
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ भदौ । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए । उनका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उनको भनाइ छ । ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी…
झापा, ७ भदौ । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उनले बताए । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ । चट्याङ्ले सबैभन्दा बढी घाइते भएका…
झापा, ७ भदौ । चालू आर्थिक वर्ष २०८०–०८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ । व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको…
झापा, ७ भदौ । बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता । यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँड्न थाले । रेलका योजना अघि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ । २०६२ सालको राजनीतिक परिवर्तनपछि दलहरूले चुनावी घोषणापत्रमा रेलका हावादारी गफ दिन सुरु गरेका थिए । सन् २०११ मा उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको…
झापा, ६ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । कोसी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत बिनोद पोखरेल सरुवा भई बुद्धशान्ति आएका हुन् । गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी पोखरेललाई स्वागत गरिएको छ । यसअघि बुद्धशान्ति गाउँपालिकामा युवराज कट्टेल प्रमुख प्रशासकीय अधिकृत थिए ।
काँकरभिट्टा, ६ भदौ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन आज शिलान्यास गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष तथा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले भवनको शिलान्यास गर्नुभएको हो । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन अर्थ मन्त्रालयको स्वमित्वमा रहेको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाको पुरानो भन्सारमा करिब २ कठ्ठा क्षेत्रफलमा कूल रु १५ लाखको लागतमा निर्माण गर्न लागिएको हो । शिलान्यास समारोहमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुुक्ति पौडेलले काँकरभिट्टालाई सुन्दर र व्यवस्थित सहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास…
बिर्तामोड, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम) ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताउनु भएको छ । पार्टीले सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को अभिमुखीकरण कार्यक्रम तथा जिल्ला समन्वय समिति झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता आङ्बो त्यस्तो बताउनुभएको हो । मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने पार्टीको मूल उद्देश्य भएकाले सामाजवाद स्थापित गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “ठूलो क्रान्तिबाट प्राप्तबाट उपलब्धिलाई अब शान्तिपूर्ण मार्गबाट स्थापित गर्नुपर्छ”, माओवादी केन्द्रका १ नं. प्रदेश संसदीय दलका नेता समेत रहनुभएका उहाँले भन्नुभयो, “मुलुकको आर्थिक…
बुधबारे, ६ भदौ । पर्यटनको प्रचुर सम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकाको वडा नं ७ ले थप पर्यटकलाई आर्कर्षित बनाउन धारागोला भ्युटावर छेउमा हरित पार्क निर्माण गरेको छ । करिव २ बिगाहा क्षेत्रफलमा फैलिएका जग्गामा नेपाल सरकारबाट ५० लाख र जनश्रमदानबाट १२ लाखको संयुक्त लगानीमा निर्माण गरिएकोे हो । कुनै समय चार धाराका रुपमा चिनिने स्थान देवीको पूजा गरिँदै आएको थियो । यो क्षेत्र ऐतिहासिक स्थान समेत रहेकाले पनि यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा झापामै नमूना बनाउन प्रयास गरिएको हरित पार्क निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष चक्र शेर्माले बताएका छन् । देवी धाराका रुपमा परिचय बोकेको यस क्षेत्रलाई व्यबस्थित गदैर् पहिलो चरणको काम सम्पन्न भएको…
भद्रपुर, ६ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा आजदेखि गाईवस्तुमा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरु भएको छ । गाउँपालिकाभरिका करिब १० हजार पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्यसहित आजदेखि बिहान ७ बजेदेखि अभियान शुरु भएको गाउँपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत कैलाशप्रसाद सिंहले जानकारी दिनुभयो । पहिलो चरणमा आजदेखि १, ६ र ७ नं. वडाबाट खोप अभियान शुरु भएको हो । वडा नं. १ मा ७ जना, वडा नं. ६ मा ४ जना र वडा नं. ७ मा २ जना गरी १३ जना भ्याक्सिनेटर एकै साथ परिचालन गरिएको सिंहले बताउनुभयो । दोस्रो चरणमा बाँकी रहेका वडा नं.…
झापा, ६ भदौ । सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णयविरुद्ध परमादेशको आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विदेशी नागरिकलाई काठमाडौं सुन्धाराको जगन्नाथदेवल कारागारमा कानुनविपरीत थुनेको भन्दै आफ्नै देश फिर्ता पठाउने गरी परमादेश जारी गरेको हो । सर्वोच्चले सरकारी वकिलको राय नलिईकन नेदरल्यान्डका नागरिक अमेडिउ क्यान्डिडियो ड अलिभेरिराविरुद्ध अध्यागमन विभागबाट जारी भएको कैदी पुर्जीसमेत बदर गरिदिएको छ । अलिभेरिराले नेपालमा बसेबापत भिसालगायतमा लाग्ने शुल्क र जरिवाना गरी १५ लाख ५ हजार २ सय ९९ रूपैयाँ बुझाउनुपर्ने थियो । उनले शुल्क र जरिवाना रकम तिर्न नसक्ने बताएका थिए । त्यसपछि…