
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २१ साउन । झापाको भद्रपुर नगरपालिका–७ स्थित संकट हरेश्वर विश्रान्ति घाटमा साताव्यापी श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुने भएको छ । सम्पूर्ण दिवंगत पितृ एवम् जीवहरुको उद्धारका लागि आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुन लागेको हो । आज यहाँका पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले पुराण आयोजनाबारे जानकारीसमेत दिएको छ । भद्रपुर–७ स्थित देउनिया किनारमा रहेको शंकर हरेश्वर विश्रान्ति घाटलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक हरिप्रसाद निरौलाले जानकारी दिनुभयो । महायज्ञको मूल उद्देश्य सम्पूर्ण दिवंगत पितृ एवम् जीवहरुको…
बिर्तामोड, २१ साउन । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । आज वडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । सवै वडाका कृषकहरुको घर घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु…
उदयपुर, २१ साउन । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हिजो बेलुका साढे ९ बजे प्रदेश १–०२–०४४ प ८८९३ नम्बरको मोटरसाइकल आफैँँ अनियन्त्रित भई दुर्घट्ना हुँदा घाइते भएका मोटरसाइकल पछाडि सवार त्रियुगा–६ जलजले का २५ वर्षीय सुदीप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो भने घाईते भएका चालक त्रियुगा–६ का २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २१ साउन । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साइकलयात्री इलाम मङसेबुङ गाउँपालिका–९ का ३० वर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साइकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तैगरी विराटनगर महानरपालिका–१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १–०२–०५२ प ७५९६ नम्बरको मोटरसाइकल चालक बेलबारी–४ का ३३ वर्षीय सनम गुरुङको साथबाट…
बाँके, २१ साउन । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मृत्यु हुनेमा नेपालगन्जका दुई परिवारका छ जना रहेका छन् । दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको…
मेषः साता मध्यम मात्र छ । अनावश्यक झै–झमेलामा परिएला तर मंगलबारदेखि यी उल्झनहरुबाट मुक्ती मिल्नेछ तथापी स्वास्थ्य समस्याका कारण औषधी उपचारका क्षेत्रमा खर्च गर्नुपर्ला । सञ्चित धन वा स्थिर सम्पत्ती नाश हुने वा खर्च हुने समय छ । खर्चलाई नियन्त्रण गर्नुहोला । शनिवार १२ः४९ बजेदेखि मनमा साहस, हिम्मत जोश र जाँगर बढेर जानेछ । वृषः आर्थिक हिसाबले साताको पूर्वाद्ध राम्रो छ । कुटुम्बको सहयोग मिल्नेछ । आम्दानीका विभिन्न स्रोतहरु बढेर जानेछन् । नियमित काम, पेशा वा जागीरकै क्षेत्रबाट लाभको अवसर मिल्नेछ । मंगलबार र बुधबार भने समय केही प्रतिकूल छ । अस्वस्थता वा कुनै कानुनी उल्झनहरुको सामना गर्नुपर्ला । बिहिबारदेखि…
झापा, २१ साउन । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना…
झापा, २१ साउन । करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन् । न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन् । अब कायममुकायम ९कामु० प्रधानन्यायाधीशका रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ न्यायालयको जिम्मेवारीमा आउनेछन् । जाँदाजाँदै कार्कीले न्यायिक स्वतन्त्रता अक्षुण्ण राख्नुलाई न्यायपालिकाको प्रमुख चुनौतीका रूपमा औल्याएका छन् । उनले राज्यका सबै निकायले लोकतन्त्रको स्थायित्वका लागि भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् । ३० औं प्रधानन्यायाधीश बनेका कार्की छोटो समय अर्थात् ५० दिन पूर्ण जिम्मेवारीमा रहे । ६ महिना कामुको भूमिका निभाएपछि प्रधानन्यायाधीशको जिम्मेवारी वहन गरेका उनले सेवानिवृत्त हुँदा…
झापा, २१ साउन । गत आर्थिक वर्षमा सुस्त बनेको अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ । प्रोभिजन रकम धेरै राख्नुपर्दा बैंकहरुको आम्दानी बढे पनि नाफा बढ्न नसकेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो बैंकको नाफा २ अर्ब ९२ करोड थियो। बैंकको सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्व ४० करोड पुगेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख छ। १४ अर्ब…
झापा, २१ साउन । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ। आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार कानुनी, आर्थिक तथा जनशक्ति व्यवस्थापन तयारी नपुग्दा विदेशमा रहेका नेपाली नागरिकको नामावली सङ्कलनमा समय लाग्ने छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “कार्यविधि बन्दै छ। परराष्ट्र मन्त्रालयबाट जनशक्ति र अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनसम्बन्धी छलफल भएपछि मात्रै नामावली सङ्कलनको रूपरेखा तयार हुनेछ।” नामावली सङ्कलन शाखाका अनुसार कार्यविधिले नाम दर्ता अधिकारीलगायतका कर्मचारीको व्यवस्थापन,…