
धर्म गौतम
अस्ति शनिबार निर्मला पन्तको परिवारलाई न्याय दिलाउन सरकारलाई दवाव दिने उद्देश्यले माइतिघर मण्डलामा प्रदर्शन गनेर् कार्यक्रम थियो । त्यो कार्यक्रम कस्तो भयो, त्यस सम्बन्धमा सामाजिक सञ्जालमा केही आएको होला भन्ने सोेचेर हाते फोन उठाएर पेmसबुक खोलेँ । एक मित्रले एउटा लिङ्क पठाइदिएको रहेछ । हेरेँ– पाकिस्तानी प्रधानमन्त्रीको कर्मचारीहरुलाई सम्बोधन । जिज्ञाशा हुने नै भयो– के भने त उनले सिभिल सभेर्न्ट्सलाई ?


इमरान खान प्रधानमन्त्री भएपश्चात निकै चर्चामा छन् । एउटा मशहूर क्रिकेट खेलाडी पाकिस्तान जस्तो मुलुकको प्रधानमन्त्री निर्वाचित हुनु आपैmँ एउटा गतिलो समाचार हो र त्यसको चर्चा हुनु स्वाभाविक हो । तर फगत प्रधानमन्त्री भएकैँमा उनको यस्तो चर्चा भएको होइन, त्यो पद समालेपछि उनले जस्तो सादगी अपनाउने घोषणा गरे त्यसले संसारलाई चकित पा¥यो ।
प्रधानमन्त्री भएपछि इमरानले गरेका केही घोषणाले दुनियाँलाई आश्चर्यमा पारेको छ । अहिलेसम्म त्यहाँ प्रधानमन्त्रीका लागि दुई सय २४ जना सहायक र सहयोगीको व्यवस्था रहेछ । त्यो सबै हटाएर उनले फगत दुई जनालाई राख्ने निर्णय गरेका छन् । त्यहाँको प्रधानमन्त्री निवास हाम्रो बालुवाटार जस्तो मात्रै त अवश्य छैन होला । त्यसलाई दरबारकै रुपमा वर्णन गरिन्छ । त्यस्तो संरचनाको व्यवस्थापनमा डेढ दुई सय मानिस लाग्नु अनौठो होइन । त्यस संरचनामा अब इमरानले अन्तरर्ाष्ट्रियस्तरको विश्वविद्यालय स्थापना गनेर् भएका छन् । पाकिस्तानी प्रधानमन्त्रीका लागि ३३ बुलेटप्रुफ कार सहित ८० थान गाडीको व्यवस्था रहेछ । ती सबलाई लिलाम गरेर त्यसबाट आएको पैसाले गरिबीका कारण विद्यालय जान नसकेका करिब दुई करोड विद्यार्थीलाई विद्यालय पठाउने सोचमा छन् इमरान ।
त्यति मात्रै कहाँ हो र, प्रधानमन्त्रीका लागि अलग्गै हेलिकोप्टरको समेत व्यवस्था रहेछ त्यहाँ । इमरानले त्यो हेलिकोप्टर लिलाम गरेर आएको पैसाले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने योजना बनाएका छन् रे । उखपातै पो गनेर् भए त यी क्रिकेटका हस्तिले । थाहा छैन उनका यी योजना बनाउन सघाउने उनका सल्लाहकार र तिनलाई कार्यान्वयन गनेर् ब्युरोक्रेसीमा के कस्ता हस्ति छन् र सत्ताको स्वादमा रमाउने गरेको सेनाले उनलाई कसरी साथ दिने हो ।
यस्तो पृष्ठभूमिमा इमरानले उच्च पदस्थ कर्मचारीलाई सम्बोधन गदैर्छन् भनेपछि त्यसमा जिज्ञाशा पलाउनु स्वाभाविक भयो । त्यो लिङ्क खोलेर इमरानको सन्देश सुनिसकेपछि लाग्यो समयले साथ दियो भने साँच्चै इमरानले पाकिस्तानलाई साँच्चै पाकिस्तान बनाउने छन् । पाकिस्तानको अर्थ हुन्छ पवित्र भूमि । भनिरहनु परेन पवित्र भूमि दर्शनीय हुन्छ । तीर्थ बन्दछ ।
इमरानको भाषण साँच्चै मन छुने खालको थियो । उनले सबैभन्दा पहिला आप्mनो आमन्त्रणलाई स्वीकार गरेर त्यहाँ उपस्थित भएकोमा सबै शीर्ष कर्मचारीलाई धन्यवाद दिए । धन्यवाद मात्रै होइन सम्मान दिए । उनले भने, तपाईंहरु स्थायी सरकार हो, हामी त आउँछौँ, जान्छौँ । त्यसैले देशको अवस्थाका बारेमा तपाईंहरुलाई मलाईभन्दा बढी जानकारी छ ।
