
भद्रपुर, २६ असार । झापाको भद्रपुर नगरपालिका–२ स्थित बीगाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
खेतबारीमा काम गर्ने क्रममा बिहीबार हात्ती छेक्न जडान गरिएको विद्युतीय तारबाट करेन्ट लागेर स्थानीय ३६ वर्षीय सुरेश लिम्बू गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको उपचारका लागि ओमसाई अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


