
कनकाई, १४ साउन । गम्भीर प्रकृतिका बिरामीलाई सरकारले उपलब्ध गराउँदै आएको मासिक उपचार खर्च कनकाई नगरपालिका–३ का वडा अध्यक्ष युवराज चौलागाईंले बिरामीको घरघरमै पुगेर वितरण गर्नु भएको छ ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधि उपचार वापतको खर्च वितरण कार्यविधि २०७८ अनुसार उपलब्ध गराउँदै आएको मासिक ५ हजार रुपैयाँ अध्यक्ष चौलागाईंले बिरामीको घरघरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
कनकाई–३ मा हाल गम्भीर प्रकृतिका २९ जना बिरामी छन् र उनीहरुको सहजताका लागि घरघरमै सेवा प्रदान गरिएको अध्यक्ष चौलागाईंले बताउनुभयो । यस पटक आर्थिक बर्ष २०७९–०८० को दोस्रो अर्धवार्षिकको एक महिनाको प्राप्त रकम वितरण गरिएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



