झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, १६ भदौ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत झापाको दमकमा सहिद परिवारलाई सम्मान गर्दै सुरु गरिएको छ । झापाको दमक नगरपालिका–७ को अभियान सुरु गर्दै जनयुद्धकालमा यस दमक नगरपालिका–७ बाट सहिद हुने ३ जनाको परिवारलाई सम्मान गर्दै अभियानको सुरुवात गरिएको हो । सहिद परिवारहरु लालसुन्दर राई, रमिला मिश्र र पुर्ण चेम्जोङ्गलाई पार्टीका केन्द्रिय पोलिट ब्युरो सदस्य तथा प्रदेशका संसदीय दलका नेता समेत रहनुभएका इन्द्र आङबो मौसम, पार्टीका जिल्ला संयोजक तथा ७ नम्बर वार्डका अभियानका संयोजक समेत रहनुभएका राजु आचार्य अग्निले सम्मान गर्नुभयो । सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि आङबोले जनताको पक्षमा काम गर्दाखेरी देशमा जनताले २ सय ४०…

Read More

भद्रपुर, १६ भदौ । भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरू इच्छुक देखिएका छन् । डाक्टर, इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएको भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । चन्द्रगढी बजारबाट भद्रपुर–७ स्थित फूलबार टोलतर्फ आवतजावत गर्ने सडक किनारामा गत भदौ १२ गते राति अन्दाजी १२÷१४ दिनको शिशु फेला परेको थियो । हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रङ्गको पञ्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको शिशु (छोरा) फेला परेको हो । शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारार्थं पठाइएको…

Read More

हल्दिबारी, १६ भदौ । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तरगत झापाको हल्दिबारीमा आज रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट भएको छ । हल्दिबारीका पाँच वटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिनुभयो । अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) नं. २ वडा कमिटी आयोजनामा रक्तदान कार्यक्रम भएको छ । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गर्नुभयो । रक्तदान कार्यक्रममा पार्टीकी हल्दिबारी कार्यवाहक अध्यक्ष टिका देवी राउत, २ नं. अध्यक्ष खकेन राजवंशी लगायत ३७ जनाले रत्तदान गरेका छन् । हल्दिबारीको वडा नं. ३ र ४,…

Read More

झापा, १६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन् । फागुन अन्तिम साता सुन निकाल्न सहयोग गर्ने भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ दीपेश बस्नेत (हाल फरार) र उनका भिनाजु गोपाल सुवेदीमार्फत वाङसम्म सो सुन पुर्‍याइएको थियो । भन्सार एजेन्टहरूसँग कुरा मिलाउन बिचौलियाको काम गर्ने लोकेन्द्र पौडेलमार्फत चिनियाँ नागरिक ली हानसोङले ई(सिगरेट (विद्युतीय चुरोट) भित्र राखेर ल्याएको सुन वाङले हात पारेका थिए । ‘ठुलै धनराशि खर्चेर सो सुन उनले हात हात पारेका रहेछन् । सुन हात पार्न…

Read More

झापा, १६ भदौ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको शुभारम्भ गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको शुरुवात गरेका हुन् । ६ हजार ७४३ वडामा भर्चुअलमार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको…

Read More

तित्रायस्ता बेलामा हास्य व्यङ्ग्य लेख लेखौं न भन्छन् साथी–भाइहरू। सबै काम कुरा पद्धति संगति नियम कानून बाङ्गिएर पसाङ्गिएको समयमा व्यङ्ग्यको बन्चरो कता बजार्नु ? ‘नहुनेकी छोरी हुनेमा परी, नूनका फाँका हाली, भुतुक्कै मरी’ भन्ने उखान जस्तै छ – देशको नेतृत्व गर्नेहरूको चाला । तिनका श्रीमती र छोराहरू चाहिँ ‘लुइँचे खान्छस् गोरे ?’ भन्दा ‘प्वाँखसुद्धै महाराज !’भन्ने जस्ता छन् । नेताहरूका श्रीमती र छोराहरूको चर्तिकला सुनिसक्नु बुझिसक्नु जानिसक्नु छैन । श्रीमतीहरू रानी र छोराहरू युवराज बनेका छन् । पार्टीका इमानदार कार्यकर्ता ‘नून न निभुवा मुखभरि खोष्टा’ भएका छन् । ‘नागाका देशमा धोबीको के काम ?’ भनेजस्तो नेता–मन्त्रीहरूका निमित्त कानून काम नलाग्ने…

Read More

बिर्तामोड, १५ भदौ । नेकपा माओवादी केन्द्रका पदाधिकारी तथा सदस्यहरु भदौ १६ गते शनिबारदेखि जनताको घरघरमा जाने तयारी गरेका छन् । ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनीहरु आम नेपालीको समस्या र सुझाव संकलनका लागि घरघरमा जान लागेका हुन् । २०६४ मा लोकप्रिय मत पाएपनि पछिल्लो निर्वाचनमा मतपरिणाम खस्कँदै गएपछि नेकपा माओवादी केन्द्र फेरी जनताको घरदैलोमा जान लागेको हो । मुलुक नेकपा माओवादी केन्द्रकै एजेण्डामा अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान अगाडी बढाउन लागेको हो । पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुगेका…

Read More

बिर्तामोड, १५ भदौ । झापाका पत्रकार दिपिन राई प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि झापाली पत्रकारितामा रहेका राई हाल यलम्बर टाइम्सका सम्पादक प्रकाशक रहेका छन भने उनी झापामा तीन दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । दिपिनले आफु लामो समयदेखि माओवादी र तल्लो बर्गका भुईमान्छेहरुको पक्षमा कलम चलाइरहेको भन्दै आफुलाई समाचार लेखेकै भरमा समेत नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गर्नुभयो । पत्रकार राईले यसवारेमा बंकर नामक पुस्तक समेत प्रकाशन गर्नुभएको छ । राईलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पुर्व प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो मौसम, पुर्व मन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रिय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका…

Read More

भद्रपुर, १५ भदाै । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले संस्थागत विद्यालयलाई संस्थागत बनाउन माग राख्दै प्याब्सन भद्रपुरलाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमाथि चरम शोषण बढिरहेको तथा नीति नियम मिच्ने प्रबृत्ति बृद्धि भएको ठहर गर्दै संस्थागत विद्यालयलाई संस्थागत बनाउन माग राखेर प्याब्सन भद्रपुर नगर समितिका अध्यक्ष रत्नबहादुर गिरीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष गिरीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका माग जायज भए पनि प्राविधिक समस्याका कारण सवै कुरा पूरा नभएको प्रष्ट पार्दै समय अनुकुल माग पूरा गर्दै जाने प्रतिबद्धता समेत जनाएका छन् ।…

Read More

भद्रपुर, १५ भदौ । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार शुक्रबार एक समारोहका बीच वितरण गरिएको छ । संगठन परिसरमा संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा आयोजित समारोहमा ती पुरस्कार वितरण गरिएको हो । गत साउन १५ गते स्व. प्रमोद तामाङको स्मृति दिवसको अवसरमा यस वर्षको उत्कृष्ट १० हजार राशीको उत्कृष्ट राष्ट्रसेवक पुरस्कार कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्य र कनकाई नगरपालिकाकी सिनियर अनमि दवाडी तथा उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।सो घोषणा अनुसारको…

Read More