
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ पुस । झापाको काँकरभिट्टा नाकाबाट पछिल्लो पाँच महिनामा २० अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा चालू आव २०८२–०८३ को मंसिर मसान्तमसम्ममा एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले आयातमा बृद्धि भएको छ । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आवमा सोही अवधिमा अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा…
भद्रपुर, ७ पुस । झापाको भद्रपुरमा पाँचौं बालमैत्री दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । भद्रपुर नगरपालिका र नगर बाल सञ्जालको आयोजनामा गत पुस ५ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा मिनी म्याराथन, वक्तृmत्वकला र कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । मिनी म्याराथनमा बालकतर्फ गौरव भुजेल प्रथम, अनिष लिम्बू द्वितीय, प्रवेश राई तृतीय र कुशल माझी सान्त्वना भएका छन् भने बालिकातर्फ बिन्दा राई प्रथम, गीता उराउ द्वितीय, एन्जल घिमिरे तृतीय र नुमा लिम्बू सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच…
अर्जुनधारा, ७ पुस । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित शान्ति सामुदायिक वनको हाताभित्र एक जना पुरुष मृत फेला परेका छन् । अर्जुनधारा–२ लाप्चेटारका करिब ६५ वर्षीय यमबहादुर लाय मगर मृत अवस्थामा फेला परेका हुन् । आइतबार साँझ करिब ७ बजे उनी आफ्नो पुरानो घरतर्फ गएका थिए । उनी घर नफर्किएपछि खोजतलाश गर्ने क्रममा शान्ति सामुदायिक वनभित्र रहेको करिब ६०–७० फिट अग्लो भिरबाट लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयबासीले उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धनमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ २५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६४ पैसा,…
झापा, ७ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भू–भागमा तापक्रम हल्का घट्ने तथा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।
भद्रपुर, ७ पुस । भद्रपुर नगरपालिकाले आज (पुस ७ गते) स्थानीय बिदा दिएको छ । भद्रपुर नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र उक्त दिन स्थानीय बिदा समेत दिने निर्णय बमोजिम आज पाँचौँ बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । अत्यावश्यक सेवा बाहेक भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकायहरूमा बन्द रहने छ । साथै दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तर्गतका विद्यालयहरूले सञ्चालन गर्ने गरी तय गरिएका कार्यक्रमहरू यथावत्…
भद्रपुर, ७ पुस । झापाको भद्रपुर नगरपालिका–८ डाँगीबारीमा आइतबार साँझ फोहोर जलाउने क्रममा एक महिला जली घाइते भएकी छन् । स्थानीय ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा भएको फोहोर जलाउने क्रममा अचानक कुनै वस्तु (बोतल हुन सक्ने अनुमान) पड्किँदा आगोले उनको शरीरमा भेटिएको थियो । यस घटनामा भण्डारीको दुबै हात, खुट्टा र पेटमा चोटपटक लागेको छ । घाइतेलाई तत्कालै उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याइएको छ । अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको बताइएको छ।
राजेश ढुंगानासफल पत्रकारितापछि राजनीतिमा आएका रवि लामिछाने केही छोटो समयमै राजनीतिमा पनि सफल देखिए । उनीप्रति कुनै अतिरिक्त प्रेम र सद्भाव देखाएर होइन, एकाध वर्षमै उनले २००७ सालका क्रान्ति अघिका राजनीतिक दलहरूलाई चुनौति दिएर आफ्नो दललाई चौथो ठूलो दल बनाएको कुरा प्रमाणित सत्य हो । लामो समयदेखि सहकारी ठगीको आरोपमा थुनामा रहेका देशको सोही चौथो ठूलो दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का सभापति रवि लामिछानेलाई अदालतले केही शर्त सहित धरौटीमा रिहा गरेको छ । नेपालको अदालत पनि अचम्मको छ ! त्यही अदालत हो, जसले रविलाई धरौटीमा छाड्न अस्वीकार गरेको थियो अनि अहिले फेरि उही अदालत हो, जसले धरौटीमा रिहा गरेको छ ।…
नकुल काजीप्रजातन्त्रोत्तरका दुई अत्यन्त छोटा कालखण्ड बाहेक औसत कालखण्डहरूमा जनधरातलदेखि राज्यको नीति–निर्माता र प्रयोक्ताका अख्तियारशालीसम्मका छोटे–बडे शासक र तिनका अधिनस्त शासकीय संरचनामा सम्पृक्त ‘क’–देखि ‘ज्ञ’–सम्मकाले संविधान–निर्दिष्ट ‘विधिको शासन’–को धज्जी नै उडाउँदै आएका थिए । उनीहरूका यस्ता दुष्कर्म आम जनताका आँखामा छर्लङ्ग छन् । यो ‘सत्य’–लाई शासक–मण्डलीमा गानिने ‘स्वार्थी झोले’ भनिन थालिइएकाहरूका ‘बाहुबली हाँकमण्डली’–ले दलनमा पार्दै आएका छन्, जो अहिले पनि बरकर्रार छँदैछ । ज्वलन्त प्रमाण त, ताजा विगतको चरम ‘दलीय पक्षपाती’ पार्टी, एमालेको एघारौं महाधिवेशनका उफ्रीपाफ्रीहरूमै विम्बित भयो – जसले नेपाली जनगण आङ जुर्किने अदूर विगतका दुर्भाग्यपूर्ण दिनहरूको स्मरण गराउन थालेको छ ! कुशासन हाँकिरहेको एमाले हाइकमाण्डले जेन–जेड विद्रोहद्वारा बेइज्जतीपूर्वक…
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छायांकन सुरु हुनुअघि कलाकारदेखि छायाँकारसम्मको उपस्थितिमा वर्कसप गर्ने चलन फस्टाउँदै गएको छ । फिल्म निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजना गरिने यस्ता वर्कसपले कलाकारलाई आफ्नो क्यारेक्टर गहिरो रूपमा बुझ्न र स्क्रिप्टको सूक्ष्म अध्ययन गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । वर्कसपको यही महत्त्वलाई बुझेर हुनसक्छ, निर्माणको तयारीमा रहेको फिल्म ‘मितज्यू’को टिमले पनि यो अभ्यासलाई आत्मसात गरेको छ । सोहीअनुसार शनिबारबाट काठमाडौंमा फिल्मका निर्देशकदेखि कलाकारहरूको उपस्थितिमा वर्कसप सुरु गरिएको छ । वर्कसपमा कलाकारहरू तेरिया मगर, पुस्कर गुरुङ, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत सहभागी छन् । फिल्ममा कलाकारहरूले गर्ने भूमिकालाई सहज होस् भन्ने हिसाबले…