झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १४ साउन । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले लिम्बुवान प्रान्तीय समिति नेपाल गठन गरेको छ । पार्टीको दमकमा शनिबार भएको भेलाले १४ बुँदे प्रस्ताव पारित गर्दै भूपेन्द्र मावोको अध्यक्षतामा ५९ सदस्यीय प्रान्तीय समिति गठन गरेको हो । प्रान्तीय समिति गठनबारे आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । समितिको उपाध्यक्षमा डा रामनारायण कन्दङ्वा, नन्द याम्फु, डा चैतन्य केदेम, मिना गजमेर, राजेन्द्र दाहाल, प्रेमकुमार सोदेम्बा छन् भने महासचिवमा जीतबहादुर राई र योवाहाङ तुम्बाहाङ्फे रहेका छन् । त्यस्तै, सचिवमा बिजय निङ्लेखु, बिना तामाङ, पञ्च आङदेम्बे र कोषाध्यक्षमा एसपी सोदेम्बा रहेका छन् । दमकमा शनिबार पार्टीका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक…

Read More

शिवसताक्षी, १४ साउन । झापा शिवसताक्षीको एक औषधि पसलबाट आइतबार प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ । स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको शिवसताक्षी–७ स्थित व्याङ्गडाँडा मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको हो । मेडिकलमा चेक जाँचका क्रममा ९ हजार ९ सय ३० थान प्रतिबन्धित ट्रामाडोल औषधि लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ्य कार्यालय झापाका फार्मेसी प्रमुख रमेश बारकोटीले जानकारी दिए । उनले यो औपधि नेपालमा बेचविखन गर्न रोक लगाइएको बताए । उनका अनुसार यस्ता प्रतिबन्धित औषधिहरु पछिल्लो समय लागु औषधको रुपमा प्रयोग भइरहेको जानकारी दिए । उनले भने, जिल्ला स्वास्थ कार्यालयले यस्ता औषधिहरु झापाका…

Read More

झापा, १४ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै आउने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किराँतीले भूपरिवेष्ठित राष्ट्रको समृद्धिमा जहाजको विकास महत्वपूर्ण हुने भएकाले नयाँ र पुराना गरी पाँच वटा जहाज आउने बताउनुभयो । “हाम्रोजस्तो भूपरिवेष्ठिट मुलुकको समृद्धिका लागि जहाज महत्वपूर्ण हुँदोरहेछ”, उहाँले भन्नुभयो, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरीद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिशन आउँदैन ।” नेपाली जहाजकै कनेक्सन फ्लाइटबाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । मन्त्रालय…

Read More

भद्रपुर, १४ साउन । सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधिा भइरहेको अवस्थामा रोटरी क्लब अफ भद्रपुरको संयोजनमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भई सम्बन्धित वडालाई हस्तान्तरण भएको छ । सर्वसाधारणले उपयोग गरी निर्माण भएको सार्वजनिक शौचालय शनिबारबाट वडा कार्यालय भद्रपुर–८ लाई हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाले जग्गा उपलब्ध गराएपछि चन्द्रगढीको महेन्द्र पार्कसँगै जोडेर टेलिकम कार्यालय नजिकै शौचालय बनाइएको छ । झापाली समाज अस्ट्रेलियाको सहयोगमा १५ लाख बढीको लगानीमा शौचालय निर्माण भएको हो । शौचालय निर्माणका लागि झापाली समाज अस्ट्रेलियाले ७…

Read More

झापा, १४ साउन । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ।

Read More

भद्रपुर, १४ साउन । ने‌पाली कांग्रे‌स भद्रपुर‌ नगर‌ समितिको‌ भवन वषौर्‌ं अघिदे‌खि जीर्ण बन्दै‌ गएको‌ छ । करि‌ब २५ वर्षअघि सहयो‌ग संकलन गर‌ी निर्मित एक तले‌ सो‌ पक्की भवनको‌ जीणोर्‌द्धार‌तर्फ कसै‌ले‌ चासो‌ दे‌खाएका छै‌नन् । हाल भद्रपुर‌ वडा नं. ८ मा पनेर्‌ यो‌ भवन बे‌वारि‌से‌ झै‌ं बने‌को‌ छ । भवनको‌ झ्याल–ढो‌का मक्किएका छन् भने‌ धमिर‌ा र‌ कमिलाले‌ भवनमा बास गर‌े‌का छन् । भवनको‌ अग्रभागमा पार्टीको‌ झण्डा र‌ चुनाव चिह्नले‌ मात्रै‌ यो‌ भवन ने‌पाली कांग्र्रे‌स सम्बद्ध कुनै‌ संस्थाको‌ हो‌ला भन्ने‌ भान हुन्छ । भवन अगाडिको‌ भाग गाईवस्तुको‌ चर‌ण क्षे‌त्र बने‌को‌ छ भने‌ भवन अघिल्तिर‌को‌ रुखमा टाँसिएको‌ ‘र‌ाय पाइल्स क्लिनिक’को‌ पो‌स्टर‌ले‌ सो‌ भवन पाइल्स, हाइड्रो‌सिल, फिस्टुला लगायत…

Read More

कनकाई, १४ साउन । गम्भीर प्रकृतिका बिरामीलाई सरकारले उपलब्ध गराउँदै आएको मासिक उपचार खर्च कनकाई नगरपालिका–३ का वडा अध्यक्ष युवराज चौलागाईंले बिरामीको घरघरमै पुगेर वितरण गर्नु भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापतको खर्च वितरण कार्यविधि २०७८ अनुसार उपलब्ध गराउँदै आएको मासिक ५ हजार रुपैयाँ अध्यक्ष चौलागाईंले बिरामीको घरघरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । कनकाई–३ मा हाल गम्भीर प्रकृतिका २९ जना बिरामी छन् र उनीहरुको सहजताका लागि घरघरमै सेवा प्रदान गरिएको अध्यक्ष चौलागाईंले बताउनुभयो । यस पटक आर्थिक बर्ष २०७९–०८० को दोस्रो अर्धवार्षिकको एक महिनाको प्राप्त रकम वितरण गरिएको उहाँले…

Read More

झापा, १४ साउन । गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन् । आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका हुन् । भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए । अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका हुन् । सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय…

Read More

झापा, १४ साउन । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (१०० किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरी नै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन । हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो । उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तीनवटै समूहका…

Read More

झापा, १४ साउन । स्थानीय निर्वाचन २०७९ मा खर्च विवरण नबुझाएर जरिबाना तिरेका उम्मेदवारको जरिबानाबापतको रकम फिर्ताको मागका सम्बन्धमा निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाएको छ। स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजारभन्दा बढी उम्मेदवार जरिबानामा परेका थिए। मन्त्रीपरिषद्को सिफारिसमा फागुन ५ गते राष्ट्रपतिद्वारा जरिबाना माफी मिनाहा गर्दासम्म १३७ जना उम्मेदवारले तोकिएको जरिबाना रकम तिरिसकेका थिए। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जरिबाना तिरिसकेका उम्मेदवारको मागबमोजिम आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । उनले भने, “आयोगले नेपाल सरकारको राजस्व खातामा जम्मा भएको रकम फिर्ता गर्न मिल्दैन, गृह मन्त्रलायलाई त्यस सम्बन्धमा पत्राचार गरेका हौँ।” मन्त्रीपरिषद्ले निर्णय…

Read More