झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ जेठ । कोशी नामाकरणको विरोध आन्दोलनमा उत्रिएका जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेसमेत गरी ८६ जनालाई गिरफ्तार गरेको र त्यसमध्ये २७ जनालाई अझै रिहा नगरेको भन्दै संघर्ष समितिले उनीहरुको तत्काल रिहाइको माग गरेको छ । पक्राउ परेका राजनीतिक तथा सामाजिक…

Read More

झापा, १६ जेठ । सरकारले सुन र चाँदीको भन्सार दर वृद्धि गरेपछि सुनको मूल्य बढेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा १५ प्रतिशतले भन्सार वृद्धि गरेका हुन् । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीमा १०७ रुपैयाँ भन्सार लाग्दै आएकोमा १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बढेको भन्सारका कारण सुन र चाँदीको मूल्य समायोजन…

Read More

बिर्तामोड, १६ जेठ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलै विजयी भएको छ । मंगलबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार बास्तोलाको सिंगो प्यानलै विजयी भएको हो । खानेपानीमा लामो समयदेखि नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले यस पटकपनि आफ्नो बर्चस्व कायम राख्न सफल भएको छ । अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले ८७३ मत मात्र पाएका छन् । त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ । उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४, कोषाध्यक्ष…

Read More

मेचीनगर, १६ जेठ । झापा जिल्लामा हुने अधिकांश सवारी दुर्घटना तीब्र गतिमा सवारी चलाएकै कारण हुने गरेका छन् । चालू आर्थिक बर्ष २०७९/०८० को दशमहिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट यस्तो देखिएको हो । प्रहरी समेत अधिकांश चालकले तीब्ररुपमा सवारी चलाउँदा दुर्घटना भएको र त्यसबाट धनजनको समेत क्षति हुने निष्कर्षमा पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालूआर्थिक बर्ष २०७९/०८०को साउनदेखि बैशाख महिनासम्म जिल्लाका अलग–अलग स्थानमा ६ सय ७० वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ९ सय ८५ वटा सवारी साधन संलग्न छन् । कूल दुर्घटना संख्यामध्ये ६० प्रतिशत दुर्घटना चालकले तीव्र…

Read More

बिर्तामोड, १६ जेठ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि भएको मतदानमा ३७६४ मत खसेको छ । संस्थाको आठौँ कार्यकालका लागि भएको निर्वाचनमा ३७६४ मत खसेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिए । खानेपानी संस्थामा ८,७५६ मतदाता रहेका छन् । निर्वाचनका लागि लोकतान्त्रिक राष्ट्रवादी र स्वतन्त्र प्रगतिशीलले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका थिए । लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट अध्यक्षमा मेघराज बाँस्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । सदस्यमा आनन्द गुरुङ, बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् । त्यस्तै स्वतन्त्र प्रगतिशील प्यानलबाट…

Read More

मेचीनगर, १६ जेड । गणतन्त्र दिवसका अवसरमा सोमबार झापाको मेचीनगरमा “गणतन्त्र स्थापनामा प्रेसको भूमिका” विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीभित्र रहेको दक्षता, क्षमता र प्रतिभा प्रष्फुटन गर्ने उद्धेशयले कार्यक्रम आयोजना गरिएको हो । प्रेस क्लव मेचीनगरको आयोजनामा भएको कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । सहभागी विद्यार्थीले नेपालमा गणतन्त्र स्थापना भए पनि जनताले गणतन्त्रको उपयोग गर्न नपाएको र यसमा “वाच डक”कारूपमा खवरदारी गर्न नेपाली लाग्न प्रेसलाई आग्रह गरेका थिए । क्लवका अध्यक्ष डम्वर बरालको सभापतित्वमा आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा…

Read More

झापा, १६ जेठ । संघीयताको मर्मविपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड दिने उल्लेख छ । एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्ब बजेट विनियोजन गरिएको हो । विकास निर्माणको इकाइको रूपमा स्थानीय तह र त्यसभन्दा माथिल्लो तह प्रदेशको संरचना हुँदाहुँदै नीति बनाउनेमा केन्द्रित हुनुपर्ने विधायिकाको प्रत्यक्ष नियन्त्रणमा हुने कोषलाई निरन्तरता दिन नहुनेमा स्थानीय तहका प्रमुख, पूर्वअर्थसचिव तथा विज्ञहरूले आग्रह गरे पनि यस्तो कार्यक्रम अघि बढाएको हो । यो कोष…

Read More

झापा, १६ जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन् । उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी…

Read More

झापा, १६ जेठ । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेका छन्। नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा…

Read More

झापा, १५ जेठ । सरकारले कृषि क्षेत्रमा नयाँ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले केही नयाँ कार्यक्रमका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ। सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आगामी वर्ष यसको आकार ३ अर्बले बढेर…

Read More