झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ फागुन । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो । पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५/७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे…

Read More

झापा, १८ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले…

Read More

झापा, १८ फागुन । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकमा हालसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । आआफ्ना निर्वाचन क्षेत्रमा सडक पूर्वाधार बनाउन सांसदहरूले छनोट गरेका योजनामा चालू आर्थिक वर्ष (आव) २०७९–८० को फागुन दोस्रो सातासम्म उक्त रकम खर्च भएको हो । सासंदहरूको छनोटमा सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ शीर्षक परियोजना बनाएर सडक निर्माणलाई निरन्तरता दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैतमा सबै निर्वाचन क्षेत्रमा सडक बनाउने कार्यक्रम शुरू गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारबाट औपचारिक रूपमा उनले सबै निर्वाचन क्षेत्रमा ३ वर्षभित्र सडक निर्माण गरिसक्ने घोषणा गरेका…

Read More

कनकाई, १७ फागुन । झापाको कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ । महिला दिवसको अवसरमा आजदेखि कनकाई खेलकुद प्रतिष्ठानको आयोजना र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता फागुन २४ सम्पन्न हुनेछ । कनकाई–३ स्थित कनकाई माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले गर्नुभएको छ । खेलको माध्यमबाट महिलाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाइ छ । “बोलिमा मात्र होइन, व्यवहारमा पनि महिलाको हकहितका लागि लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “महिलाहरुको चौतर्फी विकासका लागि नगरपालिकाले सक्ने जति सबै काम गर्छ ।” त्यस्तै, नगर उपप्रमुख आशा…

Read More

बिर्तामोड, १७ फागुन । झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । आज दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ पश्चिम स्टेन स्थित शंकास्पद अवस्थामा बसिरहेका सप्तरी राजबिराज नगरपालिका–७ का ३५ वर्षीय महमद नसिम र सिराहा सखुवानकर्कटी गाउँपालिका–२ का २० वर्षीय शिब शंकर यादवलाई पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ करिब १२ ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, १७ फागुन । १३ औं राष्ट्रपति रनिङ शील्ड झापा जिल्लस्तरीय छनोट प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । यसै साता सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ८ रजत र १० कास्य गरी २९ मेडलसहित अर्जुनधारा नगरपालिकाले उपाधिमा कब्जा जमाएको हो । अघिल्लो वर्षको उपाधि विजेता भद्रपुर नगरपालिका यस वर्ष दोस्रो स्थानमा झरेको छ । भद्रपुरले ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित १७ पदक प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको हल्दिाबरी गाउँपाालिकाले ७ स्वर्ण, एक रजत र ९ कास्य गरी १७ पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति झापाले जनाएको छ । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६…

Read More

कनकाई, १७ फागुन । मैनाली समाज झापाले सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्ने भएको छ । पितृमोक्षाका लागि फागुन २९ गतेदेखि चैत ६ गतेसम्म मैनाली समाज झापाले महापुराण आयोजना गर्न लागेको हो । मैनाली समाज झापाको सभाहल आज पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी दिएको हो । महायज्ञ कालीकादेवी मन्दिर कनकाई–१ जामुनबारीमा हुनेछ । समाजका केन्द्रीय उपाध्यक्ष एवम् महापुराण आयोजक समितिका अध्यक्ष मीनप्रकाश मैनालीले झापामा पहिलो पटक सप्त अहोरात्रीय युगल नारायण महायज्ञ गर्न लागिएको जानकारी दिनुभयो । उहाँले पुराण आयोजना गर्न करिब २० लाख रुपैयाँ लाग्ने बताउनुभयो । “पुराणमा आर्थिक संकलन गर्दैनौं”, उहाँले भन्नुभयो, “स्वेच्छिक गोप्य दान मात्र लिन्छौं ।” पशुपति…

Read More

झापा, १७ फागुन । धानबाली पछि मकै बालीको खेती गर्ने बेला भएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा रहेको छ । छिटपुट रुपमा मकै उत्पादन समेत भई बजारमा आउन थालेको छ । पछिल्लो समय मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिन थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यो कीराको प्रकोपबाट मकै बालीका धेरै क्षति हुने गरेको उहाँले बताउनुभयो । “अमेरिकन फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूह अन्तगत पर्ने रात्रिचर स्वभावको कीरा हो, यसको लार्भा अवस्था हानिकारक अवस्था हो”, उहाँले भन्नुभयो, “भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ…

Read More

बिर्तामोड, १७ माघ । झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा पहिलो पटक कर्मयोग, ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले महापुराण आयोजना गरिने भएको छ । फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको पुराण आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो । नगरमा गणेश पाञ्चायन मन्दिर निर्माण गरेर फागुन ९ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा पश्चात उद्घाटनसमेत गरिसकिएको उहाँले बताउनुभयो । मन्दिर निर्माणका लागि विभिन्न दाता महानुभावहरुबाट १३ लाख ३१ हजार ४९० रुपैयाँ खर्च भएको छ र मन्दिर निर्माणमा बिर्तामोड नगरपालिकाले चार लाख रुपैयाँ समेत प्रदान गरेको छ । श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको…

Read More

खोटाङ, १७ फागुन । राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ । कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन् । जिल्लाका १० वटै स्थानीय तहले सबै प्रक्रिया पूरा गरी भूमि आयोगलाई उनीहरुको तथ्याङ्क पठाएको छ । जिल्लाभर भूमिहीन सुकुम्बासी एक सय ४९, भूमिहीन दलित ५० र अव्यवस्थित बसोबासी पाँच सय ८० जनाले जग्गाका लागि निवेदन दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ भूमिहीन सुकुम्बासी, १६ भूमिहीन दलित र दुई सय अव्यवस्थित बसोबासीले जग्गाका लागि निवेदन दिएका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा १४ भूमिहीन…

Read More