झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुधबारे, ४ असोज । बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहिबार जयपुर चोकमा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ७९ जना सहभागि प्रतियोगितामा बुद्धशान्ति २ का परमेश्वर वोहोरा प्रथम र रुद्र पोखरेल दोस्रो भएका छन् । बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीको सभापतित्व, टर्फिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राजकुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।प्रमुख अतिथि वस्नेतले कार्यक्रम चेतना मुलक कार्यक्रम आयोजना गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरेका छने । जेसी मनोज कडरिया र जेसी गजुहांग लिम्बुको संयोजकत्वमा भएको कार्यक्रमलाई बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलले स्वागत मन्तव्य राखेका थिए । जेसी अनिल वाग्लेले सञ्चालन गरेको…

Read More

इनरुवा, ४ असोज । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ । बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उहाँको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत…

Read More

इलाम, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ । महामन्त्री थापाले पत्रकारसँग कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाउनुभयो । थापाले भ्रष्टाचार बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गर्नुभएको थियो । फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । “त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौँ”, थापाले भन्नुभयो, “हामी साङ्गठनिकरुपमा दीर्घकालसम्म एकता नभाँडिने तरिकाले एकता गर्छौं ।” थापाले एकताका लागि काम शुरु भएको जानकारी दिनुभयो ।

Read More

फिदिम, ४ असोज । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गर्नुभएको हो । प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गर्नुभएको हो । हालसम्ममा छ जना जग्गाधनीले ३१ रोपनी…

Read More

गङ्गा पराजुली पशुपतिनगर, इलाम, ४ असोज । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योगले वार्षिक एक करोड ८९ हजार ५८ हजार किलो हरियो चिया पत्ती उत्पादन गर्दै आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताउनुभयो । चिया कारखानाको उपयोग ३६ दशमलव…

Read More

काठमाडौँ, ४ असोज । प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी १६ विधेयक लागू भएकामा खुशी व्यक्त गर्दै विधेयकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँहरुले संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गर्दा यसको प्रभावकारी कार्यान्वयनमा सरकार र सदनलाई गम्भीर बन्न आग्रहसमेत गर्नुभयो । सांसदले बझाङ जिल्लाका सेतीपारिका गाउँपालिकामा यातायात सम्बन्धबिच्छेद भएको र बालिका एवं महिला हिंसा, बलात्कारको घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो गर्न, सामुदायिक विद्यालयका कर्मचारीका माग सम्बोधन गर्न र कर्णाली प्रदेशमा जल तथा मौसम विभागको कार्यालय सञ्चालन गर्न माग गर्नुभयो ।…

Read More

सान नेपाल गौरादह, ४ असोज । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा खानेपानी निर्माणकार्यमा चरम लापरवाही देखिएको छ । आयोजना निर्माणको काम शुरु भएको दशक बितिसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन भने खानेपानी आयोजनामा बनेको ओभरहेड ट्याङ्की नै चुहिन थालेको छ । सरकारले करोडौँ लगानी गरी निमार्ण गरेको ओभरहेड ट्याङ्कीमा पानी चुहिन थालेपछि ट्याङ्की नै काम नलाग्ने भएको छ । पानी खान पाइने आशामा रहेका महारानीबासीहरु निरास भएका छन् भनें ओभरहेड ट्याङ्कीबाट नागरिकको घर आगँनसम्म पानी वितरण गर्नु अगाडि नै परीक्षणको क्रममा पानी जम्मा गर्दा ओभरहेड ट्याङ्की चुहिएपछि निर्माण कार्य फितलो भएको स्थानीयबासीहरुले अनुमान गरेका छन् । ओभरहेड ट्याङ्की निर्माण गर्दा…

