
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मकवानपुर, २९ पुस । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई आज (शुक्रबार) बिहान ३ः३५ बजे तथा मिलन मोक्तान र रुपेश तामाङलाई अस्पताल पुर्याउनासाथ गएराति सवा १२ बजे डाक्टरहरुले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्ष कृष्णराज ढकालले जानकारी दिए । गएराति करिब पौने ११ बजेतिर मनहरी गाउँपालिका–९ को ज्यामिरे, भलादमी चोकमा स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल…
पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ । शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले आफ्ना परिवारजनको मृत्यु पश्चात् अन्तिम संस्कारका बेला शवको टाउकोबाट मस्तिष्क निकालेर खाने गर्दछन् । अनौठो त के भने मरेका मान्छेको मस्तिष्क खाने यही बानीले गर्दा यो आदिवासी समुदायका मानिसमा कुरु नामक रोगविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमताको विकास भएको छ । कुरु नाम रोग म्याड काउ रोगसँग मिल्दोजुल्दो हुन्छ…
झापा, २९ पुस । भारतीय अभिनेत्री मलाइका अरोराले नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनद्वारा बिहीबार काठमाडौँमा आयोजित फेशन रनवे एक्स्पोमा भाग लिएकी छन्। बिहीबार नै नेपाल आएकी उनले नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा र्याम्प वाक गरेकी हुन्। ज्वेलरी फेसन शोमा मलाइकाले नेपाली पोशाक र गहनामा सजिएर र्याम्प वाक गरेकी हुन्। उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै निमन्त्रणका लागि धन्यवाद दिएकी छन्।
अर्जुनधारा, २९ पुस । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित सिर्जना बाल युवा क्लबलाई विविध सामग्री हस्तान्तरण गरिएको छ । सञ्चारकर्मी तथा अभियानका संयोजक अमित खम्बुको नेतृत्वमा पूर्वाधार निर्माण कार्यक्रम २०७९ को अभियान सञ्चालन गरी २८ जना अभियन्ताबाट संकलित १ लाख ८५ हजार ५ रुपैयाँ बराबरको क्लबलाई आवश्यक सामाग्री खरिद तथा निर्माण गरेर हस्तान्तरण गरिएको हो । बिहीवार एक कार्यक्रमको आयोजना गरी क्लबका लागि निर्माण गरिएका तथा खरिद गरिएका सामाग्री क्लबकी अध्यक्ष शर्मिला न्यौपानेलाई हस्तान्तरण गरिएको थियो । अभियानले क्लबका लागि निर्माण र खरिद गरिएका सामाग्री अर्जुनधारा नगरपालिकाकी प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि गीताकुमारी राईले क्लबकी अध्यक्ष न्यौपानेलाई हस्तान्तरण गरेकी हुन् ।…
डा. ओममूर्ति अनिलनेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ। अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ। नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन्। नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ। उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण…
बिर्तामोड, २९ पुस । बैंकिङ कसुर मुद्धामा फरार रहेका बिर्तामोडका ३९ वर्षीय सागरप्रसाद सिलवाल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा उनलाई ३ दिन कैद, ३ लाख जरिवाना र १२ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति भराउनु पर्ने तोकिएको थियो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २९ पुस । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ । ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ । रातोपाटीबाट
झापा, २८ पुस । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको हो । सो बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् । माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये २ वा ३ मन्त्रालय पाउने छ । दुईवटा मन्त्रालय पाउँदा माओवादीले पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा…
झापा, २८ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए । उच्च अदालत पाटनले बिहीबार सन्दीपसँग २० लाख धरौटी लिई रिहा गर्ने आदेश दिएको हो । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार सन्दीपलाई देश छाड्न नपाइने गरी २० लाख धरौटी माग गरिएको छ । सन्दीपलाई धरौटीमा छाड्ने आदेशमा विभिन्न शर्त…
सन्तोष शर्माबनियानी, २८ पुस । झापाका कृषि लक्षित करोडौंको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालू आर्थिक वर्ष २०७९÷०८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० वटा शीर्षकमा कृषि लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । जसमध्ये २७ वटा कार्यक्रम प्रदेश नं. १ सरकार अन्तरगत र तीन वटा संघीय सरकार अन्तरगतका रहेका छन् । कृषि क्षेत्रको प्रबद्र्धनका लागि अनुदान, प्रदर्शनी, तालीम, भण्डारण केन्द्र निर्माण, नमूना कृषि फर्म स्थापना लगायतका कार्यक्रम रहेको प्रमुख विष्टले जानकारी दिनुभयो । “११ वटा कार्यक्रममा अनुदानका लागि लाभग्राही कृषक, फर्म छनोट भइसकेका छन्”, उहाँले भन्नुभयो,…