
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, ६ जेठ । झापाको कनकाई नगरपालिकाले नगरका सबै वडामा जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिकाले बडागत रुपमा जग्गा वर्गीकरणको कामलाई अघि बढाउने क्रममा सबै वडामा वर्गीकरणको काम सम्पन्न भएको र एक , तीन र आठ न वडामा भने नक्साको काम पनि सम्पन्न भईसकेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । अबको हप्ता दिन भित्रैमा सबै वडाको नक्साको काम सम्पन्न गरि बुक लिस्ट दतयारका लागि जिल्ला मालपोत कार्यलय झापामा बुजाउने तयारी भईरहेको कनकाई नगर जग्गा वर्गीकरण सर्वेक्षक दिवस ओलिले जानकारी दिनुभयो । भु उपयोग नियम तथा ऎन २०७९ अनुसार कनकाईमा जग्गा वर्गीकरणलाई दश भागमा वर्गीकरण गरिएको नगर…
झापा, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण गर्ने तयारी भएको हो। १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए। प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन्। बैशाखमै भारत जाने घोषणा गरेका उनी कुटनीतिक रुपमा सफल नहुँदा भ्रमण मिति सार्दै आएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले पनि जिम्मेवारी सम्हालेलगत्तै आफ्नो पहिलो काम प्रधानमन्त्रीको भारत भ्रमणको तयारी नै रहेको…
झापा, ६ जेठ । राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन । तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जाने क्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन । राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ । संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए । यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो । ‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो’, सामाजिक…
झापा, ६ जेठ । राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको उपस्थितिमा मासिक रिपोर्ट कार्ड तयार गर्ने नीति अगाडि सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ। कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवं प्रशासनविद् डा. बालचन्द्र मिश्रले सरकारको…
झापा, ६ जेठ । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध…
भद्रपुर, ५ जेठ । कोशी प्रदेशको मन्त्रिपरिषदले आज तीन निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्र विषयका प्रध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आउनु भएका उप्रेतीले त्रिभूवन विश्व विद्यालयको राजिष्ट्रा पदको जिम्मेवारी पुरा गरिसक्नु भएको छ । त्यस्तै, कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परापर्श लिइ सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको छ भने विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरिएको जनाइएको छ ।
बिर्तामोड, ५ जेठ । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीको आयोजनामा सुकुम्बासी समस्या सामधान गर्ने कार्यमा स्थानीय सरकार तथा झापा जिल्ला भुमि आयोगको ढिला सुस्तीलाई खबरदारी गर्ने उद्देश्यले अन्तरक्रिया गर्ने भएको छ । पार्टीले जेठ ६ गते शनिबार ‘भूमिहीन सुकुम्बासीका समस्या, चुनौति र सामधान’ विषयक नगर स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बिर्तामोड नगरका १० वटै वडाका भूमिहीन सुकुम्बासीहरु, राजनीतीर्की, समाजसेवी, बुद्धिजिबि, पार्टी केन्द्र, प्रदेश, जिल्ला, नगरका नेता, वडा इन्चार्ज, वडाध्यक्ष लगायतलाई अन्तरक्रियामा सहभागिताका लागि बिर्तामोड नगर पार्टीले आग्रह गरेको नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।
बिर्तामोड, ५ जेठ । नेपाल पत्रकार महासंघले शुद्धीकरण अभियान चलाएसँगै झापाका चार जना सदस्यले सदस्यता त्यागेका छन् । पत्रकार महासंघ झापाका वर्तमान कार्य समिति सदस्य रञ्जित परियारसहित चार जनाले सदस्यता त्यागको स्वःघोषणा गरेका हुन् । महासंघले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ ल्याएर पत्रकारितामा सक्रिय नभएकाहरुलाई स्वःघोषणा गरेर सदस्यता त्याग्न आग्रह गरेको थियो । सोहि आग्रह बमोजिम झापाका पुजन आचार्य, होमकुमारी कुमाल, कोपिला खड्का बस्नेत र रञ्जित परियारले सदस्यता त्याग गरेका हुन् । आचार्य मेची क्याम्पसमा कार्यरत छिन् भने परियार र कुमाल शिक्षक हुन् । बस्नेत कानुन व्यवसायी हुन् । महासंघले जेठ ५ गतेसम्म सदस्यता त्यागको स्वःघोषणा गर्न समय दिएको थियो ।…
मेचीनगर, ६ जेठ । झापाको मेचीनगरबासीले कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । मेचीनगरबासीले विगतलामो समयदेखि ठुलो समस्या झेल्दै आएको विषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल अगाडी बढाएका हुन् । मेचीनगरमा किसान र कृषि क्षेत्रमा आबद्ध हुनेको संख्या ठुलो छ । उनीहरुले विभिन्न कारणले कृषि क्षेत्रमा क्षती व्यहोर्नु परिरहेको भए पनि अब कृषि बिमा वापत उनीहरुले राहात पाउने नगरप्रमुख बुढाथोकीले बताए । साथै उनले मेचीनगर क्षेत्रमा हुने हात्ती, बादर, स्याललगायतका जंगली जनावरबाट हुने क्षतिको क्षतिपुर्ति…
झापा, ५ बैशाख । झापाको बिर्तामोडमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले आज विरोध प्रदर्शन गरेको छ । पार्टीका नेता रेशम चौधरीसहित पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र कोशी प्रदेश खारेजीको माग गर्दै आज झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको हो । नेता चौधरीलाई बिना शर्त रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, निर्दोष ठहर भएका थारु नेताहरुलाई क्षतिपूर्ति दिनुपर्ने, कैलाली टिकापुरको घटनालाई राजनीतिक मु्द्दाका रुपमा हेरिनुपर्ने लगायतका मागसहित निकालिएको ¥याली बिर्तामोडस्थित मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष अशोक चेम्जोङले मुलुकमा राजनीतिक परिवर्तन भए पनि देश विकास र पहिचानको आन्दोलन पूरा नभएको बताउनुभयो । पहिचानको आन्दोलनलाई…