झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रौतहट, २१ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए । शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो । बस मालिकले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए ।…

Read More

झापा, २१ मङ्सिर । झापाको कन्काई नगरपालिका–३ स्थित सव डिभिजन वन कार्यालय नजिकैको बाटो छेउमा ठूलो परिमाणमा अवैध माछा बरामद गरिएको छ।   आज बिहान ११:२० बजे इ.प्र.का. सुरुङगाबाट खटिएको प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुबास ढुंगानाको नेतृत्वमा रहेको गस्ती टोलीले भन्सार छलि तथा क्वारेन्टाइन प्रक्रिया बिना ल्याइएको माछा फेला पारेको हो। बरामद गरिएको माछामा मुङरी, सिलन, रहु र बम्प्लेट जातका माछा गरी जम्मा ४१७ केजी रहेको प्रहरीले जनाएको छ। यसको अनुमानित मूल्य रु. १,५०,००० (एक लाख पचास हजार) रहेको छ। माछा बेवारिसे अवस्थामा भेटिएकोले कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापामा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

Read More

झापा, २१ मंसिर । आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Read More

सुनसरी, २१ मंसिर । सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।  मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ ज २०१८ नम्बरको बोलेरो बरामद गरेसँगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज सञ्चालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । …

Read More

झापा, २१ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन…

Read More

झापा, २१ मङ्सिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन…

Read More

झापा, २१ मंसिर । असोज पहिलो साता हत्या भएकी मोरङ लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया अंशु गौतमका हत्या आरोपमा एक जना पक्राउ परेका छन् । अंशुको हत्यामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले बिचारी भनिने पदम अधिकारीलाई पक्राउ गरेको हो । अधिकारी अंशुका छिमेकी भएको प्रहरीले जनाएको छ । असोज २१ गते घरबाट हराएकी अंशुको शव १८ दिनपछि लेटाङ र बेलबारीको सिमानामा पर्ने बेलबारी–चिसाङ साझेदारी सामुदायिक वनभित्र कुहिएको अवस्थामा फेला परेको थियो । स्थानीयले घाँस काट्न जाँदा शव देखेर प्रहरीलाई खबर गरेका थिए । अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको थियो । अंशुको बलात्कारपछि धारिलो हतियार प्रयोग गरी हत्या…

Read More

झापा, २० मंसिर । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त भएको हो । ग्रेडिङ परीक्षामा झापा, इलाम र सुनसरीका १३० जना खेलाडी सहभागी थिए । खेलाडीहरूलाई प्रयोगात्मकसहित सैद्धान्तिक ज्ञानसमेत प्रदान गरिएको बताइएको छ । सो दीक्षान्तको समापन कार्यक्रम मेची आँखा अस्पतालको सभाहलमा गरिएको थियो । उक्त अवसरमा सहभागी खेलाडीहरुले काता प्रदर्शन गरेका थिए भने उनीहरुलाई १०० पूर्णाङ्कको वस्तुगत प्रश्न सोधेर लिखित परीक्षा पनि लिइएको थियो । नेपाल सितोरियो कराते…

Read More

स्वस्थ रहनका लागि आफूलाई रोगबाट बचाउन जरुरी हुन्छ । र रोगबाट बच्न रोगप्रतिरक्षा प्रणाली मजबुत हुनुपर्छ । आफ्नो खानामा त्यस्ता पदार्थहरु समावेश गर्नुस्, जसले तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । आउनुस आज हामी तपाईँलाई केही त्यस्ता पेय पदार्थ ९जुस० को बारेमा जानकारी गराउछौँ, जसको नियमित सेवनले मात्रै तपाईँलाई सम्भावित रोगहरुबाट बचाउछ र स्वस्थ राक्छ । १. कागतीको रस सजिलै पाइने कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँुदा यसले बिबिध प्रकारका रोगबाट बचाउँछ । २. स्याउको जुस एउटा अंग्रेजी कथन नै छ दिनहुँ एउटा स्याउ खाने ब्यक्ति डाक्टरकोमा कहिल्यै जान…

Read More

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ । बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअन्जानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् । सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश…

Read More