झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ९ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश’ नामाकरण कसैको विपक्षमा नभएको बताउनु भएको छ । शुक्रबार नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्य समितिको वार्षिक साधारण सभा तथा बार भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो– ‘नामाकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाउँ । समय क्रममा भविष्यमा जनताको दुई तिहाई मत प्राप्त भएमा संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’ उहाँले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना…

Read More

बिर्तामोड, ८ बैशाख । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा आज शुक्रवार भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसंग लड्ने शक्तिप्राप्त औषधी निशुल्क वितरण गरीएको छ । बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेकाकारण आयुर्वेदिक चुर्ण वितरण गरीएको कबिराज निरिक्षक टेकनाथ अर्यालले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना ज्ेष्ठ नागरिकलाई औषधी प्रदान गरेर…

Read More

भद्रपुर, ८ बैशाख । सरोकारवालाहरुको संयुक्त टोलीले आज शुक्रबार भद्रपुरका विभिन्न बजारमा माछा–मास पसलहरुको अनुगन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तरतथा नापतौल कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, झापा उद्योग वाणिज्य संघलगायतका सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मितिलित टोलीले भद्रपुर १० चन्द्रगढीस्थित बधशालामा रहेका माछा–मासु पसद, धनुषमामोडस्थित मासु पसल र भद्रपुर ८, सगरमाथास्थित माछा–मासु पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा केही व्यवसायीलाई बिक्रीस्थल सफा राख्न, बिक्रीका लागि रासखएका माछा–मास खुला नराख्न, कुनै पनि निकायमा दर्ता नभएका पसललाई तुरुन्त दर्ता गर्न, ढक–तराजु र काँटा दुरुस्त राख्न सुझाव दिइएको अनुगमनमा सहभागी भद्रपुर…

Read More

कनकाई, ८ बैशाख । झापाको कनकाई–३ स्थित सुरुङ्गामा फुड फेस्टिबल हुने भएको छ । होटल व्यवसायी संघ झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति सुरुङ्गाको सह आयोजनामा यही बैशाख ११ गतेदेखि २३ गतेसम्म दोस्रो फुड फेस्टिवल महोत्सव २०८० हुने भएको हो । होटल क्षेत्रलाई चलाउनमान बनाउन, विभिन्न जातीय तथा मौलिक परिकारको संरक्षण एवम् सांस्कृतिक पर्यटन तथा प्रवद्र्धन गर्ने उद्देश्यले फुट फेस्टिलब आयोजना गर्न लागेको संघका झापा अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भूकम्प र कोभिड कहरबाट थलिएर उठ्न नपाएका व्यवसायी अहिले आर्थिक मन्दीका कारण झन् थलिएको बताइन् । “थलिएको व्यवसायलाई चलायमान बनाउँदै स्थानीय सांस्कृति र पर्यटनलाई प्रवद्र्धन…

Read More

भद्रपुर, ८ बैशाख । झापाको भद्रपुरमा जारी भद्रपुर वडास्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा वडा नं. ८ विजयी भएको छ । शिबु बुढाथोकीको शतक र आशिष बडुवालको अर्धशतकको मद्दतले वडा नं. १० माथि वडा नं. ८ ले सहज जीत निकालेको हो । निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै वडा नं. ८ ले २०० रनको ठूलो योग खडा गरेको थियो । २०१ रनको लक्ष्य लिएर मैनादमा उत्रिएको वडा नं. १० ले १९ औं ओभरमा सबै विकेट गुमाउँदै ११० रन समेटिएको थियो । खेलको म्याद अफ द म्याच वडा ८ का शिबु बुढाथोकी घोषित भएका छन् । भोलि (शनिबार)…

Read More

सन्तोष शर्माकनकाई, ८ बैशाख । झापाको कनकाई नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय सुधार गर्दै गएको छ । नगरबासीमा स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न नगरपालिकाले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै गएको हो । कनकाईमा १५ शैय्याको एक वटा नगर अस्पताल, सात वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, एक वटा स्वास्थ्य केन्द्र र एक वटा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालित छन् भने थप १५ शैय्याको अस्पताल भवन निर्माण भइरहेको छ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम र अक्सिजन प्लान्टसहित नगर अस्पताल सञ्चालन भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शैय्याको नगर अस्पताल बनाइएको छ भने…

Read More

झापा, ८ बैशाख । प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा पनि हुन सकेको छैन । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयताको कार्यान्वयन गर्ने उद्देश्यले १३ अर्ब ३० करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७९÷८० सम्ममा सम्पन्न गर्ने गरी प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । तर, मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व संवेदनशील र गम्भीर बन्न नसक्दा सो कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका अधिकारीहरूको गुनासो छ । त्यति…

Read More

झापा, ८ बैशाख । युरोपा लिगमा क्लब सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा जित निकालेको छ । क्वाटरफाइनलको दोस्रो खेलमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको हो । रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो । त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । जुन गोलले सेभियालाई ३–० को जित दिलाएर…

Read More

झापा, ८ बैशाख । मधेस प्रदेशअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–२ का मधेसी दलित युवा महादेव पासवानले पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेका छन्। इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) ले लिएको प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्। महादेवले महोत्तरीको लचमु माध्यमिक विद्यालय जलेश्वरबाट ४.० जिपिए ल्याई एसइई उत्तीर्ण गरेका हुन्। २०७६ सालमा एसइई उत्तीर्ण गरेका उनले जनकपुरधामको राजर्षि जनक क्याम्पसबाट २०७९ मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनले कक्षा ११ मा ३.७१ जिपिए र कक्षा १२ मा ३.३० जिपिए ल्याएका थिए। विक्रम पासवनका तीन सन्तानमध्ये महादेव दोस्रा हुन्। महादेवकी दिदीको विवाह भइसकेको छ। कान्छा भाइले यसपालि…

Read More

झापा, ८ बैशाख । बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष ९आव० २०७९र८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ । प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११ दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा बैंकहरूले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चैतसम्ममा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको…

Read More