झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० साउन । पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठुला आकारका कर्जाको संख्या पनि बढेको छ । दुई दशकमा वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहने निष्कर्ष पनि नेपाल राष्ट्र…

Read More

शिवसताक्षी, १९ साउन । बढ्दै गएको डेंगु संक्रमण नियन्त्रण गर्नका लागि शिवसताक्षी नगरपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । झापाका अधिकांश स्थानमा डेंगुको संक्रमण बढ्दै गएका बेला सोको नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा डेंगु नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरणमा डेंगु प्रभावकारी रुपमा नियन्त्रण डेंगु बस्ने स्थान नै नष्ट गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । एडिस जातको लामखुट्टेले घर वरिपरि विभिन्न स्थानमा फ्याँकिएको बट्टा, भाडाँ, टायर, अलकत्रको ड्रम वा कुनै पनि भाँडोमाथि सङ्लो पानी जमेको स्थानमा लार्भा उत्पादन गर्ने र लामाखुट्टे विकसित अवस्थामा डेंगु रोगलाई एकबाट अर्कोलाई सार्ने भएकाले प्रभाकारी…

Read More

इटहरी, १९ साउन । नेपाल किसान महासंघ कोशी प्रदेश समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण एवं शुभकामना आदान प्रदान कार्यक्रम सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना र नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले मनोनित प्रदेश सभापति राजेन्द्र भट्टराईसहित पदाधिकारी÷सदस्यहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो । किसानका समस्या र किसानका उन्नतिका बिषयमा कृयाशिल रहदै आएको नेपाल किसान महासंघको कोशी प्रदेश समितिले पुर्णता पाएसँगै यसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन शुरु गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले भर्खरै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा किसानका एजेन्डाहरुले यथेष्ट स्थान पाएको बताउँदै…

Read More

भद्रपुर, १९ साउन । झापाको भद्रपुर नगरपालिका वडा नं. ७ ले आर्थिक वर्ष.२०७९/८० को वार्षिक प्रगति विवरण तथा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ महिने अवधिमा भए गरिएको भौतिक पूर्वाधार विकासका काम, मानव विकास, सामाजिक उत्तरदायित्व, कृषि, स्वास्थ्य संरक्षण लगायत उन्नति प्रगति विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षका नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् । वडाको समृद्धिका लागि पूर्वाधार विकास अन्र्तगत सडक निर्माण, विद्यालय स्तरीकरण, सामाजिक विकास अन्र्तगत महिला, दलित, लक्षित वर्ग, सिमान्तकृत समुदायको संरक्षण, बालबालिका, युवा तथा जेष्ठ नागरिक लक्षित कार्यक्रम, मठमन्दिर, घाट व्यवस्थापन, स्वास्थ्य सुरक्षा लगायतको उपलब्धि…

Read More

भद्रपुर, १९ साउन । कैदी सार्ने विषयमा दिनभर तनावग्रस्त बनेको चन्द्रगढीस्थित झापा कारागारको विवाद साम्य भएको छ । झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई कारागार विभागले सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको विरोधमा कारागारका कैदीवन्दीहरू आन्दोलनमा उत्रिदा दिनभर तनावग्रत भएको कारागार अपह्रान्न झापा प्रशासनले तत्काल लावतीलाई कारागार नसार्ने निर्णय गरेसंगै आन्दोलन मत्थर भएको हो । लावतीलाई कारागारबाट बाहिर ल्याउन प्रहरी टोली पुगेसंगै भित्र रहेका कैदीबन्दीले आगो बालेर ढुंगा प्रहार गर्न थालेपछि नियन्त्रमा लिन प्रहरीलाई निकै हम्मेहम्मे परेको थियो । ढुंगा हान्ने र आगजनी गर्ने काम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिसंगै चार वटा दमकल पनि…

Read More

भद्रपुर, १९ साउन । झापाको भद्रपुर नगरपालिकाले यहाँका संस्थागत विद्यालयसँग छात्रवृत्ति र शुल्क विवरण माग गरेको छ । नगरपालिकाले संस्थागत विद्यालयसँग छलफल तथा अन्तरक्रिया गरी उनीहरुले वितरण गर्ने छात्रवृत्ति र शुल्क विवरण माग गरेको हो । नगर प्रमुख गणेश पोखरलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यहाँका ३१ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । छलफलका क्रममा संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति अनिवार्य वितरण गर्न, छात्रवृत्ति वितरण गरिएको यस वर्षको विवरण र विद्यालयको शुल्क विवरण १५ दिन भित्र नगरपालिकामा उपलब्ध गराउनुका साथै संस्थागत विद्यालय जवाफदेही, पारदर्शी र शैक्षिक विकासमा इमान्दार भएर लाग्न तथा राज्यका नीति नियमको परिधिभित्र रहेर सञ्चालन गर्दै अभिभावक, विद्यार्थी…

Read More

झापा, १९ साउन । नागरिकताविहीन नेपाली नागरिकतालाई नागरिकता दिन मेची–महाकाली यात्रामा शुरु गरिएको छ । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्द्रजीत साफी मेची–महाकाली अभियान निस्किनुभएको छ । मन्त्रिपरिसदबाट नागरिकता विधेयक पास भए पनि विविध कारणले अझै उनीहरु नागरिकता पाउनबाट बञ्चित भएको भन्दै अध्यक्ष साफी देशैभरका जिल्ला प्रशासन कार्यालयमा गएर ध्यानाकर्षण गराइरहेका छन् । सोही क्रममा अध्यक्ष साफी नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया पुरा गरेका नागरिकताविहीनहरुलाई नागरिकता दिन अनुरोध गरेको छ । कतिपयको सबै प्रक्रिया पुगे पनि अन्तिम अवस्थामा नागरिकता नपाएको गुनासो आइरहेको संघर्ष समितिका झापा अध्यक्ष विनोद कर्मकारले बताउनुभयो । जन्मदेखि अध्ययन–अध्यापन सबै नेपालकै भए…

Read More

सन्तोष शर्माभद्रपुर, १९ साउन । झापाको भद्रपुर नगरपालिकाको न्यायिक समितिमा जग्गाको सीमा, आर्थिक लेनदेन र घरायसी विवादका उजुरी धेरै आउन थालेका छन् । न्यायिक समिति संयोजक राधा कार्की “सबै खाले उजुरी आउने गरेका छन्”, भद्रपुर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक राधा कार्कीले भन्नुभयो, “जग्गाको सीमा, आर्थिक लेनदेन र घरायसी विवाद सम्बन्धी उजुरी धेरै आउँछन्, एक–दुई इञ्च जग्गा मिलेन भनेर पनि उजुरी आउने गरेको छ ।” गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका एक २० वटा मुद्दामध्ये अधिकांश उजुरी सोही प्रकारका छन् । समितिमा आएका मुद्दाका लागि वकिल नै गुहार्नुपर्ने अवस्था भने हालसम्म नआएको उहाँले बताउनुभयो । सकेसम्म ‘वीन–वीन’को वातावरण…

Read More

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो । मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले जानकारी दिए । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ । सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग सङ्कलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य…

Read More

झापा, १९ साउन । कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीलाई २ हजार ६ सय हेक्टर क्षेत्रफलमा विस्तार गर्न थालिएको हो। किसानको आम्दानी वृद्धि गर्न नौवटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो। यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाइ सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ। हाल कृषि विकास…

Read More