झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ साउन । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी नागरिक बीमाको पहुँचमा छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव २० प्रतिशत नागरिकसम्म फैलिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३८ दशमलव ९९ प्रतिशत जनसंख्या छ । अघिल्लो आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा ३९ दशमलव ९५ प्रतिशत जनसंख्या रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक बीमाको दायरा ३७ दशमलव शून्य ४ प्रतिशत…

Read More

बिर्तामोड, १४ साउन । राधाकृष्ण भजन–कीर्तन मण्डली बिर्तामोड–१ को अध्यक्षमा पुजा काफ्ले खरेल निर्वाचित भएकी छन् । शनिबार यहाँ भएको तेस्रो साधारणसभाबाट २ बर्षे कार्यकालका लागि खरेल निर्विरोध चयन भएकी हुन् । उनी यस अघिको समितिमा सचिव थिइन् । त्यस्तै, कीर्तन मण्डलीको उपाध्यक्षमा हिमादेवी कडरिया चम्लागाई, सचिवमा रिता प्रसाईं भुर्तेल, सह–सचिवमा पुष्पा अधिकारी, कोषाध्यक्षमा लिलादेवी संग्रौला, सह–कोषाध्यक्षमा मेनुका श्रेष्ठ चयन भएकी छन् । खिवलाल अधिकारी सयोजक तथा सुचित्रा धौराली र रुद्र संग्रौलाको निर्वाचन समितिले सर्वसम्मत कीर्तन मण्डलीको सदस्यहरुमा कल्पना घिमिरे, जमुना संग्रौला, गोमा कुँवर, हिमादेवी पौडेल, रोमा तिवारी चयन गरेको हो । कीर्तन मण्डलीको अध्यक्ष सीता गिरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत…

Read More

बिर्तामोड, १३ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट राजश्व छलेर कन्टेनरसहित एक करोड बढीको सामान भित्रिएको २४ घण्टा नबित्दै सोही शृङ्खला भद्रपुरमा दोहोरिएको छ । भद्रपुर नाकाबाट समेत राजश्व छलेर लाखौंको सामान भित्रिएको छ । उक्त सामान सशस्त्र प्रहरीले आज बिहान भद्रपुर नगरपालिका–८ स्थित संगम चोकमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको मोबाइल गस्ती टोलीले भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ज १८२१ नं. को पिकअपलाई चेकजाँच गर्दा अन्दाजी १८ लाख २४ हजार ७२४ मूल्य बराबरको १६ पोका कपडा बरामद गरेको थियो । शंकास्पद देखिएको त्यति मूल्य बराबरको सामान र ८ लाख मूल्यबराबरको गाडी आवश्यक…

Read More

भद्रपुर, १३ साउन । भारतको पश्चिम बंगाल र विहारसित सीमा जोडिएको भद्रपुर स्थित भन्सार कार्यालय राजश्व संकलनमा हरेक वर्ष तल झर्न थालेको छ । छोटी भन्सारका रूपमा रहँदा ३२ करोडसम्म वार्षिक राजश्व संकलन गरेको भद्रपुर भन्सारले आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा दश करोडमा सिमित हुनु परेको देखिन्छ । बंगलादेशका कपडाजन्य उत्पादन समेत यही बाटोबाट नेपाल भित्रने भद्रपुर भन्सारले अघिल्लो वर्ष १३ करोड राजश्व संकलन गरेकोमा यस वर्ष पाएको लक्ष्य समेत छुन सकेन । भद्रपुर भन्सार प्रमुख अमित तिवारी भने राजश्व घट्नुमा कोरोनाले ल्याएको मन्दी मुल कारण भन्दै बचाउ गर्छन् तर स्थानीय व्यापारीको भनाइ मान्ने हो भने भन्सार राजश्व चुहावटमा कर्मचारीदेखि…

Read More

दुर्गापुर, १३ साउन । लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहनुभएको छ । यसैगरी सहकोषाध्यक्षमा सरिता अधिकारी, जनसम्पर्क अधिकारीमा युवराज बोहोरा, कार्यक्रम संयोजकमा राजेश श्रेष्ठ, वातावरण संयोजकमा खगमाया चापागाईँ र टिटी संयोजकमा माधव वराल रहनुभएको छ । क्लबको सदस्यहरुमा शम्भु पोखरेल, भगवती पाठक, रमेश सेर्पा दावा, युवराज अधिकारी, जगनाथ सिग्देल र प्रदिप दंगाल रहनुभएको छ । लायन्स क्लवका डिस्टिक सचिव तथा लायन्स…

Read More

झापा, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा पिकअपको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ । आज बिहान मे ५ प २१८० नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा स्कुटर चालक बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

मेचीनगर, १३ साउन । मेची भन्सारबाट भन्सार नतिरी बाहिरिएको कन्टेनरमा एक करोड भन्दा धेरै मुल्यको सामान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले दिएको जानकारी अनुसार कन्टेनरमा कोको जेल ६० कार्टुन, अफ्जल ८० कार्टुन, काँसको झ्याम्टा २ हजार ४ सय ६५ केजी र साबुन २५ कार्टुन फेला परेको छ । जुन सामाको मुल्य एक करोड एक लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ । गाडीको मुल्य २० लाख मुल्यांकन गरेर एक करोड २१ लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा…

Read More

भद्रपुर, १३ साउन । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष ०८०÷०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ । नगरउपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुसमेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए । अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालय झापाका विजयनन्द चौधरी, कासिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद…

Read More

झापा, १३ साउन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ । साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

Read More

झापा, १३ साउन । झापामा यो वर्ष चार लाख बिरुवा वितरण गरिने भएको छ । जिल्लामा विभिन्न बहुमूल्य वनस्पति, फलफूल, वनजन्य लगायत चार लाख बिरुवा वितरण भइरहेको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । कार्यालयले असार दोस्रो सातादेखि जिल्लाका विभिन्न स्थानबाट बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय अन्तरगतका सात वटा नर्सरीबाट बहुवर्षे विरुवा एक लाख २५ हजार थान, एक वर्षे बिरुवा दुई लाख १० हजार थान, लाहा खेति विस्तारका लागि ५० हजार थान, वनजन्य फलफूलका बिरुवा आठ हजार पाँच सय उत्पादन भएका छन् भने विभिन्न निजी नर्सरीबाट छ हजार पाँच सय फलफूलका बिरुवा खरीद…

Read More