
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ जेठ । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ। सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन । हिमाल आरोहण गर्न अनुमति दिएवापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ। पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। यस्तै, सन्…
झापा, १४ जेठ । संघीय संसद्को संयुक्त बैठकमा भोलि जेठ १५ गते नेपालको ७७ औं बजेट प्रस्तुत हुँदैछ। जहाँ ३५औं अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्नेछन्। जसको आकार १६ खर्ब ८८ अर्ब रूपैयाँभन्दा सानो हुनेछ। नेपालमा २००८ सालदेखि बजेट प्रस्तुत गर्ने चलन सुरु भएको मानिन्छ। जेठ १५ मा बजेटसँगै ४ वटा विधेयक प्रस्तुत हुनेछन्। जसमध्ये आर्थिक विधेयक प्रस्तुत भएपछि भोलिपल्टैदेखि ऐनको रूपमा कार्यान्वयन हुन्छ भने बाँकी विनियोजन, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक आगामी आर्थिक वर्षको पहिलो दिनदेखि कार्यान्वयन हुन्छ। नेपालमा नीति र योजना बन्छन्, तर कार्यान्वयन हुँदैनन्, नतिजा देखिँदैन भन्ने गुनासो कम…
झापा, १४ जेठ । एक खेल अगावै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि हात पारेको छ । स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पीएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि हात पारेको हो । यो जितसँगै पीएसजीले ११औँ पटक फ्रेन्च लिगको उपाधि उचाल्ने भएको छ । पीएसजीलाई च्याम्पियन बन्न एक अङ्क आवश्यक थियो । शनिबार राति भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पीएसजीलाई उपाधि जित्न सहज भएको हो । पहिलो हाफमा बराबरीमा टुङ्गिए पनि दोस्रो हाफको ५९औँ मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । तर, घरेलु टोली पीएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने…
झापा, १४ जेठ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू(भागमा हल्का वर्षा भइरहेको छ । देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
बिर्तामोड, १३ जेठ । पूर्वकै व्यापारिक केन्द्र झापाको बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या बढ्दै गएको छ । नगरमा २९ जना कुष्ठरोगी भएकोमा उक्त संख्या बढे ३४ जना पुगेको छ । बिर्तामोडमा कुष्ठरोगको जोखिम उच्च देखिएपछि शंकास्पद बिरामीको पहिचानका लागि जेठ ६ गतेदेखि अभियान नै चलाइएको थियो । नगरका १० वटै वडामा चलाइएको अभियानमा थप पाँच जना नयाँ रोगी फेला परेको नगरका सिनियर अहेब तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनुभयो । कुष्ठरोग उच्च जोखिममा रहेको वडा नम्बर १० मा एक सय एक जना शंकास्पद बिरामी जाँच गर्दा पाँच जना नयाँ कुष्ठरोगी थपिएका छन् भने अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परीक्षण कार्यक्रममा १९…
झापा, १३ जेठ । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । गुजरात साविक विजेता हुनुका साथै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्ने टिम हो । गुजरातको टोलीले अब मे २८ मा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ ।
झापा, १३ जेठ । विराटनगरमा आज बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा तोकिएको छ । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो । प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरेको हो ।
बिर्तामोड, १३ जेठ । ज्यान मार्ने उद्योगमा फरार रहेका झापा गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले शुक्रबार झापा गाउँपालिका–२ का ३९ वर्षीय भुपेन भन्ने रुपबहादुर रायलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतले २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उद्योग मुद्दामा उनलाई पाँच वर्ष कैद फैसला सुनाइएको थियो । रायलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजाल जानकारी दिनुभयो ।
झापा, १३ जेठ । नेपाल प्रहरीमा राजनीतीकरण र आन्तरिक गुटबन्दीले संगठनको छवि धुमिल भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान गरी दुई एसएसपीले संगठनको साख जोगाएका छन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, कार्यालयसमेतको उपत्यका प्रहरी सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीद्वय दानबहादुर कार्की र डा। मनोज केसीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा देखाएको साहसको प्रशंसा गरिएको छ । जसले गर्दा विगत केही वर्षदेखि धुमिलिएको प्रहरी संगठनको छवि सुधार्न र जनमानसमा प्रहरीका अधिकृत कुनै पनि काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको छ । नक्कली भुटानी शरणार्थीका नाममा ठगी गिरोहले गृह मन्त्रालय नै…
झापा, १३ जेठ । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ । चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो । गत वर्ष सो अवधिमा चार अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको ४६ लाख ७० हजार ३६३…