
बिर्तामोड, १३ जेठ । पूर्वकै व्यापारिक केन्द्र झापाको बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या बढ्दै गएको छ ।
नगरमा २९ जना कुष्ठरोगी भएकोमा उक्त संख्या बढे ३४ जना पुगेको छ । बिर्तामोडमा कुष्ठरोगको जोखिम उच्च देखिएपछि शंकास्पद बिरामीको पहिचानका लागि जेठ ६ गतेदेखि अभियान नै चलाइएको थियो । नगरका १० वटै वडामा चलाइएको अभियानमा थप पाँच जना नयाँ रोगी फेला परेको नगरका सिनियर अहेब तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनुभयो ।
कुष्ठरोग उच्च जोखिममा रहेको वडा नम्बर १० मा एक सय एक जना शंकास्पद बिरामी जाँच गर्दा पाँच जना नयाँ कुष्ठरोगी थपिएका छन् भने अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परीक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको रिपोर्ट आइतबार आउनेछ । उच्च जोखिममा रहेको वडा नं. १० मा यसअघि नौ जना मात्रै रहेकोमा पाँच जना कुष्ठरोगी थपिएपछि १४ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



