झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ जेठ । सबैभन्दा धेरै मोबाइल प्रयोगकर्ताको रोजाई बनेको सामसुङले अब किस्ताबन्दीमा मोबाइल सेट उपलब्ध गराउन थालेको छ । सामसुङको ‘इन्स्टा फाइनान्स’ सुविधा अनुसार कम्पनीले यो सुविधा उपलब्ध गराउन थालेको हो । अब ग्राहकले ४० प्रतिशत मुल्य तिरेर सामसुङको मोबाइल सेट प्राप्त गर्ने छन् । सामसुङको आक्रामक बजार नीति अनुसार सबै प्रयोगकर्ताको हातमा मोवाइल फोन पुर्याउन कम्पनीले यो अवधारणा ल्याएको हो । बाँकी रहेको रकम मासिक किस्ताका रुपले तिर्न पाइने सामसुङ कम्पनिको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि अनुप प्रसाईले जानकारी दिए । सामसुङ मोवाइल फोन खरिदकर्ताले तिर्ने किस्ताबन्दी रकममा ब्याज भने तिर्नु नपर्ने उनले बताए । यो योजना…

Read More

चन्द्र बस्नेतकनकाई, ९ जेठ । झापाको कनकाई नगरपालिकाले वेवारिसे अवस्थामा श्रममा लगाइएका दुई बालकको उद्धार गरेको छ। कनकाई नगरपालिकाको नगर बाल अधिकार समितिको समन्वयमा जोखिममा रहेका दुई जना बालकको उद्धार गरिएको हो । गोप्य सूचनाका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएको अन्दाजी ११ वर्षीय एक जना र बेवारसे अवस्थामा भेटिएका सोही उमेरका अर्का ११ वर्षीय बालक गरी २ जना बालकलाई नगरपालिकाको बालकल्याण एकाइको नेतृत्वमा बाल हेल्पलाइन १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त टोलीले सोमबार उद्धार गरेको हो । बालकलाई कनकाई–५ बाट उद्वार गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । उद्धार गरिएका बालकलाई कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको रोहवरमा…

Read More

झापा, ९ जेठ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले सोमबार तीन वटा निर्णय गरेको छ । बैठकले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाइ जानकारी गराउनु भएको छ । त्यस्तै, प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको जनाइएको छ ।

Read More

भद्रपुर, ९ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमती अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसित बिदा सम्बन्धी भएका सहमती कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व तयार नभए सशक्त रूपमा आन्दोलनको कार्यक्रम अगाडि बढ्ने इष्टु झापाले चेतावनी दिएको हो । जिल्ला अध्यक्ष होमराज खतिवडाले सहमतीबाट संस्थागत विद्यालय सञ्चालक पछि हटेको कारण प्याब्सन एन प्याब्सन नेतृत्वसित विगतको सहमती कार्यान्वयन नभएको स्मरण गराउँदै अविलम्ब सहमती कार्यान्वयन नगरिए जिल्लाव्यापी आन्दोलनको वातावरण तयार हुने चेतावनी दिएका छन् ।

Read More

भद्रपुर, ९ जेठ । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रक्रिया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भद्रपुर ९ का पूर्व वडा सदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकाम्स निजी विद्यालयहरूले सरकारले तय गरेको मापदण्ड मिचेर नियम विपरित शुल्क बृद्धि गर्ने, अभिभावकमाथि अनावश्यक व्ययभार थोपर्ने लगायत विकृति रोक्न १० बँुँदे सुझाव सहित ज्ञापन पत्र बुझाएका हुन् । सहित समेत पालना नगर्दा सार्वजनिक विदा अतिक्रमण भएकोमा ध्यानाकर्षण गर्दै यस शैक्षिक वर्षमा विभेद र विकृति रहित शैक्षिक वातावरण…

Read More

झापा, ९ जेठ । वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याट्रेस चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ । चीनले निर्माण गरिदिएको मितेरी पुल, बन्दरगाहबाहेक नाकाको सबै भौतिक संरचना, पूर्वाधार, अध्यागमन कार्यालय, सडक जीर्ण र नाजुक अवस्थामा छन् । भूकम्पले ध्वस्त कार्यालयहरू उठ्न सकेका छैनन् । नाकावासी विस्थापित भएका छन् । उनीहरू फेरि नाकास्थित घरमा फर्केर निजी आवास पुनर्निर्माण गरेर…

