
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, ८ असोज । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताउनुभएको छ । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुग्नुभएका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
झापा, ८ असोज । झापाको हल्दिबारी गाउँपालिकाबाट बालिका बलात्कारको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हल्दिबारी–३ जलथलका एक २१ वर्षीय युवक बलात्कारको आरोपमा आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ‘अभियुक्तले सोही वडाकी चार वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’, उहाँले भन्नुभयो, ‘अभियुक्तलाई पक्राउ गरेका छौँ, थप अनुसन्धान भइरहेको छ ।’ घटना विवरण अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए । ‘बालिकाले युवकलाई मामा भन्ने गरेका थिए’, प्रनाउ बस्नेतले भन्नुभयो, ‘घुम्न गएको बेला बलात्कार गरेको आरोप छ ।’ घुमेर घर फर्किएपछि बालिकाको योनीमा रगत…
बिर्तामोड, ८ असोज । झापा मेचीनगर–१० बाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । स्थानीयबासी नारायण गुरुङको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट रू ७७ हजार ३८० नगद, १२ थान मोबाइल र ६ बुक तास ६ बुक समेत बरामद गरेको छ ।
बिर्तामोड, ८ असोज । झापाको कनकाई नगरपालिका–५ स्थित चप्रामारीमा आगलागी हुँदा रू ६ लाख ३० हजार बराबरको क्षति भएको छ । कनकाई–५ चाप्रामारीका टेकबहादुर सुबेदीको घरमा आइतबार आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गौरादह, ८ असोज । डिएक्सएन मकाउको वार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय एक होटलमा भएको भेलाले नयाँ तदर्थ समिति गठन गरेको हो । एन.आर.एन. मकाउका अध्यक्ष श्रीमती शान्तिदेवी अधिकारी, समाजसेवी राम कार्की तथा नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेखबहादुर गरुङको विषेश आतिथ्यतामा भएको कार्यक्रमले अध्यक्ष पदमा मिलन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा श्रीमती गंगा बस्नेत, सचिवमा तुलसिराम पौडेल, चोक्ता तामाङ (डेनी), बिजय बज्राचार्य कोषाध्यक्षमा अनिल श्रेष्ठ र प्रेम तामाङ रहेका छन् । संस्थाको नवगठित समितिको सदस्यहरुमा प्रेमराज आचार्य, रेनुका प्रसाई, अनिश प्रसाई, चुडामणी पराजुली, दिपेश मास्के, गंगा बहादुर श्रेष्ठ, कृष्णशरण कार्की, डिक बहादुर श्रेष्ठ, इश्वर थापा,…
गौरादह, ७ असोज । उर्लाबारी–८ अठियाबारीमा सुयल थापा बन्धुहरुको प्रथम केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । सुयल थापाहरुको भेलाले तदर्थ समितिका कार्यवाहक अध्यक्ष बेलबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दुर्गाबहादुर थापा र भूपेन्द्र थापा, महासचिवमा रमेश कुमार थापा, सचिवमा सम्झना थापा, कोषाध्यक्षमा चक्र थापा रहेका छन् । सोही साधारणसभाले शंकरमान थापाको संयोजकत्वमा ३ सदस्यीय समिति सर्वसम्मत गठन गरेको छ । सोही सभाले बिरल थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । साधारणसभामा समितिका सदस्य रमेशकुमार थापाले सञ्चालक समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सुयल थापा बन्धुहरुका जेष्ठ…
बिर्तामोड, ७ असोज । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ८ लाख १२ हजार ३३२ रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी नाफा गर्न संस्था सफल भएको हो । अघिल्लो वर्ष करपछिको नाफा २ लाख ३१ हजार दुई रुपैयाँ थियो । यस वर्ष संस्थाले २ लाखबढी कर बसझाएको छ । संस्थाको करअघिको सञ्चालन नाफा १० लाख १५ हजार ४१४ रुपैयाँ रहेको छ । संस्थाले आ. व. ०७४÷०७५ मा व्याजलगायतका शीर्षकमा १ करोड ५० लाख ४४ हजार १७५ रुपैयाा आम्दानी गरेको छ भने १ करोड ४० लाख…
शिवसताक्षी, ७ असोज। झापाको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाममा विद्युत् पुगेको छ । पूर्व–पश्चिम राजमार्ग झिलझिलेदेखि ५ किलोमिटर दक्षिण चुरे पहाडको फेदीमा झापा र इलामको सिमानामा पनेर् यस क्षेत्र ऐतिहासिक क्षेत्र भएर पनि उपेक्षामा परेको थियो । यस धार्मिक क्षेत्रमा विद्युत् तथा स्वच्छ खानेपानीको अभाव रहँदा यस धार्मिक स्थलमा नियमित रुपमा बस्दै आएका झण्डै एक सय जना साधुसन्त, करिब ४० घरपरिवार र एउटा आवासीय गुरुकूल विद्यालयका विद्यार्थीहरु समेत कष्टकर जीवन जिउँदै आएका थिए । बषेर्नी यस धार्मिक स्थानमा जाने हजारौँ भक्तजनहरुले समेत सास्ती खेप्दै आएका थिए । नेपाल विद्युत् प्राधिकरणको २७ लाखको बजेटमा सो क्षेत्रमा तार टाँगी यसै वर्षदेखि विद्युत् विस्तार गरिएको हो । विशेष…
सुनसरी, ७ असोज । १२ बर्षिय बालिकालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिक–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिक पक्राउ परेका हुन् । बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो । दुर्गाबहादुरले धरान उपमहानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
विराटनगर, ७ असोज । विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५(२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन । हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको…