
मेषः साता मध्यम मात्र छ । अनावश्यक झै–झमेलामा परिएला तर मंगलबारदेखि यी उल्झनहरुबाट मुक्ती मिल्नेछ तथापी स्वास्थ्य समस्याका कारण औषधी उपचारका क्षेत्रमा खर्च गर्नुपर्ला । सञ्चित धन वा स्थिर सम्पत्ती नाश हुने वा खर्च हुने समय छ । खर्चलाई नियन्त्रण गर्नुहोला । शनिवार १२ः४९ बजेदेखि मनमा साहस, हिम्मत जोश र जाँगर बढेर जानेछ ।
वृषः आर्थिक हिसाबले साताको पूर्वाद्ध राम्रो छ । कुटुम्बको सहयोग मिल्नेछ । आम्दानीका विभिन्न स्रोतहरु बढेर जानेछन् । नियमित काम, पेशा वा जागीरकै क्षेत्रबाट लाभको अवसर मिल्नेछ । मंगलबार र बुधबार भने समय केही प्रतिकूल छ । अस्वस्थता वा कुनै कानुनी उल्झनहरुको सामना गर्नुपर्ला । बिहिबारदेखि लग्नमा चन्द्रमाको गोचरले शुभसमय पुनःशुरु हुनेछ ।
मिथुनः सुखवृद्धि भएर जाने समय छ । कर्मक्षेत्रमा सन्तोषजनक समय सृजना हुनेछ । आप्mना मातहतका कर्मचारीहरुको भरपूर सहयोग तथा माथिल्लो ओहदाकाहरुले तपाईँको काम र क्षमताको उचित मूल्यांकन गर्ने समय आएको छ । नियमित गर्ने काम वा पेशाबाट नै प्रशस्त आम्दानी वा लाभ मिल्ने, प्रमोशन हुने समय आएको छ । साताको उत्तरार्धमा आपूmलाई संयमीत राख्नुहोला ।
कर्कटः साताको शुरुवातमा कुनै सरकारी दण्ड जरिवानामा परिएला कि भन्ने देखिन्छ । वा सरकारी क्षेत्रका कामहरुमा रोकावट आउन सक्छ । बाँकी समय चन्द्रमाको गोचर कर्मभाव र आम्दानीको भावमा रहनेछ । यसर्थ तपाईँलाई उचित कर्मफल मिल्नेछ । जागीरको गरिरहेकाहरुको तरक्की साथै रोजगार खोजीरहेकाहरुलाई पनि रोजगारी प्राप्तिको अवसर मिल्नेछ । बिहीबारदेखि आम्दानीका ढोकाहरु खुल्ने छन् ।
सिंहः साताको शुरुवात केहि प्रतिकूल छ । चोट तथा दुर्घटनाको भय रहेकाले हातहतियार वा सवारी साधन चलाउँदा वा बाटो काट्दा होसियार रहनुहोला । प्रशासनिक कामहरुमा ढिलासुस्ती र हैरानी व्यहोर्नुपर्ला । बिहीबार उप्रान्त अत्यन्तै शुभ फलदायी समय सावित हुनेछ । रोकिएका कामहरुले निकास पाउनेछन् ।कर्मक्षेत्र बलियो भएर जानेछ । आम्दानीका ढोकाहरु खुल्नेछन् ।
कन्याः मिश्रित समय छ । विपरीत लिंगी मित्रको सहयोग मिल्नेछ । दाम्पत्य सुख मिल्ने समय पनि हो ।मंगलबारदेखि शनिबार १२ः३९ बजेसम्मको समय केही प्रतिकूल रहेको छ । चोटपटक लाग्न सक्छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । कामहरुमा, विशेष गरी सरकारी क्षेत्रका कामहरुमा रोकावट रहिरहनेछ । दण्ड जरिवानामा पनि परिएला भन्ने संकेत ग्रहले गरेको छ ।