Read More

झापा, ९ जेठ । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु(याइसकेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्ने हो भने एक नेपाली जनताबराबर ७४ हजार रुपैयाँ कर्जा देखिएको छ । यद्यपि, यो ऋण सरकारको भएका कारण जनताको टाउकोमा भन्ने थोपरिँदैन । जनताले मेरो भागको कर्जा तिर्छु भने पनि तिर्न पाउँदैन । सरकारले यो कर्जा राजस्व आम्दानीबाटै तिर्नुपर्नेहुन्छ । हालसम्ममा ७ खर्ब ७१ अर्ब मात्र राजस्व उठाउन सरकारले असार मसान्तसम्ममा १० खर्ब पनि मुस्किलले…

Read More

झापा, ९ जेठ । बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरा डोजर लगाएर भत्काएको छ । व्यापारीहरुलाई आग्रह गरेर पटकपटक समय दिँदा समेत नटेरेपछि डोजर प्रयोग गरी नगरपालिकाले सोमवार दिउँसोदेखि भत्काउन थालेको थियो । करिव डेढ सय सुरक्षाकर्मीको तैनाथीमा ७ वटा डोजरले दिउँसो १२.३० बजेदेखि टहरा भत्काउँदै पुरै बुधवारे हटिया खाली गराएको हो । व्यापारीहरुले डोजर रोक्ने प्रयास गरेका थिए । उनीहरुले डोजरमाथि नै चढेर अगाडि बढ्न दिएका थिएनन् । तर, सातवटा डोजरले एकसाथ भत्काउन थालेपछि अवरोधकर्ताहरु तितरबितर भएका थिए । बिर्तामोड उद्योग बाणिज्य संघले गत वर्षदेखि नै बुधवारे हटियाका व्यापारीको पक्षमा आन्दोलन गर्दै आएको थियो । वाणिज्य संघको आश्वासनका कारण व्यापारीहरुले…

Read More

विराटनगर, ९ जेठ । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धानको दायरामा परेकोले प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नु पर्ने माग गरेको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही सुनिश्चित गर्ने आग्रह समेत गरेको छ । समाजका मोरङका अध्यक्ष प्राडा जीवनकुमार ढकालले मोरङका प्रजिअ यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्ने गरी सो ज्ञापनपत्र बुझाइएका हुन् । शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको नाम जोडिदा पनि अनुसन्धान नभएको अवस्थामा जनगुनासो बढी रहेको सन्दर्भमा शान्ति समाजले प्रशासनलाई सो ज्ञापनपत्र…

Read More

झापा, ८ जेठ । झापा बुद्धशान्ति निवासी पत्रकार अनिल जाग्लेले नेपाल पत्ररकार महासंघ झापाको सदस्यता त्याग गरेको घोषणा गर्नुभएको छ । कार्य समिति सदस्य रहनुभएका वाग्लेले बुृुद्धशान्ति गाउँपालिका–१ को वडाध्यक्ष हुँदा कार्यसमितिबाट राजिनामा दिनुभएको थियो । महासंघको केन्द्रीय समितिले पत्रकार शुद्धिकरण अभियान सञ्चालन गरेपछि उहाँले साधारण सदस्य समेत नरहनेगरी सदस्यता त्यागको घोषणा गर्नुभएको हो । पत्रकारिता स्वतन्त्र र निष्पक्ष पेशा भएको बताउँदै उहाँले पेशालाई मर्यादित बनाउन सम्बन्धित व्यक्तिको सबैभन्दा ठूलो र महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “जनताले विश्वास गर्ने गरी निडरताका साथ पत्रकारिता गरियो भने मात्र यसको गरिमा उच्च हुन्छ । पत्रकारिता पेशालाई मर्यादित, निष्पक्ष र विश्वसनिय बनाउन पत्रकार तथा…

Read More