झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २८ बैशाख । कोशी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०–०८१ को नीति, कार्यक्रम तथा बजेटमार्फत चिया क्षेत्रको समस्या सम्बोधन गर्न सरोकारवालाले जोड दिएका छन् । प्रदेशकै प्रमुख आर्थिक क्षेत्रको रुपमा रहेको चिया क्षेत्रलाई विशेष क्षेत्र मानेर नीति तथा कार्यक्रम तय गर्न सरोकारवालाको सुझाव छ । करिब ७० हजारलाई रोजगारी सिर्जना गर्न सफल चिया क्षेत्रले प्रदेशको आर्थिक विकास र विदेशी मुद्रा आर्जनमा मुख्य भूमिका निर्वाह गर्दै आएको उनीहरुको भनाई छ । संवाद समूह झापाको संयोजनमा आज बिहीबार बिहान बिर्तामोडमा सम्पन्न छलफलमा प्रदेशसभा सदस्य चिन्तन पाठकले चिया क्षेत्रका समस्या पहिचान गरी समाधानमा प्रदेश सरकारले कदम चाल्नुपर्ने धारणा राखे । उनले चिया…

Read More

बिराटनगर, २८ बैशाख । मोरङको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको ग्रामथान गाँउपालिका–६ बिराटचोक सडक खण्डमा प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बा प्र ०३–००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिँँदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका–७ का ४२ वर्षीय जीवन दाहालको घटना स्थलमा नै मृत्यु भएको हो । त्यसैगरी रंगेली नगरपालिका–५ स्थितमा प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकी देवी साह घाइते भई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न…

Read More

झापा, २८ बैशाख । झापाको मेचिनगर नगरपालिका र दमक नगरपालिका दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा मे १० प ६९०७ नम्बरको मोटरसाइकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका–५ का २६ वर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ वर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी दमक नगरपालिका–३ का ३२ वर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक–९ का…

Read More

झापा, २८ बैशाख । झापा विद्रोहका योद्धा ‘काका’ (वीरबहादुर प्रधान) उमेरले ९२ वर्ष पुगे । युवावस्थामा राजनीतिक परिवर्तनका निमित्त सशस्त्र कम्युनिष्ट आन्दोलनमा होमिएका उनी जीवनको उत्तराद्र्धमा वृद्धाश्रममा जीवन बिताइरहेका छन् । बिर्तामोड, मुक्तिचोकबाट १ किलोमिटर दक्षिण–पश्चिममा परोपकार अनुसन्धान केन्द्रले सञ्चालन गरेको वृद्धाश्रमको माथिल्लो तलाकोे साँघुरो कोठामा विगत १० वर्षदेखि गुमनाम जीवन बिताइरहेका झापा विद्रोहका यी योद्धा अहिले एक्लो छन् । भारतको कालेम्पुङमा जन्मेका हक्की स्वभावका प्रधान २०२० सालमा एक्लै झापा आए । अन्याय र अत्याचार विरुद्ध सानै उमेरदेखि डटेर लड्ने प्रधानले २०२२÷२०२३सालदेखि नै कम्युनिष्ट पार्टीको भेला र बैठकमा चासो राख्न थाले । सालबारीमा अँधिया खेती गरेर जीविका चलाउने श्रेष्ठको त्यही…

Read More

चूडामणि वशिष्ठअहिले नेपाली राजनीतिक जगतमा ‘सच्चिने कि सकिने?’ भन्ने प्रश्न तेर्सिएको छ । ज्वारभाटा बीचको नौका झैं राजनीति ढल्पलिँदै छ । राजनीतिक स्थायित्व भएन । सरकार खोयाको वा बालुवाको घरजस्तै मात्र भयो । माथि संघमा जसो–जसो हुन्छ, तुरुन्तै तल प्रदेश सरकारहरुमा ‘जसोजसो बराजु सोही सोहीनीति’ भइरहेको देखेर सर्वसाधारण नागरिक हैरान भएर राजनीतिप्रति वितृष्णा पालेर बसेका छन् । राजनीतिबाट लाभ लिनेहरु बाहेक बाँकी सबै जनतामा निराशा छाएको छ । नेतृत्वको चर्तिकला कसैलाई मन परेको छैन । राजनीतिको सेवाभित्र आर्थिक चलखेलका वितण्डा आणविक भट्टीबाट चुहेको ज्यानमारा विषाक्त ग्याँसले जस्तै राष्ट्रको जीवनलाई घिटिक–घिटिक पार्दोछ । यसले राजनीतिक नेतृत्वलाई त नकारात्मक असर पार्छ नै,…

Read More

बुधबारे, २८ बैशाख । झापाको बुद्धशान्ति–१ स्थित बुधबारे जेसीजको नयाँ सचिवालय उद्घाटन भएको छ। बुधबार बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडाले संयुक्त रुपमा शिलालेख अनावरण गरी सचिवालयको उद्घाटन गरेका हुन् । छलिमाया घिमिरे स्मृति बुधबारे जेसीज सचिवालय उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बुधबारे जेसीजले रचनात्मक काम गर्दै संस्था पनि बलियो भएकोमा शुभकामना दिएका थिए । उनले पालिका भित्रका हरेक संघ सस्थाका सत्कर्ममा पालिकाले निरन्तर सहयोग गर्ने समेत उल्लेख गरे । बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई, जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरे, बिभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत विभिन्न…

Read More

झापा, २८ बैशाख । बुद्धशान्ति गाउँपालिका वडा नम्बर‌ ६ र‌ ७ लाई छुट्याउने‌ टिमाई खो‌लामा निर्माण हुँदै‌ गर‌े‌को‌ झो‌लुङ्गे‌े‌ पुलको‌ सामग्री हर‌ाएको‌ महिनादिन बितिसक्दा पनि हर‌ाएको‌ सामग्रीको‌ अत्तो‌पत्तो‌ छै‌न । पाँच महिना अघि बुटवलको‌ जुनकिर‌ी इन्ड्रष्टिजले‌ ४३ लाख १९ हजार‌ ९ सय ५३ बर‌ाबर‌को‌ झो‌लुङ्गे‌ पुल निर्माणको‌ सामाग्री बुद्धशान्ति–७ स्थित टिमाई खो‌लावार‌ी सडक छे‌उ झार‌े‌को‌ थियो‌ । कागजी रुपमा हे‌र्दा उक्त कम्पनीले‌ २ दिन लगाएर‌ सामान झायोर्‌, गाउँपालिकाबाट र‌कम भुक्तानी लियो‌ र‌ फर्कियो‌ । सामाग्री त्यहाँ झार्दा पुल निर्माण समितिका अध्यक्ष, प्राविधिक (साहार‌ा ने‌पाल) र‌ अन्य स्थानीयको‌ उपस्थिति थियो‌ भन्छन् पुल निर्माण समितिका अध्यक्ष माधव अर्याल । त्यसको‌ ठीक पाँच महिना पछि चै‌त्र १९…

Read More

झापा, २८ बैशाख । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न सङ्कट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ । उक्त चामल सङ्कट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । यसपछि पनि लगत्तै खाद्यान्न आवश्यक…

Read More

झापा, २८ बैशाख । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ । विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को चैतमा मात्र १ खर्ब…

Read More

झापा, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भए÷नभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो। ‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भए÷नभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, त्यसमा खाणपत्नी मन्जुको नाम पनि जोडिएको छ। अडियोमा एकसाथ दुवैजनाको नाम जोडिएकाले अनुसन्धानको दायरामा आउने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो। सो अडियोमा आफूलाई अनाहकमा मुछ्ने काम…

Read More