झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ जेठ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९–८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा…

Read More

झापा, १५ जेठ । काठमाडौं । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३.६ प्रतिशतमात्र घटेको छ। आर्थिक सर्वेक्षण २०७९–८० ले आवधिक योजनाले लिएको गरिबी न्यूनीकरणको लक्ष्य हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको देखाएको हो । वर्ष २०७५–७६ को आर्थिक अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत रहेकोमा हालसम्म यस्तो जनसंख्या १५.१ प्रतिशत रहेको अनुमान छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या १७.४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । नेपाल कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडि बढिरहेको र दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएको भए पनि अबका दिनमा गरिबी न्यूनीकरणका लागि…

Read More

झापा, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले ‘गणतन्त्र’ दिवस जनता सार्वभौम भएको महान उत्सव भएको बताउनुभएको छ । आज १६ औ ‘गणतन्त्र’ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाली जनता विजयी भएको यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्नुभएको छ । यस्तो छ शुभकामना सन्देशआज १६ औ ‘गणतन्त्र’ दिवस । ‘गणतन्त्र’ दिवस जनता सार्वभौम भएको महान उत्सव हो । नेपाली जनता विजयी भएको यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशवासीमा…

Read More

झापा, १४ जेठ । अभिनेता दयाहाङ राईले ‘नीरफूल’ मौलिक स्वादमा बनेको फिल्म भएको बताएका छन् । राजधानीमा हालै आयोजित एक कार्यक्रममा बोल्दै उनले फिल्मले सबैको मन जित्नसक्ने विश्वास व्यक्त गरे । ‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हो ।’ उनले फिल्मको विषयवस्तु मौलिक भएकोले विषयवस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको सुनाए । यतिबेला उच्च सफलता हासिल गरिरहेको फिल्म जारी सांस्कृतिक फिल्म भएकाले चलेको बताएका राईले थपे, ‘मेरा कैयौं फिल्मले ५१ दिन मनाउँदै व्यावसायिक सफलताको रेकर्ड पनि…

Read More

झापा, १४ जेठ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै उपाधि चुमेको हो ।

Read More

झापा, १४ जेठ । नेपाली कांग्रेस झापाले विभागीय समिति गठनको कार्यलाई अघि बढाएको छ । आगामी जेठ २५ गतेभित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउन लागिएको पार्टी सभापति देउकुमार थेवेले जानकारी दिनुभयो । क्षेत्रीय सभापतिले मातहतका पार्टी इकाई समितिहरुसंग छलफल गरी विषय विज्ञताका आधारमा विभागमा मनोनित हुने सदस्यहरुको नामावली लिखित रुपमा पेश गर्नुपर्ने उहाँले बताउनुभयो ।

Read More

झापा, १४ जेठ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

Read More

धनकुटा, १४ जेठ । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिबार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो । सङ्गठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याएबापत पत्रकार रुचाललाई सम्मान र सङ्गठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत पत्रकार सुवेदीलाई पुरस्कृत गरिएको प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कटेलले जानकारी दिए । सम्मानित रुचाल २२ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । रेडियो मकालु र नयाँ पत्रिका दैनिकमा कार्यरत रुचाल प्रेस चौतारीका केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्षसमेत हुन्…

Read More

बनियानी, १४ जेठ । शिक्षक सेवा आयोगअन्तरगतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको तयारी गरिरहेका ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ । परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले विर्तामोडस्थित नोभा एजुकेशन फाउण्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो । कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद देवकोटा माविमा सञ्चालन गरिएको एक महिना लामो सो कक्षाको आज एक समारोहका बीच समापन गरिएको छ । समापनका अवसरमा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले शिक्षाका लागि आफ्नो ठाउँबाट दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले शिक्षक सेवा कक्षामा लगानी गरेको बताउँदै सिकेको ज्ञानलाई परीक्षामा उपयोग…

Read More

झापा, १४ जेठ । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट ९हवाई इन्धन भर्ने० गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ । उनले भने, “निगमले असार ६ गते पहिलो उडान गर्ने गरी गरेको प्रस्ताव अनुसार बिहीबार र शनिबारका लागि उडान अवतरण गर्ने समय ९स्लट० पाएको छ । सोही आधारमा अस्ट्रेलियाको नियमन निकायसँग…

Read More