
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ बैशाख । अलैंची प्रशोधन र प्याकेजिङमा संलग्न मजदुरलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने अभिमुखीकरण दिइएको छ । नेपाल अलैंची ब्यवसायी महासंघ केन्द्रीय समितिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई खाद्य स्वच्ता सम्बन्धी अभिमूखिकरण दिएको हो । अलैंची खाद्य पदार्थ भएकाले यसको स्वच्छतामा ध्यान दिनुपर्ने भएकाले अलैंची प्रशोधन र प्याकेजिङमा संलग्न मजदुरहरुलाई एक दिने अभिमुखीकरण प्रदान गरिएको हो । खाद्य गुण नियन्त्रण कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराईले ८५ जना सहभागीलाई खाद्य स्वच्छता सम्बन्धी जानकारी दिनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले कुनै पनि काममा निपूर्ण हुन र…
झापा, १२ बैशाख । आज विश्व मलेरिया (औलो) दिवस । ‘शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन’ भन्ने नाराका साथ विश्वभरि मनाइँदै छ । लामखुट्टेको टोकाइबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक वर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औँलो दिवस मनाइँदै छ। नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन्। यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या…
भद्रपुर, १२ बैशाख । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत कनकाईमा आठ सय ४७ जनाले सुत्केरी पोषण सामग्री पाएका छन् । नियमित सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा प्रसुती गराउने उनीहरुले सुत्केरी पोषण वापत रू तीन हजार पाएका हुन् । नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा प्रसुती गराउनेहरुलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने गरेको छ । आमा र बच्चाको स्वास्थ्य संवेनदशीलतालाई ध्यानमा राखेर सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बन्दै नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । “स्वास्थ्य संस्थामा सुत्केरी गराउन अभिप्रेरित गर्ने लक्ष्यका साथ शुरु गरिएको कार्यक्रमले राम्रो प्रभाव परेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा प्रसुती गराउनको संख्या बढ्दै गएको छ ।” कनकाई नगर अस्पतालमा…
सन्तोष शर्माभद्रपुर, १२ बैशाख । झापामा असिनासहितको वर्षाले कृषिबालीमा साढे छ कराड बढीको क्षति भएको छ । गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) मा रू छ करोड ५१ लाख ९० हजार ६१५ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । असिनासहितको वर्षाले झापाको कनकाई र बिर्तामोडमा सबैभन्दा बढी क्षति पु¥याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना कृषकले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ रुपैयाँ…
तनहुँ, १२ बैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत र एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् ।
झापा, १२ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक तत्काल अघि नबढ्ने भएको छ । प्रतिनिधिसभाको चालू अधिवेशन वैशाख १५ गते अन्त्य गरेर बजेट अधिवेशन बोलाउने तयारी गरिएपछि यो अधिवेशनमा उक्त विधेयक अघि नबढ्ने भएको हो । चालू अधिवेशन वैशाख १५ गते अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमवार सहमति भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीका अनुसार अब यो अधिवेशनमा ती विधेयक प्रस्तुत हुने छैनन् । यसपछिको बजेट अधिवेशनमा अन्य विधेयकमा छलफल हुँदैन । त्यसैले…
झापा, १२ बैशाख । काठमाडौंको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो । विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको भए पनि विमानमा कुनै क्षति भएन । असामान्य अवस्थाको विमानले आकाशमा केहीवेर फन्को लगाएको थियो । पाइलटले विमानलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । विमानलाई फोर्स ल्यान्ड गराउने तयारी…
भद्रपुर, ११ बैशाख । झापाको भद्रपुर नगरपालिका–४ स्थित झापा चोकमा चलिरहेको महोत्सवमा नियम विपरित जुवा जन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ । प्रथम झापा चौक कृषि तथा साँगीतिक महोत्सव नाम दिएर चैत्र २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध जुवा जन्य खेल भइ रहँदा नियामक रमिते देखिएको हो । सगरमाथा फउण्डेसन भद्रपुर पृथ्वीनगर मुल आयोजक रहेको महोत्सव विर्तामोडको रिकभरी टिमले ठेक्कामा सञ्चालन गरिरहेको कृषिको नाम दिइएको महोत्सवमा कृषि सम्बद्ध सामग्रीले भने भाडा तिर्न नसक्ने देखेर सहभागिता जनाएका छैनन् भने त्यस रिक्ततालाई जुवाजन्य खेल तमासाले भर्ने प्रयास आयोजकको देखिएको छ । मेला महोत्सवमा मदिरा तथा…
बिर्तामोड, ११ बैशाख । बिर्तामोडमा सहकारी लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम सुरु भएको छ। तालिम विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आजदेखि सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले व्यानर वाचन गरेर तालिम उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले यस प्रकारको तालिमले सहकारी तथा वित्तिय व्यवस्थापनको कार्यमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । लेखा चुस्त दुरुष्त राख्न तालिम फलदायी हुने भन्दै उहाँले ध्यानपुर्वक सिक्न सहभागीहरुलाई आग्रह गर्नु भयो । उपप्रमुख संग्रौलाले राज्यको नीति अनुसारनै सहकारी र वित्तिय संस्थाहरु दर्ता भएर सञ्चालनमा रहने भएकाले पारदर्शी ढंगले कारोवार गर्नु पर्नेमा जोड दिनु भयो ।…
बिर्तामोड, ११ बैशाख । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५ औं जन्मजयन्ती मनाएको छ । नगर समितिले सोमबार (आज) बिर्तामोडमा कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सोही कार्यक्रमकाबिच नगर समितिका अध्यक्ष अर्जुन गिरीले नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए । बैठक र समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थिति हुने नगरका बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरी, समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थित हुने नगर सचिव उद्धव पुरी, नगर कोषाध्यक्ष खड्गराज गिरी र समितिको बैठकमा दोस्रो उपस्थितिका रुपमा नगर सदस्य घनश्याम गिरीलाई मायाको चिनोसहित नगर अध्यक्ष अर्जुनले ब्यक्तिगत रुपमा सम्मान गरेका थिए । नगर अध्यक्ष…