झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ फागुन । इन्टरनेट नचले अबदेखि त्यसको क्षतिपूर्ति पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा अथवा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट तोकिएको समयमा नचले क्षतिपूर्ति दिने व्यवस्था लागू गरेको हो । ’दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९’ जारी गर्दै प्राधिकरणले इन्टरनेट नचले सेवाप्रदायकले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको हो । यस्तो व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । इन्टरनेट सेवा खरिद गरे पनि नचल्ने र चले पनि न्यून गतिमा चल्ने ग्राहकको व्यापक गुनासो रहँदै आएको छ । प्राधिकरणले त्यसलाई सम्बोधन गर्ने उद्देश्यसहित यो कानुनी व्यवस्था गरेको हो । यसअघि २०७३ सालमा पनि यस्तै विनियमावली जारी गर्दै प्राधिकरणले…

Read More

झापा, १४ फागुन । भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबिन शुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको हो । टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आज सोधपुछ गरेको छ । निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुढीबाट चार वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशङ्का गरिएको छ । ुकेन्द्रबाट आउनुभएको छानबिन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छु, उनले भने। नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल…

Read More

बिर्तामोड, १४ फागुन । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञानमहायज्ञको आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिनु भयो । सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचन रहने उक्त अनुष्ठानका लागि पण्डाल निर्माण कार्य धमाधम भइरहेको छ । आयोजक समितिले सचिवालय समिति, विभिन्न उपसमिति र सल्लाहकार समिति गठन गरी…

Read More

भद्रपुर, १४ फागुन । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो । मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डिबक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका थिए । दर्शकले भरिभराउ…

Read More

अर्जुनधारा, १४ फागुन । झापा शनिश्चरेका पुराना ड्राइभर विजय रणपहेली (दर्जी) मृत भेटिएका छन् । अर्जुनधारा–७ निवासी दर्जी स्थानीय बाह्रदशी खोलामा आज आइतबार बिहान मृत भेटिएका हुन् । प्रहरी चौकी शनिश्चरेका अनुसार अर्जुनधारा–७ स्थित इथुङ्गे टोल नजिकै रहेको खोलामा दर्जी घोप्टो परेको अवस्थामा स्थानीयले फेला पारेका थिए । खोलामा डुबिरहेको देखेपछि स्थानीयले आज बिहान ७ बजे प्रहरीलाई खबर गरेका थिए । उनी केही दिनदेखि अस्वस्थ्य रहेको बताइएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १० बजेतिर उनको खोलामा डुबी निधन भएको हो । छिमेकीको घरमा बस्दै आएका उनको स्वास्थ्य स्थिति खराब भएपछि २ दिनअघि स्थानीय हस्पिटलमा उपचार गराइएको थियो ।

Read More

मोरङ, १४ फागुन । मोरङको सुनबर्षी नगरपालिका–२ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउनसुगरसहित १ जना र केराबारी गाउँपालिका–६ स्थितबाट लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा प्रदेश ०१–०२–०४८ प ३९४३ नम्बरको मोटरसाइकल चालक सुनबर्षी–५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैयाँ पक्राउ गरेको हो । यसैगरी, केराबारी–६ का ५० वर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्री गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजासहित नगद ६७…

Read More

सुनसरी, १४ फागुन । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–१ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान–४ का २८ वर्षीय विश्वराज राई र धरान–१३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान–११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १–०२–०४० प २८१८ नम्बरको मोटरसाइकलको नम्वर प्लेटलाई को ३८ प ८०६५ लेखि चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ…

Read More

झापा, १४ फागुन । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ । उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो । गत फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिनुभयो । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७ गते दिपक बज्रचार्य…

Read More

भद्रपुर, १४ फागुन । यहाँ जारी प्रथम भद्रपुर झापा गोल्डकपको अन्तिम सेमिफाइनल खेलको पहिलो हाफमा लिग विजेता मच्छिन्द्र एफसीले अग्रता लिएको छ । एपीएफ एफसीविरुद्ध मच्छिन्द्रले १-० गोलको अग्रता लिएको हो । खेलको १७औँ मिनेटमा विभागीय टोली एपीएफ एफसीविरुद्ध गोल गर्दै मच्छिन्द्रले अग्रता लिएको हो । मच्छिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले खेलको १७औँ मिनेटमा आकर्षक गोल गरेर अग्रता दिलाएका हुन् । खेलको सुरुवातीदेखि नै दबाब सिर्जना गरेको मच्छिन्द्रका लागि दुई वटा गोलको अवसर खेर गएको थियो । २६औँ मिनेटमा पाएको फ्रिकिकमा देवेन्द्र तामाङको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले बचाए ।

Read More

धनकुटा, १४ फागुन । धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थप गर्न विज्ञहरुले सुझाव दिएका छन । धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिकि विश्वविद्यालय बनाउन विज्ञहरुले सुझाव दिएका हुन । हाल उत्तरपानीमा कृषी र पशुुपालन सम्बन्धी प्रिडिप्लोमा सम्बन्धी कार्यक्रम मात्र सञ्चालन भैरहेको छ । तर स्तरबृद्धि गरेर शैक्षिक कार्यक्रम थप गरेमा उत्तरपानी साँच्चैको बहुप्राविधिक शिक्षालय हुने बिज्ञहरुको सुझाव छ । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा शुभाषश्री पोखरेलले सिभिल ईन्जिनियरिंड र आँखा सम्बन्धि स्नातक तहको कार्यक्रम थप गरेमा उत्तरपानी कृषीको मात्र नभएर साँच्चैको समय र भुगोल…

Read More