तुलाः वित्तीय पक्ष सबल रहनेछ । प्रतिष्पर्धामा विजयी भइएला । मामा, सानीमाका तर्फबाट शुभ खबर सुन्न पाइएला । साझेदारीमा गरिएको लगानी र व्यवसायबाट लाभ मिल्ने छ । परीक्षा प्रतियोगीतामा सफल भइएला । दाम्पत्य सुखमा रमाउने समय छ । मानसम्मान प्राप्त होला । बिहिबारदेखि समय प्रतिकूल रहनेछ । मानसिक चिन्ता तथा चोटपटको भय रहने संकेत छ ।
वृश्चिकः चिताए जति कामहरु सम्पन्न गर्न नसकिएला । तर प्रेमप्रसंगमा मन रमाउने छ । सन्तानको सुख पनि प्राप्त हुनेछ । शैक्षिक क्षेत्रका कामहरुमा मन जानेछ । ससाना रोगहरुको समस्या हटेर जानेछ । ऋणग्रस्तताबाट केहीहद सम्म राहत मिल्नेछ । घरमा वैवाहिक प्रसंगहरु चल्नेछन् । तपाईँको प्रेमसम्बन्ध नै वैवाहिक सम्बन्धमा परिणत हुने योग छ ।
धनुः आमाको स्वास्थ्यमा आएको समस्याले सताउला । रोकिएका प्रशासनिक कामहरु सम्पन्न गर्न दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मन चञ्चल र अस्थीर रहला तर घर, जग्गा, जमीन आदि स्थीर सम्पत्तीको कारोबारमा तरक्की मिल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउला । उपहार चिठ्ठा आदिको योग पनि रहेको छ । शत्रुहरु पराजित हुनेछन् । सन्तानको प्रगतीमा मन रमाउला ।
मकरः उपहार वा गरगहना प्राप्ति वा खरीद गर्ने समय छ । काम गर्ने जोश जाँगर र हिम्मत बढेर जानेछ । पराक्रममा बृद्धि हुनाले आँटेका कामहरु सम्पन्न गरेरै छोड्नुहुनेछ । मन केही चञ्चल भने रहनेछ । कुनै कुरामा ठोस निर्णय लिन गाह्रो होला । तपाईंले आमाको सल्लाह लिनुहोला, सहज हुनेछ । गुरु, पुरोहित जस्ता विद्धत व्यक्तित्वहरुको सँगतले मन आनन्दित हुनेछ । सन्तान प्राप्तिको योग छ ।
कुम्भः सञ्चित धन खर्च होला । स्थीर सम्पत्तीको क्षय होला कि भन्ने समय हो । विश्वास गरेकाहरुबाट सहयोग मिल्ने छैन । राम्रै बोल्दा पनि बोलीको गलत अर्थ लाग्ला । छोटो यात्राको योग बनेको छ । भाइबहिनीहरुसँग राम्रो सम्बन्ध रहनेछ । पैतृक सम्पत्तीको लेनदेन होला । अरुको विश्वास जित्न सकिनेछ । नेतृत्व क्षमतामा बृद्धि भएर जानेछ । शनिवारदेखि प्रेमसम्बन्धमा सुधार आउनेछ ।
मीनः समय राम्रो रहेको छ । शरीर स्वस्थ र फुर्तिलो रहला । मनमा शान्ति र मुहारमा चमकता बढ्नेछ । तर बोलीमा केही संयमता अपनाउनुपर्नेछ । आँखा सम्बन्धि समस्या देखिएला कि भन्ने समय छ । कला र गलाको प्रशंसा हुनेछ । आत्मबल र आत्मविश्वास बढ्ने हुँदा काम र योजनाहरुले पूर्णता पाउनेछन् । शनिबार मन केही अस्थीर रहला ।
सूर्य कुईँकेल
युवा ज्योतिष
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१७
सम्पर्क नं ९८६३६२९४८३/ ९८१३५२१५६२
कनकाई (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



