
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ बैशाख । कोशी प्रदेश सरकारको बेरुजु एक वर्षमै १ अर्ब ४९ करोड ९८ लाख ५९ हजार पुगेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशको पाचौं लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकारको पाँच वर्षमा बेरुजू बढेर १ अर्ब ४९ करोड ९८ लाख ५९ हजार पुगेको हो । यो सँगै प्रदेश संरचना गठन भएको पाँच वर्षमा बेरुजु रकम चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजू प्रतिशत कृषि मन्त्रालयमा रहेको छ भने स्वास्थ्य मन्त्रालयलगायतमा सबैभन्दा कम बेरुजू देखिएको छ । प्रतिवेदनले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बेरुजू…
झापा, १४ बैशाख । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यी दुई टोलीबीच आज राति प्रतिस्पर्धा हुदैँछ ।
झापा, १४ बैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल कतारसँग भिड्दै छ । कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै आजको दोस्रो खेल मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
पाँचथर, १४ बैशाख । कतिपय सामुदायिक विद्यालय विद्यार्थी नपाएर तनावमा छन् । तर, पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालय भने विद्यार्थीको चाप थेग्न नसकेर हैरान छ । चालू शैक्षिक सत्रमा विद्यालयमा भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि विद्यालयले बुधबार प्रवेश परीक्षा लिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरका अनुसार विद्यालयमै अध्ययनरत २ हजार १ सय ३३ जना विद्यार्थी छन् । नयाँ विद्यार्थी भर्ना गराउने अवस्था छैन । तर, विभिन्न कक्षामा नयाँ विद्यार्थी भर्ना गराउन दबाब बढेपछि अन्य विद्यालयबाट आएका १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको प्रधानाध्यापक ठाकुरले बताए । ‘१ सय ४३ जनाको कोटामा ३ सय…
भद्रपुर, १३ बैशाख । झापामा खुद्रा विषादि बिक्रेतालाई तालीमसँगै परीक्षा लिइएको छ । विषादि खुद्रा बिक्री गर्ने तर विषादि बिक्रीको इजाजत–पत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालीम प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । सहभागीलाई जीवनाशक विषादि व्यवस्थापन ऐन, विषादिको परिचय र वर्गीकरण, विषादिका प्रकारहरु, विषालुपना, बालीमा लाग्ने रोग कीराहरु, विषादीको सुरक्षित प्रयोग, भण्डारण, ओसारपसार, बिक्री वितरण र विषादिको विर्सजनका विषयमा तालीम प्रदान गरिएको उहाँले बताउनुभयो । “कतिपयले जान नजानी प्रतिबन्धित र हानिकारक विषादि बेचिरहेका छन्”, उहाँले भन्नुभयो, “इजाजत–पत्र नभएकाहरुलाई इजाजत दिएर व्यवस्थित रुपमा विषादि विक्री वितरण गराउने तालीम…
झापा, १३ बैशाख । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को लाइभ राउण्डमा पुगेका झापा बिर्तामोडका अर्नभ वनको प्रस्तुतीले सवैलाई चकित बनाएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुँदै आएको लाइभ राउडमा अर्नभको प्रस्तुतको सवैले प्रशंसा गर्दै आएका छन् । टप २४ मा पर्न सफल अर्नभलाई भोट गर्न नेपाल दशनामी समाज बिर्तामोड नगरले सवैलाई आग्रह गरेको छ । टिम प्रविशामा रहेका अर्नभलाई खल्ती एप्प डाउनलोड गरेर भोट गर्न सकिने छ ।
बिर्तामोड, १३ बैशाख । आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१ औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल गरिन् । त्यस्तै २८ औं र ४८ औ मिनेटमा सविता मगरले थप २ गोल गरिन । यस्तै आयोजकका लागि अनिता लम्जेलले खेलको ५३ औ मिनेटमा चौथो गोल गरीन् । उसका लागि ५ औं गोल खेलको इन्जुरी समयमा मेनुका मगरले गरेकी थिइन्…
चन्द्र बस्नेतकनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा गर्ने र्यालीको उद्घाटन गर्नुभएको थियोे । कनकाई नगरमा कृषकहरुले कसरी आलि बाट थाली सम्म बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उद्देश्यका साथ नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउनकै लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख पोख्रेलले जानकारी दिनुभयो । उहाँले कृषकहरुलाई सुरुमा उब्जनी कम भए पनि विषादी प्रयोग जीवनका लागि हानिकारक हो भन्ने कुराको हेक्का गरी नगरलाई विषादिमुक्त बनाउन सबै लागि पर्न आवश्यक…
कनकाई, १३ बैशाख । झापाको कनकाई नगरपालिका वडा नं. १ कार्यालयले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति पु¥याएका वडाबासीलाई आज राहत प्रदान गरेको छ । नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हावाहुरी तथा असिना पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभयो । क्षति धेरै भए पनि वडाबासीलाई केही मात्रामा भए पनि स्थानीय सरकारको प्रत्याभूति होस् भनेर राहत प्रदान गरिएको उहाँले बताउनुभयो । “बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन”, उहाँले भन्नुभयो, “तर पनि वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्वकयता पूरा गर्न लागिपरेका छौं ।” नगरमा भएको क्षतिको विवरण संकलन गरी राहतका…
झापा, १३ बैशाख । साबिक विजेता रियल मड्रिड ला लिगामा पराजित भएको छ । जिरोनाका स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसले चार गोल गरेपछि मंगलबार राति भएको खेलमा रियल ४–२ गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गर्दै क्यास्टेलानोसले जिरोनालाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा क्यास्टेलानोसले पुनः दुई गोल गर्दै जिरोनाको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर लुकास भास्क्वेजले रियलका लागि सान्त्वना गोल गरे । क्यास्टेलानोस रियलविरुद्ध एकै खेलमा चार गोल गर्ने पछिल्ला ७५ वर्षमा पहिलो खेलाडी बनेका छन् । यसअघि सन् १९४७ मा एस्टेबान…