झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १४ चैत । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो । ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भईसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत…

Read More

झापा, १४ चैत । निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ । आजै उहाँले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।

Read More

भद्रपुर, १४ चैत । भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर नगरको विकास सुस्ताउँदै गएको नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भएर नगरको राजनीतिक नेतृत्व कमजोर हुँदै गएको फाइदा उठाउँदै कर्मचारीतन्त्रको मनोमानीमा कागजी कामले तीव्रता पाएर नगर क्षेत्र कमाइखाने भाँडो बन्दै गएको हो । सेवाग्राहीको काम गर्ने जिम्मेवारी पाएका अधिकाम्स कर्मचारी अपारदर्शी शैलिमा आफ्नै तजविजका विभिन्न परियोजना मार्फत गोष्ठी सेमिनारको आयोजना गरी आफू आफू नै भत्ता बाँडेर खाने गरेका छन् । वार्षिक कार्यतालिका र कार्योजनामा समेत कही कतै नदेखिने गरेका कतिपय कार्यक्रम चोरबाटोबाट प्रवेश गराई भत्ता खानकै लागि कर्मचारीहरू मिलिभगतमा कागजी काममा व्यस्त रहँदा कार्यालयमा…

Read More

झापा, १४ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन गर्नु भएको छ । मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घााटन गर्दै सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावीरुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताउनुभयो । अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट…

Read More

झापा, १४ चैत । नायक शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्। नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसँग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्। उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन्। विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।

Read More

झापा, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ । मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन्…

Read More

झापा, १४ चैत । वायु प्रदूषणको असरले विश्वमा हरेक वर्ष १० लाख जीवनले यो बाहिरी संसार देख्न नपाई आमाको गर्भमै निधन हुने गरेको पाइएको छ । नेचर जर्नलमा प्रकाशित अनुसन्धात्मक प्रतिवेदनअनुसार वायु प्रदूषणको प्रमुख कारणले गर्भमै शिशुको मृत्यु हुने गरेको र मृत शिशु जन्मने गरेको तथ्य भेटिएको उल्लेख छ । नेपालसहित विश्वका १ सय ३७ वटा देशमा गरिएको बृहत् अध्ययन प्रतिवेदनअनुुसार जन्मेका, जवान र पाका भइसकेका मानिसमा मात्रै नभई गर्भमा रहेका शिशुमा समेत वायु प्रदूषणको गम्भीर असर देखिएको जनाएको छ । अध्ययनअनुसार विश्वमा धेरै बालबालिका मृत जन्मनुमा वायु प्रदूषणलाई कारक मानिएको छ । वायुमण्डलमा रहने धुलाका मसिना कण २ दशमलव…

Read More

झापा, १४ चैत । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक मलमा परनिर्भर हुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने भएकाले त्यसलाई रोक्ने उद्देश्यले प्रांगारिक मल कारखाना स्थापना गर्ने तयारी गरेको बताएको छ । कारखाना स्थापनाका लागि अहिले विज्ञहरूको संलग्नतामा विभिन्न चरणमा अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले प्रांगारिक मल कारखाना स्थापनाका लागि अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार अबको केही वर्षभित्रै खाद्य बैंकसँग आबद्ध लाखभन्दा बढी किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिने गरी कारखाना खोल्ने…

Read More

झापा, १४ चैत । अहिले भइरहेको मर्यादाक्रमबाट न्यायपालिकालाई तल झार्दै राष्ट्रिय सभाका सांसदहरूले विधेयक पेस गरेका छन् । न्यायपालिकाका प्रमुखका रुपमा रहने प्रधानन्यायाधीशलाई एक स्थान तल झार्दै सांसदहरूले गैर सरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभामा पेस गरेका हुन् । यसअघि गृह मन्त्रालयले सूचनामार्फत विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम राजपत्रमा प्रकाशित गर्दै आएको थियो । मन्त्रालयले २०७६ वैशाख १६ मा पछिल्लो पटक मर्यादाक्रम सार्वजनिक गरेको थियो । हाल कायम रहेको मर्यादाक्रममा पहिलोमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ । राष्ट्रियसभाका सांसदहरूले अघि बढाएको विधेयकमा सभामुख र राष्ट्रियसभाका…

Read More

झापा, १४ चैत । धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुगे। उनलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उनको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उनको मनमा वर्षौंदेखि रहिरहेकै छ। वरिपरि जङ्गल छ, त्यसको बीचमा पहरोमा एक ओडार छ। जमिनदेखि करिब सात मिटरमाथि दुई ढुङ्गाको बीचमा थप सानासाना ढुङ्गा र माटोको सहायताले पाँचरछ व्यक्ति अटाउने गरी बनाइएको ओडार छ। त्यहाँसम्म पुग्न सखुवाको खाँबो लाथ्रो खुर्किएर सिँढी बनाइएको छ।…

Read More