
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ चैत । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बा १६ च ३८२५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकोमा सात जना घाइते भएका छन्। शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए। उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौँ जाँदै थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
झापा, १९ चैत । सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समितिबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याज पीडितलाई भेटेर समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाउनुभए लगत्तै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहल र उपस्थितिमा गृहमन्त्रालयमा सो सहमति भएको हो। शुक्रबार गृहमन्त्री पद बहाली क्रममा समेत उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्यारम्भ गरेका थिए । सहमतिपत्रमा मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ गतेको प्रतिवेदन शीघ्र एवम् प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको…
झापा, १९ चैत । इंग्लिस प्रिमियर लिगमा एस्टोन भिल्ला विजयी भएको छ । आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा एस्टोन भिल्लाले चेल्सीविरुद्ध २–० को जित निकालेको हो । पहिलो हाफमा १–० ले अग्रता बनाएको एस्टोन भिल्लाले दोस्रो हाफमा एक गोल थप्यो । गत अक्टोबरमा एमरीले टोली सम्हाले यता भिल्लाको यो पाँचौं जित हो । जितसँगै भिल्ला नवौँ स्थानमा उक्लिएको छ।
झापा, १९ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
झापा, १९ चैत । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले १५–१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घद्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ तर मूल्य घटाउने तयारी भने निगमले गरेको…
बिर्तामोड, १८ चैत । झापाको बिर्तामोडमा भएको प्रथम वडास्तरीय फुट्सल प्रतियोगिताको उपाधि वडा नं। ४ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नं. १० लाख पराजित गर्दै वडा नं. ४ ले उपाधि उचालेको हो । उपाधिसँगै वडा नं..४ ले रू ५० हजार पाएको छ भने उपविजेता वडा नं. १० ले रू २५ हजार पाएको छ । त्यतै, म्यान अफ द म्याच दुई हजार एक सय तथा वेष्ट प्लेयरलाई नगद पाँच हजार प्रदान गरिएको समितिले जनाएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजना चैत १७ र १८ गते प्रतियोगिताको आयोजना भएको हो । समितिका अध्यक्ष विकास गिरीको…
बिर्तामोड, १९ चैत । हात्ती प्रभावित बासिन्दालाई बिर्तामोड–८ को वडा कार्यालयले टर्चलाइट वितरण गरेको छ । भेलागुडी सामुदायिक वन आसपास बसोबास भएका बिर्तामोड–८ का बासिन्दालाई हात्ती धपाउन सहयोग पुग्नेगरी टर्चलाइट वितरण गरिएको हो । बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीको अग्रसरतामा ३८० परिवारलाई शनिवार टर्चलाइट वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
धनकुटा, १९ चैत । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उनले दुःख व्यक्त गने, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।” शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका…
बिर्तामोड, १८ चैत । हावाहुरीसहित आएको वर्षाका कारण झापाको बिर्तामोडस्थित पाथिभरा स्टिल इण्डष्ट्रिजमा क्षति भएको छ। शुक्रबार साँझ आएको हावाहुरीले उक्त उद्योगमा ठूलो क्षति भएको जनाइएको छ । उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टर लगायत धेरै मेशिनहरु पानी पसेर पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रबन्ध निर्देशक कपिल बिमलीले जानकारी दिनुभयो । जसबाट उद्योगमा दश करोड रुपैयाँ भन्दा बढीको क्षति भएको उहाँले दाबी गर्नुभयो । उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरसमेत पुर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका…
झापा, १८ चैत । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आधारभुत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक तथा कार्यक्रमका सहजकर्ता संजिव लामा घिसिङले नेपालमा ५ वर्ष मुनिका वालवालिकाहरुमा कुपोषण धेरै भएको बताउनु भयो । उहाँले २५ प्रतिशत पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत वालवालिका कम तौलका रहेको बताउनु भयो । तथ्याङ्क अनुसार कोशी प्रदेशमा ५ वर्ष मुनिका वालवालिकाहरु २० प्रतिशत पुड्कोपन , १३ प्रतिशत कमतौलका र ४ प्रतिशत ख्याउटेपनबाट…