
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, १२ भदौ । झापाको अर्जुनधारामा नौ हजारभन्दा बढी पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गत साउन २२ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन भएको खोप अभियानमा नौ हजार दुई सय २५ वटा पशु–चौपायामा खोप लगाइएको नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुखपदमलाल राईले बताए । अभियानमा खोप लगाउन छुटेका चौपायामा पनि हाल खोप लगाउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका र कृषकको साझेदारीमा सञ्चालन भएको खोप अभियानमा कृषकहरुले चार लाख ६१ हजार चार सय रुपैयाँ लागत सहभागिता जनाएका छन् भने नगरपालिकासको समेत गरी कूल १४ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै, खोप अभियानबाट…
भद्रपुर, १२ भदौ । झापाको भद्रपुरमा श्रीकृष्ण जन्माष्टमी र रथयात्रालाई सभ्य र भव्य बनाउन तयारी तीव्र पारिएको छ । यस वर्षको (भदौ २० गते) को श्रीकृष्ण जन्माष्टमी र रथयात्रालाई सभ्य र भव्य बनाउन तयारी तीव्र पारिएको हो । सोही अनुरुप श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति पुनर्गठनसमेत गरिएको छ । समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकसहितको वृहत् भेलाले किरण भारतीको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो । सल्लाहकार समितिको संयोजकमा देवकुमार घिमिरे रहेका छन् । नवगठित समितिले श्रीकृष्ण जन्माष्टमी तथा रथयात्राको आवश्यक तयारी र व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । जन्माष्टमी र रथयात्रालाई सभ्य र भव्य बनाउन…
झापा, १२ भदौ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
फिक्कल, १२ भदौ । बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताए । गोठमा टुकी पन्छाएर सोलार जडान गर्नुभएका राईलाई विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ । इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन…
झापा, १२ भदौ । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो। सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ। काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको…
झापा, १२ भदौ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो। उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै काठमाडौँ महानगरपालिकाले गरेको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको छ। यसबाट निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एसोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ भने महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ। अन्तरिम आदेशमा बहुतले, आवासीय वा व्यावसायिक भवनमा रहेको व्यवसाय र सेवा सम्बद्ध सेवाग्राहीले सेवा लिएको…
झापा, ११ भदौ । आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सम्बन्धी पालिकास्तरीय समीक्षा तथा समन्वय बैठक हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सबै शाखा प्रमुखहरूसहित स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पोषण सम्बन्धी आधारभूत जानकारी गराइएको थियो । यसैगरी ख्याउटेपन, रक्त अल्पता कसरी कम गर्ने लगायतका विषयमा जिल्ला संयोजक नेपाल जनस्वास्थ्य तथा शिक्षा समूहका झापा संयोजक विश्वास सुवेदी र मुख्य प्रशिक्षक विनोद खनालले प्रशिक्षण दिएका थिए। बौद्धिक विकासको लागि समतामूलक पोषण, मानवको बौद्धिक विकास लगायतका विषयमा छलफल…
झापा, ११ भदौ । मेचीनगर नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो साढे ४ बजे मेचीनगर नगरपालिका–६ स्थित कालीखोला नजिकैबाट तीन लाख ५० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले साडी १५५ पिस, चोलो १५९ पिस र महिलाले लगाउने भित्री वस्त्र १०० पिस बरामद गरेको हो । बरामद गरिएको लत्ताकपडालाई मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, ११ भदौ । झापाको भद्रपुरबाट हराएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । भद्रपुर नगरपालिका–९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी तीन वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी दिए । उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए । बालिका…
बिर्तामोड, ११ भदौ । पूर्व बाणिज्य तथा आपूर्ति मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवकुमार मण्डलले परिवर्तन माओवादीले ल्याएको भनेर बुझाउन नसक्नु नै पार्टीको कमजोरी भएको बताएका छन् । माओवादीले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, शोषित, पीडित र गरीबका समस्याका लागि नै जनयुद्ध गरेको बताउँदै उनीहरुमा आएको परिवर्तन माओवादीकै देन हो भनेर बुझाउन नसक्नु नै त्रृटि भएको बताएका हुन् । माओवादी केन्द्रले ल्याएको ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ अभियान अन्तरगत सवैको घर–घरमा गएर परिवर्तनको बिषयमा बुझाउँदै उनीहरुको मन जित्नु पर्ने उनको भनाई थियो । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको आज बिर्तामोड भएको आठौ विस्तारित बैठक तथा पार्टीको अभियानको…