
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ बैशाख । लेखन संस्कृतिमा कमी आइरहेका बेला झापामा शिक्षित र युवा पुस्ता साहित्य सिर्जनामा जुटेकोछ । अग्रज साहित्यकार तथा लेखन कर्ममा सक्रिय पुस्ताले साहित्य सिर्जनामा जुट्न निरन्तर आग्रह गरिरहँदा धेरै युवाको ध्यान त्यसतर्फ तानिएको हो । यही मेसोमा कविशिरोमणी माविका शिक्षक अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका लोकार्पण गरिएको छ । साहित्य तथा शैक्षिक क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा प्राज्ञसभा सदस्य विवश पोखरेलले कृतिको लोकार्पण गरेका हुन् । सरल भाषामा लेखिएको संग्रहमा १६ कथा समेटिएका छन् । मूल्य ३०० रुपैयाँ रहेको छ । लोकार्पण कार्यक्रममा १५० मा कृति बिक्री गरिएको थियो । चौलागाईंको १७६ पृष्ठको सो कृतिमा साहित्यकार…
विराटनगर, २५ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । पर्यटन,वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट राजस्व योगदान कम रहेको उहाँको भनाइ छ । ‘प्रदेश भित्रका धेरै सामुदायिक बनहरुले राजस्वमा योगदान पु¥याई रहेको चर्चा गर्दै त्यस्ता सामुदायिक बनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताउनुभयो । ‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना…
झापा, २५ बैशाख । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको नौ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समिति स्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो । संस्था अन्तरगतको बचत तथा ऋण ब्यवसाय उपसमितिले बिर्तामोडमा पनि वैशाख २४ गते वार्षिक बजेट समीक्षा एवम् आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माण एवम् रणनीति तयारी बैठक सम्पन्न गरेको छ । संस्था अन्तरगत विर्ता अर्जुन क्षेत्रीय समन्वय समितिका १२ वटा कार्यालयबाट उपसमिति संयोजक, सदस्य र विभागीय समितिका संयोजक र सदस्यहरु तथा सेवा केन्द्र प्रमुखहरुको सहभागितामा उक्त…
झापा, २५ बैशाख । मेचे भाषा, संस्कार–संस्कृतिमा आधारित चलचित्र बिक्रम देवाको शुभ मुहुर्त गरिएको छ । झापाको चारआलीस्थित पाउ पाथिभरामा एक कार्यक्रमका बीच प्रहरी चौकी चारआलीका प्रमुख अमरबिनोद घिमिरेले चलचित्रको शुभ मुहुर्त गर्नुभयो । लोपोन्मुख जाति मेचेको भाषा, संस्कार, संस्कृती देश विदेशमा पहिचान गराउने उद्देश्यले नेपालमै ‘पहिलो’ पटक ठूलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको चलचित्रका कथा निर्देशक कुमार केसीले बताउनुभयो । चलचित्र हास्य र द्वन्द्व मिश्रित चलचित्रले मित्रताको अनुपम सन्देश दिने उहाँले बताउनुभयो । जय भोले बाबा फिल्मसको ब्यानरमा निर्माण हुन लगेको चलचित्र विक्रम देवा करिब ३० प्रतिशत मेचे भाषाको प्रयोग हुने निर्माता प्रताप मेचेले बताउनुभयो । मनोरञ्जनका माध्यमबाट लोपोन्मुख…
झापा, २७ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार रातिको खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले न्युक्यासललाई घरेलु मैदानमा २–० गोलले हराएको हो । जितसँगै आर्सनलले लिग लिडर म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पनि घटाएको छ । यद्यपि, आर्सनलले सिटीभन्दा एक खेल बढी खेलेको छ । आर्सनलको जितमा मार्टिन ओडेगार्ड १४औँ मिनेटमै अग्रता दिएका थिए । आर्सनलले एउटा आत्मघाती गोल उपहार पाएको थियो । निर्धारित समयको ७१औँ मिनेटमा न्युक्यासलका फाबियन शारबाट आत्मघाती गोल भएको थियो । जितसँगै आर्सनलले आफूलाई प्रिमियर लिगको उपाधि होडमा कायम राखेको छ ।
झापा, २५ बैशाख । कोशी प्रदेशमा एमाले नेतृत्वको वर्तमान सरकार संकटमा पर्ने देखिएको छ । नेपाली कांग्रेसले केन्द्रको सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्र र जसपालाई प्रदेश सरकारबाट बाहिरिन औपचारिक आह्वान गरेसँगै यहाँको सरकार संकटमा पर्ने देखिएको हो । काठमाडौंमा आइतबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले नयाँ सरकार बनाउन तीव्र पहल गर्ने निर्णय गर्नुका साथै माओवादी र जसपालाई सरकारबाट फिर्ता आउन आह्वान गरेको हो । बैठक सकिएलगत्तै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उक्त निर्णयबारे टेलिफोनबाट जानकारी दिएका छन् । जवाफमा आङ्बोले शीर्ष नेताहरुसँगको छलफलपछि निर्णय लिने बताए ।…
झापा, २५ बैशाख । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो) समेत बाटोमा छरिँदैन । स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए । “जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास नै परम्परा बन्न पुगेको छ,” उनले भने । एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा…
झापा, २५ बैशाख । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने निर्देशिकाको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउने चरणमा रहेकाले छिट्टै कार्यान्वयनमा आउने उनको भनाइ छ । सचिव अर्यालले भने, “निर्देशिका आएपछि…
झापा, २५ बैशाख । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ । प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १० औं पटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३…
झापा, २५ बैशाख । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ । ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डोर्याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन् महत दम्पती । मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको ।…