिभिन्न जातको गोलिया काठ ८३ थान (१२६ क्यु.फिट) फेला परेकोले चेकजाँज गर्दा स्थानीय वडाको बिल तथा आवस्यक कागजातहरु नभएकोले उक्त ट्याकटरको चालक जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं. २ का २३ वर्षीय तेजबहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रगढी बुझाउन तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

मोरङ, २९ साउन । मोरङको बिराटनगर महा-नगरपालिका-१६ का तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले आज दिउँसो प्रदेश १-०१-०१४ प. ९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ आउदै गरेका बेलवारी नगरपालिका-४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी प्रदेश १-०२-०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान-१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान-८ का ३१ बर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । यसैगरी सोही स्थानमा को.…

Read More

ताप्लेजुङ, २९ साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी साँघुबाट प्रहरी टोली खटि गई लिम्बुलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

बिर्तामोड, २९ साउन । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन बिश्वकर्माले पार्टीका विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न तहगत समितिहरुलाइ निर्देशन दिनुभएको छ । आन्तरिक विशेष अभियान २०८० अन्तरगत झापा जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेता झापाका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बिकले यस्तो निर्देशन दिनुभएको हो । ‘घोषणा गरेर पार्टी छोड्दा केही असर पुग्दैन’, नेता बिकले भन्नुभयो, ‘पार्टीभित्रै बसेर कुप्रचार गर्ने एवम् अन्य शक्तिलाई सहयोग गर्नाले पार्टी खतरामा पर्छ।’ कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य उत्तम चम्लागाईले भदौबाट समूदायमा कांग्रेस अभियान सञ्चालन हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै साउन २२…

Read More

सुरुङ्गा, २९ साउन । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौं वर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाइन संकरण सहित प्रकाशित हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाइन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट (क) वर्गमा वर्गीकृत हुँदै आएको छ । पत्रिका र अनलाइन संस्करण नवौं वर्षमा प्रवेश गरेसँगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाउनुभएको छ । पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा…

Read More

झापा, २९ साउन । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो । माओवादीका एक नेताका अनुसार विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको छ । यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको उनको भनाइ छ । स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था गरिएको पनि उनले बताए ।

Read More

चन्द्र बस्नेतकनकाई, २९ साउन । झापाको कनकाई नगरपालिका ८ र ४ नम्बर वार्डका २४ जना भुमिहिन सुकुम्बासीलाई आज आइतवार तेस्रोपटक जग्गा धनीपुर्जा प्रदान गरिएको छ । नगरपालिकामा लामो समयदेखि बसोबास गर्दै आउँनुभएका र देशभर आफ्नो तथा आफ्नो परिवारको नाममा जमिन नभएका २४ घर परिवारलाई निशुल्क बसोबासीको आधारमा जमिनको लालपुर्जा प्रदान गरिएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । नगरपालिकामा आयोजित विशेष कार्यक्रममा विच राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष तिलक पाण्डे , कनकाई नगरपालका प्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, भुमि आयोगका सदस्य सानुकुमार लामा, सदस्य ताराप्रसाद उपाध्याय , युएन हयाबीटाटकी प्रोग्राम कोडिनेटर मिस हेलेन जीएलटिएन, नापी कार्यालय झापाका प्रमुख सुरेशलाल…

Read More

झापा, २९ साउन । नेपाल दशनामी समाजको संस्थागत रुपमा तयार गरिएको पहिलो दशनामी गान सार्वजनिक भएको छ । पहिलो पटक नेपाल दशनामी समाजले तयार गरेको दशनामी गान ‘दशनामी युट्युव’ च्यानलमार्फत सार्वजनिक गरिएको हो । नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको रचना रहेको गानमा संगीत बावुल गिरीले दिएका छन् । कर्णराज गिरी, बावुल गिरी, मनु पुरी र अस्मिता भारतीको स्वर रहेको दशनामी गान अकोस्टिक स्टुडियो नक्साल काठमाडौंमा रेकर्डिङ गरिएको हो ।

Read More

भद्रपुर, २८ साउन । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ । महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले सरकारसित विगतमा भएका सहमती स्मरण गराउँदै संघीय शिक्षामन्त्रालयलाई पत्र पठाउँदै नगरपालिकामा ३ घण्टा धर्ना दिएको हो । विगतमा शिक्षक कर्मचारीका माग सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमती बिर्सिएर सरकारले शिक्षा ऐन जारी गर्न लागेकोमा महासंघ आन्दोलनमा उत्रनु परेको जानकारी गराउँदै अध्यक्ष गिरीले भद्रपुर नगर प्रमुख गणेश पोखरेल तथा उपप्रमुख राधा कार्कीलाई साँक्षी राख्दै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीमार्फत नेपभल सरकारलाई…

Read More

झापा, २८ साउन । नव गायिका रिता राउतको नयाँ तीज गीत ‘तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ’ सार्वजानिक भएको छ । सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, बिनोद बाजरालीको एरेन्ज रहेको उक्त गीत पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको हो । बसन्त बस्नेतको निर्देशन, बिशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रूपा थापाको अभिनय रहेको छ । यो गीत मोरङ सुन्दरहरैचास्थित नयाँ ब्रिन्दाबन गौशालाका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ । भिडियो -https://www.youtube.com/watch?v=-NiCz4hZs4M

Read More