झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ जेठ । सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोडका दरले ८ अर्व २५ करोड विनियोजन विनियोजन गरेको बताए । जनप्रतिनिधि (सांसद) ले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए ।

Read More

झापा, १५ जेठ । नयाँ आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको ६५।२० प्रतिशत रहेको छ। त्यसैगरी आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशत मुद्रास्फ्रीती लक्ष्य लिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड, वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ७ अर्ब २४ करोड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ८…

Read More

झापा, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित एक समारोहमा उनले आफ्ना गतिविधि शान्तिपूर्ण बनाउन र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । प्रदेशसभामा सहभागी एमाले बाहेकका सबै दलहरूले सरकारलाई तत्काल वार्ता समिति बनाउन आग्रह गरिरहेका बेला मुख्यमन्त्री कार्कीले भने वार्ताको आव्हान गरेका हुन् । ‘अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौँ, नयाँ प्रदेश सभामाको निर्वाचनसँगै छैटौँ वर्षमा प्रवेश गरेपछि प्रदेशको नामकरण गरेका छौँ । कोशी नामकरणपछि यसको विपक्षमा रहनु भएका केही पहिचानवादी शक्तिहरूले यसको विरोधमा केही…

Read More

आदणीय दाजुभाइ तथा दिदीबहिनीहरुआज १६ औ ‘गणतन्त्र’ दिवस । जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । नेपाली जनता विजयी भएको यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यो अवसरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरुमा प्राण उत्सर्ग गर्ने महान शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै आन्दोलनको नेतृत्वकर्ता, घाइते, अपाङ्गता तथा वेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । जनताबाट निर्वाचित प्रतिनिधि मार्फत संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को…

Read More

बिर्तामोड, १५ जेठ । बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, विभिन्न शाखाका कर्मचारी र नगर प्रहरीद्वारा सहिदको तस्विरमा माल्यार्पण गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले देशमा बोल्न पाउने अधिकार आजकै दिनले स्थापित गरेको धारणा राख्नु भयो । सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले कयौँको कोख र सिउँदो रित्तिएर ल्याएको गणतन्त्रलाई सहि ढंगले सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । विधिको शाषनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने…

Read More

भद्रपुर, १५ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोश्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा क्रमशः सान्त्वना सापकोटा, रक्षा विश्वास, राजा मण्डल, रोशा भट्टराई, पूजा कामती, सन्तोषी शाह, बविता यादव, निर्मला भण्डारी चुडाल, रविन पोखरेल, मनिष पोखरेल, र शनिलाल राजवंशी रहेका छन् भने बाँकी रहेका सदस्यहरूको मनोनयन समितिले गर्ने छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख…

Read More

बिर्तामोड, १५ जेठ । सोह्रौँ गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल झापा र अनेरास्ववियू (क्रान्तिकारी) झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।रगतको बढ्दो मागलाई सम्बोधन गर्न विशेष अवसर पारेर रक्तदान आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा नारी संचार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्याेतिसिंह दर्लामी, प्रदेश सदस्य अरुण श्रेष्ठ, शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षद्वय कमल कडरिया, छायाँ सिग्देल, सचिव गणेश कालिकोटे, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय…

Read More

पथरी, १५ जेठ । ‘वर्षौंदेखिको लग कार्डमा नाम छ, रासन कार्ड छ, सेन्सस कार्ड जस्ता कार्डहरु पनि छन् तर अहिलेको परिचयपत्र (आइडी) दिइएको छैन । किन होला ? यो प्रश्न हो मोरङको पथरीशनिश्चरे–१० स्थित शनिश्चरे शरणार्थी शिविरमा बस्दै आएकी गोमादेवी न्यौपानेको । डी २ हट नं. ४७मा बसोबास गर्दै आएकी न्यौपाने सन् १९९०देखि १५ वर्ष खुदुनाबारी क्याम्पमा शरणार्थी जीवन बिताएपछि परिवारसहित हाल पथरीशनिश्चरेको शनिश्चरे भुटानी शरणार्थी शिविरमा बस्दै आएकी छन् । नेपाल सरकार मातहतको आरसीयू अफिसबाट नेपाली बस्तीहरूका युवाहरुसँग विवाह गरेका भुटानी युवतीहरूलाई पछिल्लो पटक परिचय–पत्र नदिएको उनीहरूको गुनासो छ । परिचय–पत्रवितरण नगरिनुमा पनि कतै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न…

Read More

झापा, १५ जेठ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको…

Read More

झापा, १५ जेठ । सरकारले काठ आयतलाई न्यून गर्दै काठमा आत्मनिर्भर बन्ने घोषणा गरेको छ । यस्तो घोषणा गरिए पनि हरेक वर्ष काठको आयात दोब्बरभन्दा बढी हुने गरेको छ । कुनै बेला ुनेपालको धन, हरियो वनु भन्ने गरिए पनि केही वर्ष यता काठमा पर निर्भरता ह्वात्तै बढेको देखिन्छ । वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक तथा वन व्यवस्थापन विभागका महानिर्देशक रविन्द्र महर्जनका अनुसार आर्थिक वर्ष २०७८–७९ मा नेपालमा विभिन्न देशबाट ७ लाख ८ हजार २ सय ९३ क्युफिट काठ आयात गरिएको थियो । चालु आव २०७९–८० को वैशाख महिनासम्म १४ लाख ६ हजार १ सय ७७ क्युफिट काठ आयात गरिएको जानकारी…

Read More