उनले भने पाकिस्तानलाई हाम्रो सेवा आज सबैभन्दा बढी आवश्यक भएको छ । यस्तो अवस्था यसपूर्व यस देशमा कहिल्यै आएको थिएन । पाकिस्तान आज ऋणको पासोमा फँसेको छ । विगत दश बर्षमा पाकिस्तानको ऋण छ हजार अरबबाट बढेर ३० हजार अरबमा पुगेको छ । प्रतिदिन हामी छ अरब रुपैयाँ त त्यो ऋणको व्याजमा मात्रै चुक्ता गर्न विवश छौँ । भनेपछि यस देशको विकासका लागि पैसा बाँकी कहाँ रहन्छ ।
इमरानले भावुक हुँदै भने, हामीले ऋण लिएर ओरेञ्ज ट्रेन र मेट्रो चलाइरहेका छौँ जसले घाटाभन्दा अरुथोक हामीलाई दिइरहेको छैन । हामी यसरी ऋणको एउटा भयावह बोझ उठाउन वाद्य छौँ । ऋण लिएर नाफा आम्दानी होइन ऋण कमाइरहेका छौँ । म भन्छु पाकिस्तान यस बेला ऋणको पासोमा फसेको छ, क्ल्यासिक डेट ट्रयापमा च्यापिएको छ ।
हाम्रो कूल जनसङ्ख्याको ६० प्रतिशत युवाहरु ३० वर्षभन्दा कम उमेरका छन् । उनीहरु रोजगारको खोजीमा बजारमा आइरहेका छन् । हामी तिनलाई केही दिन सक्ने अवस्थामा छैनौँ । तर यो हाम्रो यथार्थ हो । डार्बिनको विकासवादको सिद्धान्तले भन्छ, जो सबभन्दा योग्य छ, जो सबभन्दा बढी अनुकूलित हुन सक्छ, उसले प्रगति गर्छ । त्यसैले हाम्रो मुलुकको विद्यमान परिस्थितिमा हामीले आपूmलाई त्यस अनुकूल बनाउनै पर्छ । हामी बद्लिनै पर्छ ।
एमरानले भने, हामी ब्रिटिसले बनाएको उपनिवेशी संरचनामा रमाइरहेका छौँ । यत्रा महल बेलायतमा पनि छैनन् कर्मचारीलाई बसेर काम गर्न । यसको लागत अत्यन्त उच्च छ । यसको खर्च हामी दिन्थ्यौँ तिनलाई, त्यसैले उनीहरु यति खर्चालु भएर यहाँ राज गथेर् । तर उनीहरु गएपछि हामी पनि तिनैको नक्कल गर्नमा लाग्यौं । यसरी हाम्रो देश चल्दैन । हाम्रा सामु आपूm बदलिनुको विकल्प छँदैछैन ।
उनले कर्मचारीहरुलाई दलीय राजनीतिमा नफस्न आग्रह गरे । भने, तपाईंहरुका आप्mना आस्था होलान्, त्यसका बारेमा म केही भन्दिन । हाम्रो पार्टीलाई सघाउनोस् भनेर म पटक्कै भन्दिन । तपाईंहरुले सरकारका नीति र कार्यक्रमलाई कार्यान्वयन गनेर् हो । तपाईंहरुले कार्यान्वयन गर्नु भएन भने हामी राजनीतिज्ञले जस्तै राम्रा नीति र कार्यक्रम बनाए पनि तिनको काम छैन ।
म बिन्ति गर्छु तपाईंहरु सदाचार अपनाइदिनुस् । तपाईंका समस्या छन् मलाई थाहा छ । तपाईंहरुको पारिश्रमिकले तपाईंहरुलाई आप्mनो परिवार चलाउन धौ धौ छ । तर यो लामो समयका लागि होइन । दुई वर्षमा हामी यो परिस्थितिमा परिवर्तन ल्याउँछौँ । तपाईंका सेवा सुविधामा बृद्धि हुनेछन् । तर तपाईंहरुले दुई वर्षका लागि इमान्दार भएर आप्mनो कार्य सम्पादन गरिदिनु पर्छ ।
भगवानले भन्छन्, तँ आँट गर म भरोसा दिन्छु । तर हामी आँट गर्न तयार छैनौँ । आँट नगनेर् जातिले उन्नति गर्न सक्दैन । त्यस्तो कहीँ पनि भएको छैन । अब हामीले आपूmलाई परिवर्तन गनैर् पर्छ । हामी परिवर्तित हुन थालेपछि त्यस परिवर्तनलाई सघाउन इश्वर पनि आउँछन् । परिवर्तन अन्यत्र गर्नुपूर्व हामीले त्यस्तो परिवर्तन हामीले आपूmभित्र गर्नुप¥यो । परिवर्तनको राम्रो थालनी आपैmँबाट मात्रै हुन सक्छ ।
इमरानले सहभागीको मन जित्नेगरी भने पाकिस्तानमा के छैन ? यहाँ सबथोक छ । हामीले राम्रो ग¥यौं भने यहाँ पर्यटक ओइरिन थाल्नेछन् । अहिले त लाखौँ बालबालिका शुद्ध पानी खान नपाएर ज्यान गुमाइरहेका छन् । सकूल जाने उमेरका लाखौँ बालबच्चाले स्कूल देखेका छैनन् । गर्भवती आमाले पोसिलो खाना खान पाएका छैनन् । अनि कसरी दक्ष जनशक्ति तयार गछौर्ं हामी ?
