
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ साउन । झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् । मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताए । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उनले बताए ।…
हल्दिबारी, १७ साउन । झापाको हल्दिबारी गाउँपालिकाले जग्गा वगीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै पालिकाबासी आन्दोलित भएका छन् । जग्गा वर्गीकरण अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै यहाँँका राजनीतिक दल र स्थानीयबासी आन्दोलित भएका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापन पत्रसमेत बुझाएका छन् । गाउँपालिकामा राप्रपाबाट चुनिएका बहुमत कार्यपालिको आडमा स्थानीय सरोकारवाला दल तथा संघ(संस्थाको समन्वयबिना एकलौटी ठेक्का मार्फत जग्गा वर्गीकरण गरिएकोमा दलहरुले आपत्ति समेत जनाएका छन् । जग्गा वर्गीकरणको बारेमा स्थानीय नागरिकलाई समेत सूचना प्रवाह नगरी आवास तथा कृषिजन्य जग्गा बीच भिन्नता समेत नहुने गरी जग्गा वर्गीकरण…
सन्तोष शर्माभद्रपुर, १७ साउन । झापाको पहिलो बालमैत्री नगरपालिकामा भद्रपुरमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लाभान्वित भएका छन् । भद्रपुर नगरपालिकाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक, अपाङ्गता, लक्षित वर्ग विकास र धर्म सांस्कृति प्रवर्धनका लागि गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न कार्यक्रम गरिएको सामाजिक विकास शाखा अधिकृत जीवनकला राउतले जानकारी दिनुभयो । समृद्धिका लागि मानव विकास महत्वपूर्ण पक्ष भएकाले सबै पक्षलाई समेटेर काम गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । ‘जहाँ मानव संशासनको विकास हुँदैन, त्यहाँ जति नै विकास भए पनि अधुरा नै रहन्छ’, उहाँले भन्नुभयो, ‘नगरले यो क्षेत्रलाई विशेष महत्वका साथ लिएको छ ।’ नगरले नगरबासीको…
कनकाई, १७ साउन । झापाको कनकाई नगरपालिकाले करको दर घटाएको छ । नगरका राजनीतिक दल र सर्वसाधरणले कर घटाउन सुझाव र दबाब दिएपछि नगरपालिकाले ७५ प्रतिशत सम्म करको दर घटाएको हो । नगरबासीको सुझावपछि ७५ प्रतिशतसम्म करको दर घटाइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । कनकाई नगरपालिकाले यसअघि सामान्य रकम २ सय रुपैँया लिदै आएकोमा कम्तीको रकम भने ५०० अनिवार्य गरेको छ । वर्षमा एक पटक तिर्न आउने हुँदा न्युनत्तम रकम भने ५०० बनाउने भन्ने कार्यपालिकाको निर्णय गरिएकोले यसलाई यथावत राखेर बाँकी सबैमा ७५ प्रतिशतसम्म कर घटाइएको नगर प्रमुख पोखरेलले बताउनुभयो । कनकाई नगरपालिकाले २० लाखसम्मको जग्गामा न्युनत्तम…
सन्तोष शर्माझापा, १७ साउन । झापामा एक वर्षमा नौ सय २७ जना नयाँ उद्यमी थपिएका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा चार सय ६७ महिला र चार सय ६० पुरुष गरी नौ सय २७ जना नयाँ उद्यमी थपिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । गत आवमा दर्ता भएका आठ सय ८६ नयाँ उद्योगमार्फत् ती नयाँ उद्यमी सिर्जना भएको उहाँले बताउनुभयो । गत आवमा उत्पादनमूलक एक सय ४४, कृषि तथा वन पैदावारमा आधारित तीन सय ६५ र सेवामूलक तीन सय ७० नयाँ उद्योग दर्ता भएका छन् । जसमा नौ सय…
सुनसरी, १७ साउन । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी…
काभ्रे, १७ साउन । एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा। उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ। तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालय काभ्रेमा छैनन्। त्यति मात्र होइन, उनलाई नागरिकता दिने अधिकृतको हस्ताक्षरसमेत सरकारी रेकर्डमा छैन। त्यसैकारण दावाले ‘ठूलै सेटिङ’ गरेर नागरिकता लिएको सरकारी अधिकारीहरू बताउँछन्। दावाले २०७४ साल पुस २० गते जिप्रका काभ्रेबाट नेपाली नागरिकता लिए। उनले ‘निमा तामाङ’ को नामबाट नागरिकता लिएका थिए, त्यो पनि वंशजका आधारमा। जिप्रका काभ्रेकाअनुसार उनको नागरिकता प्रमाणपत्र नम्वर ३०–०१–७४–११८६८ हो। नमोबुद्ध…
झापा, १७ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकले नयाँ ३५ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गर्न लागेको छ । माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य ३ सय ८५ र वैकल्पिक केन्द्रीय सदस्य १ सय ९८ जना रहेका छन् । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत संख्या नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा केही पार्टी एकीकरणबाट आएका नेता पनि रहेका छन् । ‘३५ जना केन्द्रीय सदस्य मनोनीत हुन्छ, पार्टीमा…
झापा, १७ साउन । अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य १३० रुपैयाँ घटाएको छ । बुधबार बिहानको राति १२ बजेदेखि लागू हुने गरेर निगमले एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको हो । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।
झापा, १७ साउन । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला ९नाम परिवर्तन० को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ । उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्छन् ।…