Read More

सान नेपाल गौरादह, ४ असोज । झापाको गौरीगञ्ज गाउँपालिकाले युवालाई कुलतबाट जोगाउन प्रहरीलाई ‘लागुपदार्थ परीक्षण किट’ उपलब्ध गराएको छ । युवाहरुलाई लागुऔषध र दुव्र्यशनीको कुलतबाट जोगाउने उद्देश्यले सीमा क्षेत्रमा चेकजाँचका लागि किट उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । ‘सीमावर्ती भारतीय बजारमा सहजै पाउने भएपछि नेपाली युवा लागुऔषध सेवन गरेर आउँछन्’, उहाँले भन्नुभयो, ‘त्यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा चेकजाँच गर्न परीक्षण किट उपलब्ध गराएका हौँ ।’ लागुऔषध दुव्र्यसनीको कुलतबाट जोगाउनु स्थानीय सरकारको दायित्व रहेका अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘भविष्यका कर्णधार युवालाई सचेत गराई सही मार्ग निर्देश गर्न गाउँपालिका कडाइका साथ लागिपरेको छ’, उहाँले भन्नुभयो । गाउँपालिकाले लागुपदार्थ परीक्षण किट…

Read More

धर्म गौतम अस्ति शनिबार‌ निर्मला पन्तको‌ परि‌वार‌लाई न्याय दिलाउन सर‌कार‌लाई दवाव दिने‌ उद्दे‌श्यले‌ माइतिघर‌ मण्डलामा प्रदर्शन गनेर्‌ कार्यक्रम थियो‌ । त्यो‌ कार्यक्रम कस्तो‌ भयो‌, त्यस सम्बन्धमा सामाजिक सञ्जालमा के‌ही आएको‌ हो‌ला भन्ने‌ सो‌े‌चे‌र‌ हाते‌ फो‌न उठाएर‌ पे‌mसबुक खो‌ले‌ँ । एक मित्रले‌ एउटा लिङ्क पठाइदिएको‌ र‌हे‌छ । हे‌र‌े‌ँ– पाकिस्तानी प्रधानमन्त्रीको‌ कर्मचार‌ीहरुलाई सम्बो‌धन । जिज्ञाशा हुने‌ नै‌ भयो‌– के‌ भने‌ त उनले‌ सिभिल सभेर्‌न्ट्सलाई ? इमर‌ान खान प्रधानमन्त्री भएपश्चात निकै‌ चर्चामा छन् । एउटा मशहूर‌ क्रिके‌ट खे‌लाडी पाकिस्तान जस्तो‌ मुलुकको‌ प्रधानमन्त्री निर्वाचित हुनु आपै‌mँ एउटा गतिलो‌ समाचार‌ हो‌ र‌ त्यसको‌ चर्चा हुनु स्वाभाविक हो‌ । तर‌ फगत प्रधानमन्त्री भएकै‌ँमा उनको‌ यस्तो‌ चर्चा भएको‌ हो‌इन, त्यो‌ पद समाले‌पछि उनले‌…

Read More

काठमाडौं, ४ असोज । सत्ता र शक्तिको आडमा रहेका उच्चपदस्थ व्यक्तिले जिल्ला भ्रमणका लागि पछिल्लो १ बर्ष अवधिमा ८ सय घण्टाभन्दा बढी समय सैनिक हेलिकप्टर प्रयोग गरेका छन् । यो समय दिनको १२ घण्टा निरन्तर हेलिकप्टर उडाउने हो भने ६र७ दिन हुन आउँछ । यो उडान अघिल्लो आर्थिक बर्षको भन्दा धेरै हो । नेपाली सेनाबाट प्राप्त तथ्यांकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट आयोजित विभिन्न कार्यक्रममा उपत्यकाबाहिर जाँदा विशिष्ट व्यक्तिले करोडौं रुपैयाँ खर्च हुने गरी सैनिक हेलिकप्टर प्रयोग गरेका हुन् । कतिसम्म भने काठमाडौंबाट मुस्किलले २० किमि दुरीमा रहेको काभ्रे जाँदा पनि सैनिक केहिकप्टर प्रयोगका लागि सैनिक हेलिकप्टर नै प्रयोग गरिएको…

Read More