उनले कर्मचारीलाई आश्वस्थ गर्न चाहे, तपाईंहरुको पदोन्नतिमा कुनै पूर्वाग्रह राखिने छैन । तपाईंहरुलाई कतै विभेद भयो भने, तपाईहरुलाई अन्याय भयो भने म तपाईंहरुको साथमा छु । मलाई विश्वास गर्नुस् । इमरानले यसो भन्दा सहभागीले सभाकक्षलाई समर्थनका तालिले गुञ्जायमान गरे । संक्षेपमा भन्दा इमान्दारिताका लागि, सदाचारिताका लागि र मिहिनेतका लागि इमरानले उच्च पदस्थ कर्मचारीहरुलाई उत्प्रेरित गरे ।
इमरानको सम्बोधन सकेपछि मलाई लाग्यो पाकिस्तान र हाम्रो देशको अवस्था झण्डै उस्तै रहेछ । हाम्रो कर्मचारीतन्त्र, हाम्रो प्रहरी प्रशासन राजनीतिक हस्तक्षेपका कारण, दलीय हस्तक्षेपका कारण आज शिथिल छ । निर्मला हत्या प्रकरण त्यसको पछिल्लो उदाहरण हो । केही दिनअघि हाम्रा प्रधानमन्त्रीले पनि उच्चस्तरका कर्मचारीलाई भेला गरेर आप्mनो काममा तीव्रता दिन अह्राएका थिए भनेर समाचार आएको थियो ।
हाम्रा प्रधानमन्त्री पनि भ्रष्टचारमा शून्य सहनशीलताको कुरा गर्छन् तर प्रधानमन्त्रीको सरकारी निवासमा कुलवंशको भोज लगाउँछन् । उनी कर्मचारीलाई आह्वान होइन धाक र धम्की दिन्छन् । उनको खप्कीको पछिल्लो शिकार राष्ट्रिय योजना आयोग भएको छ । त्यहाँ त विद्वानहरु होलान्, विषय विज्ञहरु होलान् । ओलीको ध्वाँसलाई तिनले कसरी लिँदा हुन् ?
यस्तै यस्तै कुरा मनमा खेलिरहँदा साँझ प¥यो । खाना खाएर पुनः सामाजिक सञ्जाल खोल्दा त्यहाँ हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओली आप्mनै पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गदैर् थिए । उनी आप्mना नेता कार्यकर्तामा अरिँगालको जति पनि बुद्धि नभएको व्यङ्ग्य गदैर् भन्दैथिए, त्यसको जति बुद्धि भए त बिरोधीमाथि खनिनु पनेर् नि । तर बिरोधीहरु बुकुर्सी मारिरहेका छन्, हाम्रा साथीभाइ शीर निहुराएर देखेको नदेख्यै गरिरहेका छन् ।
इमरान र केपीलाई तुलना गरेर हेर्दा लाग्यो हाम्रा कुदिनको त थालनी मात्रै हुँदैछ । हामीले ती कुदिन व्यहोर्न आपूmलाई तयार गर्नुको विकल्प छैन । अरु थोकको त कुरै छाडौं, आप्mना छोरी जोगाउनमै हामीले हाम्रा सारा मिहिनेत खर्चिनु पनेर् भएको छ । आखिर कुन बाबु आप्mना छोरीको नियति निर्मला पन्तको जस्तो भएको देख्न तयार हुन्छ त ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
